काठमाडौ, मंसिर २१ - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । ९५ वर्षको उमेरमा उनको निधन भएको हो । उनी विश्वभरमा राजनेताका रुपमा चिनिन्थे । उनी दक्षिण अफ्रिकामा रंगभेदी सरकार विरुद्ध लामो संघर्ष गरेर लोकतान्त्रिक सरकार बनाउन सफल भएका थिए । उनी २७ वर्ष जेल बसेका थिए ।
दक्षिण अफ्रिकाका वर्तमान राष्ट्रपति जैकुब जुमाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् 'हाम्रो मुलुकले एक महान व्यक्ति र हामीले हाम्रो अभिभावक(बुआ) गुमाएका छौं ।' उनले मण्डेलाको निधनलाई अपूर्णनीय क्षति समेत भनेका छन् ।
उनको बारेमा थप पढ्न तलको लिंकमा क्लिक गर्नुहोस ।
तपाई मदिराले मातेर लठ्ठ हुनु भएको छ भने केसम्म हुनसक्छ भन्ने जर्मनीको एक पार्टीमा भएको यो घटनाले देखाउँछ । एक युवतीले युवकको तल्लो ओठ टोक्ने मात्र हैन चोक्टा निकालेर जमिनमा थुकिन् ।
घटना केही महिना पहिलेको हो । सेप्टबरमा ‘अक्टोबर फेस्ट’को अबसर पारेर झण्डै ६० लाख मानिस सहभागी हुने गरी भब्य पार्टी आयोजना गरिएको थियो । पार्टीमा सहभागी एक युवक युवती नजिकै जान्छन् र केही भन्छन् ।
३० वर्षीया अलास्कन युवतीले २३ वर्षीय अष्ट्रेलियाली युवक खै के कुरामा यति भडि्कइन् कि युवती आफ्नो सिटबाट जुरुक्क उठिन् र युवकलाई कुट्न थालिन् । तर, उनको रिस मरेन । लगतै युवतीले युवकको ओठको तल्लो भागमा बेस्सरी टोकिन् र केही भाग निकोलर जमिनमा थुकिन् ।
पार्टीमा सहभागीहरुले युवतीलाई रोक्ने प्रयास नगरेका पनि होइनन्, तर सफल भएनन् । घटनापछि युवकलाई ओठको टुक्रासहित अस्पताल लगिएको थियो । अपरेशनपछि उनको ओठ जोडिएको छ ।
बलिउड नायिका सोनाक्षी सिन्हाले नायक शाहरुख खानसँग रोमान्सको इच्छा देखाएकी छिन् ।सन् २०१० मा दबंगमार्फत् भारतीय सिने उद्योगमा डेब्यु गरेकी सोनाक्षीलाई सलमान खानले यो उद्योगीमा पहिचान दिलाएका थिए । त्यसयता उनले अक्षयकुमारदेखि रणवीर सिंहसम्मका नायकसँग अनस्क्रिन रोमान्स गर्न भ्याइसकेकी छिन् ।
हालै एक भारतीय संचारमाध्यमसँगको अन्र्तवार्तामा उनले शाहरुख खानसँग रोमान्स गर्ने आफ्नो धोको बाँकी नै रहेको खुलासा गरिन् । ‘शाहरुखसँग खेल्नका लागि जुनसुकै फिल्मको अफर आए पनि मैले तुरुन्तै ओके गरिदिन्छु’ सोनाक्षीले भनिन् ।
सलमान र शाहरुखको दुस्मनी बुझ्नेहरुका लागि भने सोनाक्षीको यो चाहना आश्चर्यचकित पार्ने खालको छ । के सोनाक्षी गडफादर सलमानलाई दुःखी तुल्याउँदै सलमानको अंगालोमा बाँधिएलिन त ?
बलिउड नायक सैफ अलि खानले आफ्नी कान्छी पत्नी नायिका करिना कपुरका लागि मुम्बईमा नयाँ बंगला किनेका छन् ।
सैफले आफु बस्दै आएको फच्र्युन हाइज बंगलाअगाडी प्रत्येक तला तीन हजार बर्गफुट क्षेत्रफल रहेको चारतले बंगला किनेका छन् । जसको मूल्य झण्डै ५० करोड भारतीय रुपैयाँ रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
खुला ठाउँमा बस्न रुचाउने सैफ र बिहेअघि बान्द्रामा बस्दै आएकी करिना अब नयाँ घरमा सर्दै छन् भने पुरानो घरलाई भाडामा लगाउने योजना बनाएका छन् । नयाँ बर्षसम्म उनीहरु त्यहाँ सर्ने बताइएको छ ।
करिनाले निकै रुचाएको यो बंगलामा गार्डेन, स्वीमिङ पुल, लाइब्रेरी र जिमखानासमेत रहेका छन् ।
काठमाडौ, मंसिर २० - सर्वसाधारणका दैनिक जीवनसँग सम्बन्धित गुनासो सुनुवाइ गर्न स्थापित ‘हेलो सरकार’ कक्षमा २६ हजार ८११ गुनासो परेका छन् ।
ती गुनासामध्ये ९७.३५ प्रतिशत अर्थात् २५ हजार ८५१ वटा गुनासोको सम्बोधन (फर्स्यौट) भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारमा आयोजना गरेको दुईवर्षे प्रतिवेदन सार्वजनिक कार्यक्रममा दिइएको जानकारीअनुसार हेलो सरकारमा आउने गुनासोलाई सम्बन्धित निकायमा प्राथमिकतापूर्वक पठाइने काम निरन्तर जारी छ ।
सचिव कृष्णहरि बाँस्कोटाले गुनासाकै कारण विद्युतभार कटौतीलाई तोकिएकै सीमाभित्र राखिएको, अवरुद्ध विद्युत् सेवा र राजमार्ग सञ्चालनमा ल्याएको, बिग्रिएका टेलिफोन मर्मत गराइएको, नेपाल टेलिकमको अवरुद्ध एडिएसएल सेवा सुचारु गराइएको, सार्वजनिक यातायातमा बढी भाडा लिनेलाई कारबाही गरिएको, दलितले शिक्षामा छुट नपाएको, सामुदायिक विद्यालयका शिक्षकले निर्वाचनको प्रचारमा लागेकोलगायत उजुरी परेका थिए ।
प्रतिवेदनमा जनाइएअनुसार दुई वर्षमा गृह मन्त्रालयसँग सम्बन्धित सबभन्दा बढी चार हजार २६२ र शिक्षा मन्त्रालयसँग सम्बन्धित तीन हजार ३४ गुनासो परेका छन् । हाल मासिक औसतमा ६०० देखि ८०० सम्म गुनासो पर्ने गरेको बताइएको छ ।
नेपालको पहिलो प्रतिद्वन्द्वी यूएई
नेपालको पहिलो प्रतिद्वन्द्वी यूएई
काठमाडौ, मंसिर २० - नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै वान-डे विश्वकप छनोटको सुरुआत गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार निकालेको 'ड्र' मा नेपाल समूह 'ए' मा परेको छ । नेपालसँगै यूएई, स्कटल्यान्ड, क्यानडा र हङकङ छन् । नेपालले पहिलो खेल जनवरी १३ मा यूएईसँग खेल्ने छ । पछिल्लोपल्ट वान-डेमा नेपाल र यूएई सन् २०१२ को एसीसी ट्रफी एलिटको फाइनलमा भिडेका थिए । खेल बराबरीमा सकिएपछि दुवै टिमलाई विजेता घोषणा गरिएको थियो । त्यसै प्रतियोगिताको समूह चरणमा भने नेपालले यूएईर्माथि जित दर्ता गरेको थियो ।
नेपालले दोस्रो खेल स्कटल्यान्डसँग जनवरी १६ मा खेल्नेछ । यस्तै, अर्को चिरपरिचित हङकङसँग जनवरी १९ मा खेल्नेछ । नेपालले समूहको अन्तिम खेल प्रशिक्षक पुबुदु दसानायकेको घरेलु टिम क्यानडासँग खेल्नेछ ।
'मैले तालिका हेरें । हामीले खेलेकै टिम छन् । यो चुनौती होइन, हाम्रो लागि अवसर हो । तर हामीले अझै मिहिनेत गर्नुपर्छ,' कप्तान पारस खड्काले प्रतिक्रिया दिए । उनले थपे,'हाम्रो लक्ष्य वान-डेको पनि विश्वकप पुग्ने हो । वान-डे मान्यता पाउने हो ।'
प्रशिक्षक पुबुदु दसानायकेले तालिकालाई लिएर कुनै गुनासो नरहेको बताए । उनले भने,'अहिले हामी माथिल्लो स्तरमा छौं । यहाँबाट हामीले गुनासो गर्नु हुन्न । राम्रो खेल्नुपर्छ । विश्वकपमा छनोट हुनुपर्छ । वान-डे मान्यता पाउनुपर्छ ।' उनले त्यसका लागि टिम पूर्णरूपमा तयार रहेको बताए ।
न्युजिल्यान्डमा आगामी १३ जनवरीदेखि फेब्रुअरी १ सम्म हुने प्रतियोगिताअघि नेपालले नामिबियासँग जनवरी १० मा अभ्यास खेल खेल्दै यात्रा थाल्ने छ । यस्तै, नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेल जनवरी ११ मा केन्यासँग खेल्नेछ ।
दस टिमले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप प्रतियोगिताको दुई स्थान सुरक्षित गर्नका लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चारमा अटाउने टिमले वान-डे मान्यता पाउनेछन् ।
छनोटमा दुई समूहका शीर्ष ३ स्थानमा रहने टिम सुपर-सिक्समा पुग्नेछन् । सुपरसिक्समा राउन्ड रोबिनका आधारमा खेल हुनेछन् । त्यसमा शीर्ष स्थानमा रहने दुई टिमले विश्वकप खेल्न पाउने र शीर्ष ४ मा अटाउने टिमले वान-डे मान्यता पाउने छन् ।
भर्खरै ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोट हुन सफल नेपालले वान-डे विश्वकप समूहमा परेका यूएई र हङकङलाई पराजित गरेको थियो । नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को विजेता बन्दै डिभिजन-२ उक्लिनुका साथै वान-डे विश्वकप छनोटमा पुगेको थियो । वान-डे विश्वकपमा १४ टिम रहनेछन् । टेस्ट खेल्ने १० राष्ट्रसहित अफगानिस्तान र आयरल्यान्डले विश्वकप खेल्ने पक्का भइसकेको छ ।
काठमाडौ, मंसिर २० - सात जन्म सँगै जिउने कसम खाँदै अग्निको जति फेरो लगाए पनि सबैको दाम्पत्य जीवन एउटै गतिमा, सहज किसिमले, सधैं हिँड्न सक्दैन । बलिउड अभिनेता हृतिक रोशनको पारिवारिक जीवन पनि यति बेला भीरमा पुगेको छ । हृतिक र उनकी पत्नी सुजाने केही महिनायता अलग्गै बसिरहेका छन् ।
गाइँगुइँ त, उनीहरूको चाँडै सम्बन्ध विच्छेद हुनेसम्म सुनिँदै आएको छ ।
१३ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका उनीहरू आदर्श जोडी मानिँदै आएका थिए । दुई छोराको जन्मले त्यसलाई पुष्टि जस्तो पनि गरेको थियो । तर बिहेको वर्षगाँठ (डिसेम्बर २०) नजिकिँदै गर्दा उनीहरू भने झन् टाढाटाढा भइरहेका छन् ।
हृतिक टाउको दुखाइको उपचार गर्न भारतबाहिर लागिसकेका छन् । पत्नीबेगरै । जबकि यस्तो घडीमा पतिपत्नीको निकटता अपेक्षित हुन्छ ।
उनीहरूको सम्बन्ध धरापमा छ भन्ने कुरो 'क्रिस ३' का सक्सेस पार्टीहरूमा सुजानेको अनुपस्थितिले पनि देखाउँछ । अरू त अरू, ससुरा राकेश रोशनको बर्थ डे पार्टीमा पनि सुजाने झुलुक्क मात्रै देखा परेकी थिइन् । दुवैतर्फका परिवार सम्बन्ध सुधारमा लागि रहे पनि परिणाम सुखद आउला जस्तो छैन ।







