बलिउड स्टार सलमान खानले कैयौँ सुपरहिट फिल्ममा काम गरेका छन्। उनले काम गर्ने प्रस्ताव अस्वीकार गरेका धेरै फिल्मले पनि बलिउडमा ठूलै हंगामा मच्चाएका छन्। उनले छाडेपछि शाहरुख खानले ती फिल्ममा काम गरेका थिए।
दिलवाले दुल्हनियाँ ले जाएंगे
सलमान खानलाई यो फिल्ममा काम गर्ने प्रस्ताव आएको थियो। उनले यो प्रस्ताव अस्वीकार नगरेको भए बलिउडमा शाहरुख खानको हैसियत के हुन्थ्यो, यसै भन्न सकिन्न। सलमानले काम गर्न अस्वीकार गरेको यो फिल्ममा शाहरुखले काम गरे। फिल्म यति हिट भयो कि यसले शाहरुखलाई बलिउडमा एकाएक स्थापित गराइदियो। सन् १९९५ मा रिलिज भएको यस फिल्मले मुम्बईको मराठा मन्दिर नाम गरेको सिनेमा हलमा प्रदर्शनको हजार हप्ता पार गरेको उपलक्ष्यमा केही समयअघि समारोह मनाएको थियो।
बाजिगर
सन् १९९३ मा रिलिज भएको थि्रलर मुभी 'बाजिगर'मा शाहरुख खानको नकारात्मक भूमिका छ। यो फिल्म पनि बलिउडमा सुपरहिट भयो। सलमानले फिल्ममा काम गर्ने प्रस्ताव अस्वीकार गरेपछि शाहरुखलाई चिट्ठा परेको थियो।
चक दे इन्डिया
सन् २००७ मा रिलिज भएको फिल्म 'चक दे इन्डिया'मा पनि शाहरुखको मुख्य भूमिका छ। रोचक कुरा के छ भने यो फिल्मका लागि पनि सुरुमा सलमान खानलाई प्रस्ताव गरिएको थियो। सलमानले अस्वीकार गरेपछि शाहरुखलाई फिल्ममा काम गराइएको थियो।
फिल्ममा शाहरुखले हकी कोच कवीर खानको रोल गरेका छन्। यस रोलका लागि पहिले सलमानलाई प्रस्ताव गरिएको थियो। यो फिल्म पनि शाहरुखको पोल्टामा गयो। फिल्मबाट शाहरुखले 'बेस्ट एक्टर'को अवार्ड पनि जिते।
जोश
सन् २००० मा रिलिज भएको एक्सन–क्राइम ड्रामा 'जोश'मा म्याक्स नाम गरेको लिडिङ रोलका लागि सलमानलाई प्रस्ताव गरिएको थियो। तर, अन्य फिल्ममा व्यस्त सलमानले यो प्रस्तावलाई 'ओके' गर्न सकेनन्। पछि यसमा शाहरुखलाई लिइयो र यो फिल्म पनि सुपरहिट भयो।
मुम्बई । अभिनेता तुषार कपुरले पोर्न स्टार सन्नी लियोन बलिउडको नम्बर वान कलाकार भएको बताएका छन् । हिन्दी फिल्म ‘मस्तीजादे’ मा सन्नीसँग काम गरेका तुषारले सुटिङ अवधिमा निकै रमाइलो भएको बताए । ‘सन्नी वास्तवमै गज्जब हिरोइन रहिछन् । उनी क्षमतावान पनि छिन्, फिल्म हिट हुन्छ ।’ उनले भने । मिलाज जावेरी निर्देशित यस फिल्ममा सन्नीले लैला लिलीको भुमिका निर्वाह गरेकी छिन् । तुषारले आफ्नो भुमिका वारे खुलाउन चाहेनन् । हिन्दी फिल्म ‘जिस्म २’ वाट बलिउडमा प्रवेश गरेकी सन्नीले रागीनी एमएमएस २ मा मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उनी अभिनित फिल्म चर्चित नभएपनि फिल्म रिलिजताका सन्नी चर्चामा रहन्छिन् ।
राजकुमार हिरानी र आमिर खानबीचको समानता के भने दुवै फिल्मलाई मनोरञ्जनको सस्तो साधन मान्दैनन् । बरू गम्भीर विषयलाई रसिलो ढंगबाट पर्दामा पेस गर्छन् । थ्री इडियट्स यसको ज्वलन्त उदाहरण हो । पाँच वर्षपछि यो जोडीको नयाँ फिल्म पीके संसारभरका करबि ६ हजार सिनेमा घरमा प्रदर्शन भइरहेको छ । फिल्मको वजन रििलजअगाडिको मिडिया हाइप र अपेक्षाभन्दा ज्यादा छ । हिरानीले भगवान्प्रतिको अन्धविश्वास र ढोँग गहकिलो रूपमा पर्दाफास गरेका छन् । तर, कुनै क्रान्तिकारी पात्रमार्फत होइन, एउटा निर्दोष एलियनमार्फत ।
अर्कै ग्रहबाट पृथ्वीमा ओर्लेकै दिन पीके (आमिर)को लकेट चोरी हुन्छ । त्यही लकेटले उसको ग्रहसँग प्रत्यक्ष सम्पर्क गराउँछ । अनुसन्धानका लागि यो संसारमा आएको पीके आफ्नो लकेटको खोजीमा लाग्छ । भाषा, संस्कार र सभ्यता केही नजानेकाले धेरै हन्डर बेहोर्छ । त्यही क्रममा उसको भेट टीभी रपिोर्टर जग्गु (अनुस्का शर्मा)सँग हुन्छ । कमेडी लाग्ने समाचार सामग्री प्रस्तुत गर्दागर्दा वाक्क भएकी जग्गु पीकेको व्यवहार र तर्कमा स्कुप देख्छे । साथै, उसको लकेट खोजीमा सघाउने प्रण गर्छे । तर, लाखौँ भक्तका शक्तिशाली बाबा -सौरभ शुक्ला)को हातमा पुगेको लकेट फिर्ता लिन पीके र जग्गु सफल होलान् त ? फिल्म यसमै घुमेको छ ।
पीकेको सबैभन्दा सशक्त पक्ष अभिजित जोशीसँग मिलेर हिरानीले लेखेको पटकथा हो । अत्यन्त संवेदनशील विषयलाई सरल र विश्वसनीय रूपमा पेस गर्न पटकथामा निकै मिहिनेत गरएिको छ । फिल्ममा धर्मलाई डरको व्यापारका रूपमा व्याख्या गरएिको छ । जनमानसमा सकेसम्म धेरै डर पैदा गरेर फाइदा लुट्न खो ज्ने धार्मिक गुरुहरूको खिल्ली उडाइएको छ । निर्दोष पीकेको तार्किक सवाल दर्शकको मथिंगल हल्लाउन पर्याप्त छ । उसको निर्दोषपनाले दर्शकलाई हाँस्दा हाँस्दै रुवाउँछ । उसको नाम कसरी पीके रहन गयो भन्नेबाटै सामाजिक सोचको दरदि्रता देखाउँछ । खासमा यो फिल्मलाई हिरानीले आधुनिकताकै रफ्तारमा अगाडि बढिरहेको धार्मिक कुसंस्कारको विरोधको हतियार बनाएका छन् । फिल्म हेरसिकेपछि यस्तो लाग्छ, रोहित सेट्टी, प्रभु देवा मार्काका मसलादार फिल्मका कथित हिट निर्देशकसँग तुलना गर्नु नै हिरानीको अपमान हो ।
हरेक फिल्ममा फरक भूमिका निर्वाह गर्न माहिर आमिरले फेर िएकपटक आफ्नो अभिनय कौशल सिद्ध गरेका छन् । उनको अभिनय अविस्मरणीय र तार्किक छ । टेलिभिजन सो सत्यमेव जयतेमार्फत सामाजिक अभियन्ताका रूपमा आमिरको छवि यो फिल्मले अझ उच्च बनाएको छ भने धुम ३ मा गरेको 'पाप' पखालिएको छ । अनुस्काको लुक्सले ताजा महसुस हुन्छ । एउटा एलियनलाई मार्गदर्शक बनाउन उनले खेलेको भूमिका सराहनीय छ । सुशान्त राजपुत, बोमन इरानीलगायत कलाकारको अभिनय पनि मूर्त लाग्छ । कथाको बहावलाई प्रभावकारी र बुलन्द बनाउने गीत/संगीत फिल्मको अर्को सकारात्मक पक्ष हो । मध्यान्तरभन्दा केहीअगाडि खुद्रा विषयमा बढी केन्दि्रत भएकाले फिल्मको गति धीमा लाग्न सक्छ ।
खुराकयुक्त मनोरञ्जन खोज्ने दर्शकले पीके छुटाउनु हुन्न । कम्तीमा भगवान् र धर्मप्रति रहेको भ्रम निमिट्यान्न पार्न पनि यो फिल्म हेर्नैपर्छ । ढुक्क भए हुन्छ, फिल्मले लगानीभन्दा धेरै प्रतिफल दिन्छ ।
काठमाडौ, पुस ६ - सलमान खान मायाका मामिलामा जति सन्की छन्, उति नै दयालु पनि । त्यसो त उनले मायाका मामिलामा फन्डा नमच्चाएको पनि धेरै भइसक्यो । तर दयालुपन भने कायमै रहेछ । बलिउडमा नायक भएरै धेरै शक्तिशाली नायिका भित्र्याएको जश उनमै जाने गर्छ । उनले पाकिस्तानी मोडल सोमी अलीलाई फिल्म 'बुलन्द' मार्फत् बलिउडमा डेब्यु गराएका थिए । दुर्भाग्य, नेपालमा खिचिएको उक्त फिल्म रिलिज हुन नपाए पनि सोमीले भने त्यसपछि नौ बलिउड फिल्म खेलिन् र अध्ययनका लागि अमेरिका गइन् । तत्कालीन गर्लफ्रेन्ड ऐश्वर्या रायसँगको तोडपछि सलमानले उनकै जस्तो अनुहार मिल्दो स्नेहा उलाललाई फिल्म 'लक्की' मार्फत् बलिउडमा इन्ट्रोड्युस गराएको मानियो । तर अनुहार मिल्दो भएकै कारण स्नेहा बलिउडमा जम्न सकिनन् ।
त्यसपछि नायक सलमान अर्की नायिकाको खोजीमा लागिपरे । हङकङमा जन्मेर बेलायतमा मोडलिङ गरिरहेकी भारतीय मूलकी कटि्रना कैफलाई सलमानले फिल्म 'मैने प्यार क्यु किया' मार्फत् बलिउड ताने । जब कि कटि्रनालाई हिन्दी भाषाको रत्तिभर पनि ज्ञान थिएन । तर यतिबेला कट्रिना बलिउडकी सर्वाधिक महँगी नायिकामध्येमा पर्छिन् । पहिलो फिल्मकै सफलताले 'मैने प्यार क्यु किया' को कट्रिना-सलमानको जोडी पनि रिलदेखि रियलसम्मै लम्बियो । तर प्रेमका मामिलामा ब्याडब्वाई भनेर चिनिने सलमानलाई कटि्रनाले पनि लामो समय साथ दिइनन् । कट्रिनासँगको ब्रेकअपले रन्थनिएका सलमानले पुनः अर्की नायिका बलिउडमा भित्र्याए कट्रिनाजस्तै, जरिन खानलाई । तर जरिनसँगको पहिलो फिल्म 'वीर' ले बक्सअफिस कलेक्सनमा वीरता देखाउन सकेन । त्यसपछि उनको फिल्ममा खास उपस्थिति नदेखिए पनि यस वर्ष लगालग तीन फिल्ममा काम गरिरहेर व्यस्त नायिका बन्ने संकेत देखाएकी छन् । त्यसपछि सलमानले शत्रुघ्न सिंहाकी पुत्री सोनाक्षीलाई पनि बलिउड डेब्यु गराउनमा अहम् भूमिका खेले । आफ्नै होमप्रोडक्सन फिल्म 'दबंग' बाट उनलाई जबरजस्त ब्रेक दिलाएका सलमानलाई अहिलेको व्यस्त करिअरमा पनि सोनाक्षी बिर्सिदिनन् । बलिउडमा सलमानलाई नयाँसँग काम गर्न रुचाउने नायक मात्रै नभई उनले ल्याएका स्थापित हुने मानिन्छ । सलमानका लागि बलिउड भित्र्याउने पछिल्लो क्रेडिट सन्नी लियोनबाट पनि आएको छ । हालै सन्नीले आफूलाई बलिउडमा ल्याउनुमा सलमानकै देन रहेको जिकिर गरेकी हुन् ।
सनी सुरुआतमै सलमानका कारण बलिउड छिरेकी भने होइनन् । पोर्नस्टारको छवि बनाएकी उनलाई सलमानद्वारा सञ्चालित पाँचाैं सिजनको बिग बोसमा आमन्त्रण गरेपछि उनको भारत प्रवेश भएको हो । त्यसबेला पोर्नस्टारलाई बिग बोसमा ल्याइएकोमा चर्को विरोध पनि भयो । तर विरोधका बाबजुद पनि सन् २०१० की टप १२ पोर्नस्टार सन्नीलाई फिल्ममा भने पूजा भट्टले 'जिस्म २' बाट सफल डेब्यु गराइन् । तर बलिउड प्रवेशको जश भने यतिबेला सन्नीले पूजालाई नभई सलमानलाई दिइरहेकी छन् । 'डयासिङ सलमानकै कारण आज म बलिउडमा छु,' सन्नीले एक अनलाइन पोर्टलका लागि दिइएको अन्तरवार्तामा भनेकी छन्, 'बिग बोस-५ को मेरो अन्तिम दिन उनले मलाई बलिउडमा देख्न चाहेको बताएका थिए ।
उनकै सुन्दर चाहनाले नै आखिर मलाई अघि बढ्न शक्ति दियो ।' त्यसो त अहिलेसम्म सलमानसँग फिल्म नखेलेकी उनले त्यसमा पनि इच्छा जाहेर गरेकी छन् । त्यसो त सन् २०१४ मा भारतमा गुगलमार्फत् खोजिनेमा बलिउडका हस्तीदेखि प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत जितेर पहिलो स्थान ओगटेकी सन्नीको उक्त इच्छा पनि पूरा नहोला भन्न सकिन्न । आखिर उनले सलमानका लागि यति धेरै क्रेडिट जो दिइन् ।
कमेडी नाइट्स विद कपिल बन्द हुने हल्लाले चिन्तित दर्शकहरुलाई खुसीको खबर । कमेडी नाइट् विथ कपिल बन्द नुहने भएको छ । यस कुराको पुष्टि स्वयम् कपिल शर्माले गरेका हुन् ।
कपिलले फेसबुक र ट्वीटर दुबैमा लेखेका छन्,’चिन्ता नगर्नुस् साथीहरु यो केबल हल्ला मात्र हो ।’ तर पनि कपिलले शो को प्रसारणबारेमा केही पनि खुलाएका छैनन् । उनले कमेडी विथ कपिल हप्तामा एक पटक या दुई पटक प्रसारण हुनेबारेमा केही खुलाएका भने छैनन् ।
अघिल्लो हप्ता यो शोका निर्माता एमव् प्रस्तोता कपिल शर्माले अब सारा ध्यान आफ्नो फिल्मी करियरमा लगाउन चाहेको उल्लेख गरेका थिए । कपिलले यशराज फिल्मसँग तीनवटा फिल्म खेल्ने हस्ताक्षर गरेपछि त्यो कुरा बाहिर ल्याएका थिए ।
कपिलको पहिलो फिल्म ‘बैंक चोर’ अप्रिलम प्रदर्शनमा आउने तयारीमा छ । यस्तो अवस्थामा कमेडी नाइट्स विथ कपिल हप्तामा एक पटकमात्र प्रसारणमा आउने बताइएको छ ।
तर शो जबरजस्त हिट भएर टिआरपी बढेका कारण कलर्स च्यानल सञ्चालकहरु भने यो कुरा मान्ने अवस्थामा छैनन् । कपिल र च्यालनका बीच जारी विवादका बीच कपिलले शो बन्द गर्ने निर्णय लिएको कुरा सञ्चारमाध्यममा आएको थियो ।
उनले शो बन्द गर्ने निर्णय लिएको कुरा बाहिर आएपछि फ्यानहरुले सामाजिक सञ्जालबाट शो बन्द नगर्न चर्को दबाब दिएका थिए ।
अहिले त कपिलले सबै अफबाहलाई झुठो सावित गर्दै कमेडी विथ कपिल बन्द नहुने बताएर शोबाट भरपूर मनोरञ्जन लिन दर्शकलाई आग्रह गरेका छन् ।
कपिल शर्मा सन् २०१३ मा भारतका चर्चित सेलिब्रेटीमध्ये एकमा परेका थिए । फोब्र्स म्यागेजिनले उनलाई भारतका एक सय जना चर्चित सेलिब्रेटीमध्ये ९६ नम्बरमा राखेको थियो ।
बलिउड डिम्पल गर्ल पि्रटी जिन्टा आफ्नो करियरको नयाँ अध्याय सुरु गर्ने सोचमा छिन् । पर्दा र सडकमा कमाल देखाइसकेकी उनी अब राजनीतिमा पनि प्रवेश गर्ने तयारीमा छिन् ।
आगामी लोकसभा चुनावमा उनी नर्थ सेन्ट्रल मुम्बइ संसदीय क्षेत्रबाट बीजेपीको तर्फबाट चुनाव लड्न सक्ने देखिएको छ । उनको प्रतिस्पर्धी संजय दत्तकी बहिनी पि्रया दत्तले गर्नेछिन् । पि्रया अहिले संसद सदस्य छिन् । उनले कांगे्रसबाट लोकसभा टिकट पाउने सम्भावना छ ।
बीजेपी नेतृत्व यो पटक सेलिबे्रटीकी बहिनीलाई टक्कर गराउन सेलिब्रेटी नै चुनावी मैदानमा उतार्ने रणनीतिमा छ । अहिलेको अवस्थामा बीजेपीले पि्रटी एक सही विकल्प ठानेको छ ।
बीजेपी महासचिव राजीव प्रताप रुडी पि्रटीले आगामी लोकसभा चुनावमा नर्थ सेन्ट्रल मुम्बइ क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । स्रोतका अनुसार पि्रटी र रुडीको टाढाको नातेदारी पनि छ ।
यद्यपि, पि्रटीले चुनाव लड्ने सोच नबनाएको बताएपनि बीजेपी नेतृत्व उनलाई आश्वस्त पारिरहेको छ । अभिनय करिअरमा ब्रेक लागेपछि पि्रटी अर्कै क्षेत्रमा जमिरहेकी छिन् । उनी नेस वाडियाका साथ आइपीएल प|mेन्चाइजी किङ इलेवन पञ्जाबको साझेदार छिन् । अब उनको अर्को विकल्प राजनीति पनि हुन सक्छ । यसअघि रिलिज उनको इस्क इन पेरिस बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।
सन् २०११ यूटिभीसँग मिलेर सलमान खानले बनाएको फिल्म ‘चिल्लर पार्टी’ ले नेशनल अवार्ड जित्न सफल भएको थियो । आठजना साना बालकले एक बेवारिसे कुकुर र अनाथ साथीका लागि शक्तिशाली र कुटिल राजनेतासँग भिँडेको कहानीमा आधारित थियो ‘चिल्लर पार्टी’ ।
बालबालिकामा केन्द्रीत भएको कथाकै कारण सलमानले यो फिल्मको कथा चुनेका थिए । यसपटक पनि सलमानको नयाँ फिल्मका लागि यस्तै कथा मिलेको बताइएको छ । हालै रितेश देशमुकको निर्माणमा बनिरहेको मराठी फिल्म ‘यैलो’ को पहिलो ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्मको ट्रेलरले दर्शक र पत्रकार मात्र होइन सलमान पनि प्रभावित भएका छन् ।
आफ्नो ब्यानर विइङ हृयूमन प्रोडक्शनमा उनी यो फिल्मलाई हिन्दीमा रिमेक गर्न इच्छुक भएका हुन् । उनी निकट सुत्रका अनुसार रितेशले यो फिल्मको ट्रेलर उनलाई देखाएका थिए । यो फिल्मको सम्वेदनशील कथाले सलमानन धेरै प्रभावित भएका थिए । फिल्म एक गम्भीर विषयमा बनेको हो । यो विशेष बच्चा, समाजको नजर र उनको तागतका बारेमा रहेको छ । सूत्रका अनुसार सलमानले रितेशसँग भनेका छन् कि उक पटक फिल्म पूरा भएपछि उनी यसलाई हेरेर आफ्नो व्यानरका लािग हिन्दीमा बनाउनेछन् ।
उनले भनेका छन् कि यो फिल्म हिन्दीमा बन्नुपर्छ, ताकि धेरै भन्दा धेरै दर्शकले देख्न सकुन् । उनलाई यसको प्रोमो यति धेरै मन पर्यो कि उनले ट्वीट पनि गर्न भ्याए । रितेश भन्दा पहिले मराठी फिल्मक बालक पालक मा पनि उनले रुचि देखाएका थिए । यो फिल्म अघिल्लो वर्ष रिलिज भएको थियो । यो टिनएजर्सबीच यौन शिक्षाको संवेदनशील विषयमा बनेको छ ।
बलिउडका अभिनेता अमिर खानले बमको धमाकाले पनि असर गर्न नसक्ने बमपु्रफ कार १० करोड भारतीय रुपैयाँमा खरिद गरेका छन् ।
अमिरले खरिद गरेको मर्सिडिज बेन्ज कार खास मानिसका लागि मात्र बन्ने गरेका छन् । यो खास मर्सिडिज बेन्ज कारमा चढेको अवस्थामा अमिर केही दिन अघि देखा परेका थिए । अंग्रेजी अखबार ‘मिड डे’ मा उल्लेख भएअनुसार केही समय अघि धम्की आएपछि अमिरले यो कार खरिद गरेका हुन् ।
समाचार स्रोतको दाबीलाई मान्ने हो भने यस्तो कार चढ्ने भारतीय नागरिकमा अमिर तेस्रो हुन् । अमिरले चढ्ने कार भारतीय प्रधानमन्त्री मनमोहन सिंह र अर्बपति मुकेश अम्बानीले मात्र यसअघि चढ्दै आएका थिए । बुलेटप्रुफ कार त धेरै भारतीय सँग रहेको छ तर बमपु्रफ कार भने खास गरी भिभिआइपी मानिसका लागि मात्र बनाउने गरिएको छ ।
मुम्बईको एक फाइभस्टार होटलमा उनैले आयोजना गरेको पार्टीमा अमिरलाई पहिलो पटक बमप्रुफ कारमा चढेको देखिएको थियो । स्रोतका अनुसार अमिरलाई केही महिना अघि धम्की आएको थियो ।
अमिरले आफूलाई आएको धम्कीबारे प्रहरीमा जानकारी पनि गराएका थिए । प्रहरीले उनलाई सुरक्षा पनि दिएका थिए । प्रहरीले सुरक्षा दिए पनि अमिरले परिवारका सदस्य र नजिकका साथीहरुको दबाबमा परेर बमपु्रफ कार किनेका हुन् ।
काठमाडौ, माघ २८ - नेपालमा फिल्म बन्न थालेको पचास वर्ष भएको छ । नेपालबाहिर बनेको फिल्मलाई गणना नगर्दा पनि नेपाली फिल्मले 'हाफ सेन्चुरी' पुरा गरेको छ । तर, यो अवधिमा बनेका एकदमै राम्रा, अर्थपूर्ण र स्मरणीय तपाईं कतिवटा फिल्म सम्झिन सक्नुहुन्छ ? पछिल्लो दस वर्षमा यस्ता फिल्म बन्ने क्रम बढ्दो छ । चाहे 'लुट' होस् वा 'साँघुरो', 'नुमाफुङ' र 'मुकुन्डो'बाट सुरु भएको भिन्न स्वादका फिल्मको निर्माण जारी छ ।
'झोला' यो क्रमको एउटा कडीका रूपमा आइपुगेको छ । तर, सुरुमै प्रस्ट पारौं, 'झोला' न 'लुट' जस्तो 'इन्टरनेटिङ' फिल्म हो न 'नुमाफुङ' जस्तो 'ग्राउन्डबे्रकिङ' फिल्म । तैपनि, यसले केही विशेषता बोकेको छ, जसका कारण यो फिल्म सजिलै स्मृतिबाट मेटिंदैन ।
कृष्ण धरावासी नेपाली साहित्यमा नाम कमाएका लेखक हुन् । 'राधा' उपन्यासबाट मदन पुरस्कार पाएका भए पनि उनका धेरै प्रशंसकहरू 'झोला' र 'शरणार्थी'लाई धरावासीका उत्कृष्ट रचना मान्दछन् । उनको त्यही चर्चित कथा 'झोला' माथि यादव भट्टराईले यो फिल्म बनाएका हुन् ।
'झोला' अहिलेको समयबाट सुरु भए पनि यसले कथा भने सय वर्ष पहिलेको भन्छ । इतिहासको कालखण्ड वा पात्रहरूमाथि बनिने 'पिरियड ड्रामा'हरूको हाम्रोमा नितान्त कमी छ । यादवले त्यसतर्फ पहल गरेका छन् । चलेका फिल्मी मसलाको मिश्रण नगरिएको यो फिल्म अन्य फिल्मको तुलनामा छोटो पनि छ । र, एउटै ट्रयाकमा हिँड्ने मूल कथामात्रै समातेकाले फिल्म यताउता भड्किंदैन पनि ।
एउटा वृद्ध पति, उसकी जवान श्रीमती र नाबालक छोराको वरिपरि फिल्मको कथा घुमेको छ । कुनै गाउँका यी निवासीको जीवनमा एउटा मृत्युले ल्याउने परिवर्तनको कथाको किलोमा यो 'झोला' अडिएको छ । पतिको मृत्यु भएपछि पत्नीले उसको चितामा जिउँदै जलेर सती जानुपर्ने कुप्रथालाई फिल्मले दर्साउँछ । र, बिस्तारै त्यो कुप्रथाविरुद्ध कसरी विद्रोह सुरु भएको थियो भन्ने पनि बताउँछ ।
नेपालको इतिहासमा सती प्रथा एउटा लैंगिक विभेद, उत्पीडन र अन्यायको प्रथाका रूपमा रहेको देखिन्छ । नेपालमा मात्र नभएर यो प्रथा भारतका हिन्दुहरूमा पनि भएको पाइन्छ । सन् १८५७ को लखनउ विद्रोहको कथामा केतन मेहताले बनाएको हिन्दी फिल्म 'मंगल पाण्डे, द राइजिङ'मा पनि सतीको प्रसंग छ । अन्य साहित्यमा पनि यो प्रसंग पाइन्छ । 'झोला'ले सुरुदेखि नै दर्शकलाई त्यतिबेलाका नारीको पीडा देखाएर रुवाउने प्रयास गरेको छ । यो प्रयासमा फिल्म सफल छ । यो करुणाकै बीचमा समाजमा रहेको बेमेल र असमानता दर्साउने काम पनि फिल्मले गर्छ ।
कथाकारले साहित्यिक कथाका रूपमा लेखेको कथाबाट तलमाथि नगरी जस्ताको तस्तै निर्देशकले फिल्ममा उतारेका छन् । सकेको भए, साहित्यिक कथाभन्दा अझै विस्तारमा गएर त्यो बेलाको समाजको चित्रण गरेको भए झन् राम्राे हुने थियो । त्यो बेलाको सामाजिक तथा आर्थिक संरचना तथा राजनीतिक परिदृश्यको कल्पना पनि निर्देशकले गर्न सक्थे । तर, उनी त्यतातिर लागेका छैनन् । तर, जति कथा समाएका छन्, त्यसमा इमानदार छन् । ठूलो कथा नभई एउटा घटनामाथि बनाइएका कारण पनि फिल्मले आफ्नो लय गुमाउँदैन ।
इतिहासलाई फर्किएर हेर्दा जहिल्यै एउटा दृष्टिकोणसहित हेरिन्छ । सपाट नजरले हेर्ने इतिहासले कुनै अर्थ दिंदैन । यादव भट्टराईले चन्द्रशमशेरले सती प्रथा उन्मूलन घोषणा गर्नुअघिको त्यो इतिहासलाई विद्रोह र करुणा मिश्रति नारी नजरले हेरेका छन् । जसले प्रश्न गर्छ, 'लोग्ने मर्दा स्वानी जिउँदै जल्नुपर्ने, तर स्वास्नी मर्दा लोग्नेले हाँसीहाँसी बिहे गर्न पाउने ?' अहिले सती जानु नै नपरे पनि कतिपय महिलाका लागि पीडाको स्थिति उस्तै होला र कतिपय पुरुषका लागि छनोटको सुविधा पनि उस्तै होला । यसैले यो इतिहासलाई मात्र गरिएको प्रश्न होइन, यदि हो भने पनि यसको उत्तर आजमा खोजिनुपर्छ ।
यो फिल्मको अर्को विशेषता कलाकारहरूको राम्रो अभिनय हो । गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी र दीपक क्षत्रीलाई फिल्ममा हेर्दा ती पुरानै समयका मानिस हुन् कि जस्तो लाग्छ । फिल्मको कलर टोन र सिनेम्याटोग्राफी पनि राम्राे छ । साँघुरा र क्लोजअप सटहरू बढी खेलेर सिनेम्याटोग्राफर दीपक बज्राचार्यले अहिलेको समयलाई त्यो फ्रेममा घुस्न दिएका छैनन् भने अर्कातिर फिल्मको कथामा पनि ती सटहरू अर्थपूर्ण रूपमा मिलेका छन् ।
आफ्नो पहिलो फिल्ममा यादव भट्टराईले प्रशस्त मेहनत गरेको देखिन्छ । बाबु मर्दा छोराले बनाएको दाउराको टाँड भत्किनेजस्ता केही सुन्दर विम्ब उनले प्रयोग गरेका छन् । उनको कलात्मकता लामा लामा दृश्यहरूमा पनि देखिएको छ । नायिकालाई घरदेखि घाटसम्म पुर्याउँदाको लामो प्रक्रियालाई उनले सुन्दर ढंगले उतारेका छन् ।
कृष्ण धरावासयी आफैंमा 'रुवाउने' साहित्य लेख्ने लेखकका रुपमा चिनिन्छन्, त्यसमा यादवले आफ्ना पनि आँसु थपिदिएका छन् । पात्रहरुको मनोदशालाई अझैबढी मौनमा खेल्न सकेको भए, फिल्मको गहिराई अझै बढ्थ्यो होला । अत्यन्त 'लाउड' र बढी भावुक हुनु यो फिल्मको गुण र दोष दुवै हो । यसले कतिपय दर्शकलाई झर्को लाग्न पनि सक्छ । अन्यथा, एउटा फरक फिल्मको रुपमा 'झोला'को लामो समयसम्म चर्चा हुनेछ ।
काठमाडौ, माघ २७ - राम-लीला' जोडी रणवीर सिंह र दीपिका पादुकोण अफस्त्रिmनमा पनि उत्तिकै जमिरहेका छन् । आकस्मिक भेटबाट उनीहरूको सम्बन्ध योजनाबद्ध भेटमा पुगिसकेको छ । मस्ती गर्न एकअर्काको आवश्यकता महसुस गर्न थालेका छन् उनीहरूले । यो कुरा रणवीर-दीपिका नै खुलेआम बताउँछन् । यति बेला दुवै प्रेममा परेको ठोकुवा भइरहेको छ ।
तर रणवीर अघि सर्दै भन्छन्, 'हामी असल साथी मात्रै हौं । तर, मेरो जीवनमा उनको बेग्लै महत्त्व छ । मैले कसैलाई आदर र सम्मान गर्छु भने ती उनै हुन्, जोसँग म यति बेला नजिक छु ।' दीपिकाको गुणगान गाएरै नथाक्ने भएका रणवीरले उनका लागि प्रशंसाको पहाडै भएको टिप्पणी गरे ।
आखिर दुईको हित्तचित्त मिल्नुको कारण के हो ? २८ वर्षमा दौडिरहेका रणवीर थप्छन्, 'हामी साथी हौं । हामी प्रायः सँगै घुम्न निस्कन्छौं, रमाइलो गर्छौं । घुम्न म अरूसँग पनि जान्छु, तर उनीहरू दीपिका जस्तो नोटिस हुने हुँदैनन् । हल्ला पनि हुँदैन । हो, म उनको साथमा ज्यादा इन्जोय गर्छु ।' आफूलाई सिंगल भन्न रुचाउने रणवीरलाई पनि मिंगल हुने रहर छ रे ।
हालै हेमा मालिनी-धर्मेन्द्रकी छोरी आहनाको विवाह पार्टीमा भने रणवीरले दीपिकासँग हुँदा खिचिएका तस्बिरमा आपत्ति जनाएपछि हल्ला गर्नेलाई बल पुगेको छ । रणवीर-दीपिका सामीप्य पार्टीमा पनि उस्तै थियो । हूलमूलमा छिरेका एक फोटोग्राफरले लुकेरै जोडीतर्फ लगातार फ्ल्यास हान्न थालेपछि रणवीर उग्र बने । उक्त फोटोग्राफरको कठालो समातेर क्यामेराका फोटाहरू मेटाइदिए । तर, उनका प्रवक्ताले भने रणवीरले अपमान हुने गरी फोटोग्राफरलाई समातेको वा पिटेको जस्ता समाचारको खण्डन गर्दै सम्मानित ढंगले फोटो हटाउन लगाएको दाबी गरेका छन् ।
रणवीरले घटनाबारेको प्रतिक्रियामा भने, 'ती व्यक्तिलाई त्यहाँ न कसैले बोलाएको थियो, न उनी पार्टीको आधिकारिक फोटोग्राफर नै थिए । बलजफ्ती छिरेर वाक्कै लाग्ने गरी फोटो खिच्न थाले । मैले उनलाई अनुमतिबेगर खिचिएका तस्बिर डिलिट गर्न
लगाएँ । पूर्वअनुमति लिएको भए खिच्न कुनै समस्यै थिएन ।'
रणवीर आफू चटपटे स्वभावको भएकाले कहिलेकाहीँ आफ्नै बानीले धोका दिने दुखेसो पनि गर्छन् । 'राम-लीला' को सुटिङका बेला मलेरिया भएका उनले मिडियालाई आफूलाई 'लभेरिया' भएको टिप्पणी गरेपछि दीपिकासँगको उनको सम्बन्धमा थप शंका बढेको थियो । तर यति बेला उनले उक्त अन्तर्वार्तालाई अवैध भनिदिएका छन् ।
काठमाडौ, माघ २३ - सोनाक्षी सिन्हा र शाहिद कपुर बलिउडका नयाँ लभ बर्डस् बन्ने सम्भावना देखिँदै गएको छ । पहिले करिना कपुर र पछि प्रियंका चोपडासँग डेटिङ गर्न भ्याएका शाहिद अब सोनाक्षीतिर ढल्किएको पुष्टि हुँदै छ । ताली दुवै हातबाट बजिरहेको छ र ताल पनि खुबै जमिरहेको छ ।
हालैको कुरा हो, करण जौहरले 'दबंग' गर्ललाई आफ्नो टेलिभिजन कार्यक्रम 'कफी विथ करण' मा निम्तो पठाएछन् । सोनाक्षीले भनिदिइन् कि 'शोमा शाहिदलाई पनि निम्त्याए मात्रै म आउँछु ।' २६ वर्षीया 'लुटेरा' नायिकाले जे सोचेको त्यही भयो । करणसँग एकअर्काको प्रशंसा गर्दै दुवैजनाले समय बिताए ।
शाहिद र सोनाक्षी अभिनीत फिल्म 'आर... राजकुमार' ले बक्स अफिसमा राम्रै गरेको थियो । यसपछि नै दुई बीच सम्बन्ध विस्तार भएको मानिन्छ । सम्बन्ध निकै गाढा बनिसकेको अडििल काट्न थालिसकिएको छ । करणले शोमा जब सोनाक्षीलाई मन पर्ने अभिनेताबारे सोधे, सोनाक्षीले अलिकति पनि ढिला नगरीकन भनिदिइन्, 'शाहिद कपुर र अक्षय कुमार ।'
जब यही प्रश्न शाहिदलाई सोधियो, ३२ वर्षीय 'फिदा' ब्वाईले पनि हत्त न पत्त सोनाक्षीकै नाम लिए । 'आजसम्म मैले जति अभिनेत्रीसँग काम गरें,' उनले भने, 'सोनाक्षीजस्ती बेस्ट अरू पाइनँ ।'
केही दिनअघि एउटा अवार्ड समारोहमा जब शाहिदले परर्फम गरिरहेका थिए, सोनाक्षी ताली बजाउँदै 'चियर' गरिरहेकी थिइन् ।
बलिउड नायक रणवीर सिंह यतिबेला साहरुख खान बन्ने सपना देखिरहेका छन् । यसैले त उनी साहरुख खानको सर्वाधिक सफल सिनेमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’को कुरा गर्न थालेका छन् ।
मिडियाले बलिउडका सर्वाधिक सफल निर्माता तथा निर्देशक आदित्य चोपडासँग काम गर्न लागेको बिषयमा सोधेको प्रश्नमा रणवीरले त्यस्तो भैदिए आफ्नो सपना पुरा हुने बताए । उनले आदित्यका ‘दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’ कैयौ पटक हेरेको जनाएका छन् ।
जीवनमा एक पटक आदित्य चोपडासँग काम गर्ने उनको सपना छ । रणवीरले कैयौ पटक हेरेका यि दुई सिनेमाका निर्देशक आदित्य चोपडा हुन् भने नायक साहरुख खान ।
चलचित्र ‘रामलीला’ सफल भएपछि रणवीरले साहरुख जस्तो स्टार बन्ने सपना बोक्न थालेको टिप्पणी बलिउडमा गर्न थालिएको छ ।
वर्षको सुरुवातमै बलिउडस्टार सलमान खानलाई ठूलो झट्का लाग्यो । उनको बहुप्रतिक्षीत फिल्म ‘जय हो’ ले बक्सअफिसमा कमाल गर्न नसकेपछि वर्षको सुरुवातमै निराश हुनुपरेको छ।
जसोतसो फिल्मले सय करोडका आँकडा छोए पनि दर्शकले जय हो लाई सलमानकै फिल्मका रुपमा ठान्न सकेनन् । दर्शकलाई आफ्ना पि्रय सल्लुबाट ठूलो धमाकाको अपेक्षा गरेका थिए तर न त धमाका नै हुनसक्यो न नै फिल्मले कुनै रेकर्ड तोड्न सक्यो ।
वर्षको सुरुमै झट्का बेहोरेपनि सलमानमा फिल्म रिमेक गर्ने भुत भने उत्रेको छैन । जानी राख्नुस् जय हो दक्षिण भारतीय फिल्म स्टालिनको रिमेक हो । जय होले निराश बनाएपछि फिल्म रिमेक गर्ने रहर सलमानले त्यागेको अुनमान गरिएको थियो ।
सबैको अनुमानलाई गतल सावित गर्दै सलमानले भनेका छन्, ‘कसले भन्यो कि म दक्षिण भारती फिल्मको रिमेक गदिर्न ? के मैले यस्तो भनेको छु ?, भनेको छैन । जब मेरो हातमा कुनै राम्रो रिमेक आउँछ म जरुर गर्नेछु ।’
सलमानले अहिलेसम्म वान्टेड, बडिगार्ड र रेड्डीसहित चार रिमेक फिल्ममा काम गरिसकेका छन् । यी फिल्मले रेकर्ड बे्रक कमाई गरेका थिए । सलमानलाई अब उनको आउन लागेको फिल्म किकबाट ठूलो आशा रहेको छ । किकको निर्देशन साजिद नाडियावालाले गरिरहेका छन् । फिल्मको निर्माण भने सलमान आफैंले गरेका हुन् । यो फिल्ममा सलमानकी हिरोइन जेकलिन फर्नान्डिज रहेकी छन् । यो फिल्म इदका अवसरमा रिलिज हुँदैछ ।
मुम्बई– बलिउड अभिनेता आमिर खानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को दोस्रो सिजन आउँदो मार्च २ देखि हरेक आइतबार प्रसारण हुने भएको छ।
भर्खरै 'धुम ३'बाट बलिउड बक्स अफिसमा विभिन्न रेकर्ड तोडेका आमिरको कार्यक्रम यसपालि पनि स्टार प्लसमै प्रसारण हुँदैछ।
कार्यक्रमको छोटो प्रोमो स्टार प्लसले आइतबार युट्युबमा राखेको थियो। एक दिनमै यसलाई ८६ हजारभन्दा बढीले हेरिसकेका छन्। एक हप्ताअघि कार्यक्रमको सुटिङमा आमिर रोएको समाचार केही मिडियाले प्रकाशित गरेको थियो।
कार्यक्रमको पहिलो सिजनमा घरेलु हिंसा, महिला भ्रूण हत्या र बाल दुराचारजस्ता विषय उठान गरी आमिरले धेरैको मन जितेका थिए। कार्यक्रमको पहिलो सिजनलाई स्टार प्लस र सरकारी च्यानल दूरदर्शनमा आइतबार बिहान ११ बजे प्रसारण गरिएको थियो। कार्यक्रमका केही शृंखलाले उच्च रेटिङ पाएको थियो। आमिरका प्रतिनिधिले बताएअनुसार यसपालिको कार्यक्रमको संरचना भने केही फरक हुनेछ।
काठमाडौ, माघ १५ - विनीता बराल माइकमा बोल्दै थिइन्, अग्र्यानिक एगि्रकल्चरको महत्त्वबारे । त्यो उनलाई सुहाइरहेको थियो । एक वर्षअघि अग्र्यानिक खेती सुरु गरेकी अभिनेत्रीको पहिरन पनि 'अग्र्यानिक' नै थियो । उनी हल्का रातो ढाकाको कुर्तामा खुलेकी थिइन् ।
'चपली हाइट', 'फुलस्टप' जस्ता फिल्मकी यी नायिकाका आँखा 'आफू राष्ट्रप्रेमी भएकीले पनि' ढाकामा पर्ने गरेका छन् । 'म त प्रायः पाल्पाली ढाकाका डिजाइन पिसहरू लाउँछु,' उनले भनिन् ।
पहिलेदेखि नै ढाका फेबि्रक फेसन लगाउन मन पराउने गरेकी उनले पछिल्लो समय डिजाइनमा केही आधुनिकता ल्याएकी छन् । मोडर्न शैलीका स्कर्ट, प|mक, ब्लाउज, वानपिसदेखि कुर्तासम्म ढाकाकै लगाउने गरेकी छन् ।
'ढाकाले जाडोमा न्यानो मात्रै दिँदैन, नेपालीपन पनि झल्किन्छ,' २५ वर्षीयाले भनिन्, 'मोडर्न लुक्स इन ढाका ।'
सायद त्यसैले, विनीता जस्तै नयाँ पुस्ताले अचेल नेपाली मौलिक पोसाक ढाकाकै प्रयोग गर्न थालेको छ । जस्तो, केकी अधिकारी । यी अभिनेत्री पनि ढाकाप्रेमी हुन् । केहीअघि उनी 'बितेका पल' को पि्रमियरमा नीलिमा शर्माले डिजाइन गरेको ढाकाको गाउनमा देखिएकी थिइन् । त्यति बेला उनको पहिरनले चर्चा पाएको थियो । 'त्यो सिंगल गाउन मात्रै लगाएकी भए पनि त्यति बेला जाडो महसुस गर्नु परेको थिएन,' उनले भनिन् ।
दुई महिनापछि हुन लागेको मास्टर्सको परीक्षाको तयारीमा व्यस्त केकी अवसर मिले इन्टरनेसनल इभेन्टमा पनि ढाकाकै पहिरन लगाउने योजनामा छिन् । मलेसियामा हुने नेफ्टा फिल्म अवार्डमा उनी पनि सहभागी हुँदै छिन् । त्यहाँ उनको चाहना पूरा होला ।
केकीका अनुसार, त्यो गाउन सात मिटर कपडाबाट बनाइएको हो, जुन नीलिमाले 'बर्थ डे गिफ्ट' दिएकी थिइन् ।
आठ वर्षयता फेसन डिजाइनिङमा रहेकी नीलिमाको अनुभवमा ढाकामा जस्तोसुकै व्यक्ति पनि शालीन र युनिक देखिने गर्छन् ।
'जस्तोसुकै चर्को रंगको संयोजन भए पनि भड्किलो नदेखिनु ढाकाको मुख्य विशेषता हो,' उनको भनाइ छ । दुई वर्षपहिले २० हजार रुपैयाँको सिल्कमा ढाकामिश्रति लहंगा बिक्री गरेको उल्लेख गर्दै उनले पछिल्लो पुस्ताले ढाकामै पनि फ्युजनको अभिरुचि देखाउन थालेको बताइन् । 'त्यसैले मैले गर्मी महिनाका लागि पनि ढाका पि्रन्ट कपडा डिजाइन गर्न थालेकी छु,' उनले भनिन् ।
पूर्वमिस नेपाल सदिच्छा श्रेष्ठ यति बेला ढाका प्रमोसन अभियानमै लागेकी छन् । हस्तकला सम्बन्धी काम गर्ने संस्था सवा नेपालकी ब्रान्ड एम्बासडरसमेत रहेकी २२ वर्षीया सुन्दरी यो प्रायः जाडोभर ढाकाकै पहिरनमा देखिनेछिन् । केही दिनपहिले भारतमा भएको पाँचौं सार्क बिजनेस लिडर्स कन्क्लेभमा सहभागी भएकी सदिच्छाले स्वदेशमा भन्दा विदेशमा ढाका पहिरनको चर्चा निकै हुने बताइन् ।
'भारत गएका बेला धेरैले कुन देशको कपडा हो, कहाँ पाइन्छ भन्दै सोधेका थिए,' उनले सुनाइन्, 'सबैको ध्यान मैतिर थियो ।'
ललितपुरको कुपन्डोलस्थित सवा नेपालकी हेड अफ डिजाइनर मुक्ता श्रेष्ठका अनुसार, पछिल्लो समय ढाकाले बनेका कोट र वानपिसमा धेरैजसो तन्नेरीले आँखा लाउने गरेका छन् । 'युवा पुस्ताले फ्युजन रुचाउँछ,' उनले भनिन्, 'त्यही भएर विभिन्न फेबि्रकमा ढाका जडान गर्ने गरेका छौं ।'
विनीता पनि आफ्नो ढाका पहिरनप्रति 'कन्सस' छिन् र फिल्मी दुनियाँमा आएदेखि अहिलेसम्म एउटै बुटिकमा अर्डर गर्दै आएकी छन् । लाजिम्पाटस्थित सन्तोषी बुटिकमा । 'पर्सनल डिजाइनर नै राखेकी छु,' उनले भनिन्, 'एउटै बुटिकमा सिलाउँदा विश्वसनीयता बढ्छ ।'
ढाका लगाउँदा आत्मविश्वास बढे जस्तै ज्!
काठमाडौ, माघ १४ - अचेल नायिकाको शरीरमा कम लुगा हुनु नौलो भएन । ग्ल्यामरको नाममा फिल्मकर्मी पनि नायिकालाई त्यसो गर्न बाध्य पारिरहेका हुन्छन् । तर कहिलेकाहीं नायक पनि कपडा फुकाल्न बाध्य हुन्छन् । पछिल्लो समय एकाएक चल्तीमा आएका नायक रणवीर सिंह त झन् सर्टलेस पोज दिन पछि हट्ने कुरै भएन । 'राम-लीला' मा उनको टपलेस शरीरले तारिफ कमाएपछि निर्देशक अली अब्बास जाफरले पनि 'गुन्डे' मा रणवीरलाई कामुक छविमा देखाउन चाहे । तर जब रणवीरले सर्ट फुकाल्थे तब कुनै न कुनै भवितव्य आइलाग्थ्यो । कुरो, 'राम-लीला' कै । जब सुटिङका लागि रणवीर दुर्गापुर गाउँमा थिए, निर्देशक सञ्जयलीला भन्सालीले पहिलोपटक रणवीरलाई नांगो छातीमा कैद गर्न चाहे । भन्साली आफ्नो कर्ममा त सफल भए, तर बिचरा रणवीर लामखुट्टेले टोकेपछि डेंगुको सिकार भए । त्यसैले रणवीरकी आमा 'गुन्डे' का लागि बढी सतर्क थिइन् । उनले निर्देशक अब्बासलाई छोरालाई नांगै नखेलाउन अनुरोध गरिन् । तर सुगठित शरीरका रणवीरलाई निर्देशकले त्यसै छोड्ने कुरै भएन । जब एक गीतको सुटिङमा सर्ट फुकाल्न लगाए, तब नाच्दै गर्दा रणवीरको साइड डान्सरसँग टाउको ठोकियो ।
चोट ११ टाँका मार्नुपर्ने गरी गालामा लाग्यो । दाग अब जिन्दगीभर रहने छ । रणवीरको अर्को दुर्भाग्य फेरि सर्ट खोलेपछि नै निम्त्यो । अर्को दृश्यमा उनी नांगो छाती हिलोमा हिँड्दा सिसाले खुट्टा काट्यो र फेरि नौ टाँका लगाएर केही समय आरामै गर्नुपर्यो । 'गुन्डे' कै अर्को दृश्यमा हिलोमा रेस्लिङ खेल्दा उनलाई एलर्जी नै भयो ।
कतिपय नायकका लागि छाती देखाउनु रहर भइरहेका बेला रणवीरका लागि भने तमाम घटनाले गर्दा अब डरमर्दो बनेको छ ।
काठमाडौ, माघ - आठ वर्षअघि मात्रै 'परिणीता' मार्फत बलिउडमा छिर्दा ठूलो शरीर र चाक्लो अनुहारकी विद्या बालनको शक्तिलाई कमैले आँकेका थिए । २८ वर्षको घर्कंदो उमेरमा पनि सैफ अली खानसँगको उनको पहिलो फिल्मले बाजी मार्यो । विद्याले उक्त फिल्मबाट डेब्यु बेस्ट फिमेलमा फिल्म फेयर अवार्ड पाइन् । बेस्ट एक्टे्रसका लागि भने उनले चार वर्ष कुर्नुपर्यो, फिल्म 'पा' सम्म । लगत्तैको 'इस्कियाँ' मार्फत फिल्म फेयरकै बेस्ट एक्ट्रेसको क्रिटिक्स अवार्ड पनि हात पारिन् ।
'नो वन किल्ड जेसिका' बाट क्रिटिक्सलाई झनै विश्वस्त पारेकी विद्याको पोल्टामा 'द डर्टी पिक्चर्स्' हुँदै 'कहानी' सम्म आइपुग्दा बेस्ट एक्ट्रेसका पाँच अवार्ड परिसकेका थिए, राष्ट्रिय अवार्डसहित ।
स्त्रिmन अवार्डस् पनि त्यति नै संख्यामा जितेकी यी अभिनेत्रीलाई यतिबेला फेरि अर्को सफलता मिलेको छ । उनले पद्मश्री सम्मान पाएकी छन् । गणतन्त्र दिवस अवसरमा आइतबार भारत सरकारले विद्यालाई अभिनेत्रीको उक्त अवार्ड प्रदान गरेको हो ।
'म त काँपिरहेकी छु, खुसीले पागलजस्तै भएकी पनि छु,' विद्याले भनिन्, 'म सम्मानित भएकी छु । यति बेला मैले अनुभव र आभार व्यक्त गर्नका लागि शब्दहरू नै पाइरहेकी छैन,' विद्याले भनिन् । उनले उक्त अवार्डलाई परिवारमा समर्पित गर्न चाहेको पनि खुलाइन् । पद्मश्री सम्मान पाउनेमा विद्याबाहेक अभिनेता परेश रावल पनि छन् । अर्का अभिनेता कमल हसनले भने पद्म विभूषण प्राप्त गरेका छन् ।
काठमाडौ, माघ ७ - कुरा बुझिनसक्नु छ । दीपिका पादुकोण र रणवीर सिंहको । यो 'रामलीला' जोडीको करिब करिब 'रासलीला' सर्वविदितै भइसकेको छ । फेरि पनि उनीहरू पालैपालो भन्दै हिँड्छन्- म त सिंगलै छु ।
पछिल्लो पालो दीपिकाको परे जस्तो छ । रणवीरसँग आफ्नो प्रेम सम्बन्ध नरहेको भनेर उनी थाकेकी छैनन् । भर्खरैको एउटा कार्यक्रममा सञ्चारकर्मीहरूले 'तपाईं सिंगलै हुनुहुन्छ त ?' भनी सोध्दा उनी कम्ता बेखुसी भइनन् । प्रायः 'कुल' देखिने यी अग्ली अभिनेत्रीले झर्केर भनिन्, 'अँ, सिंगलै छु । अब चित्त बुझ्यो ?' यो भनाइबाहेक उनको हाउभाउले पनि भनिरहेको थियो- सिंगलै छु भन्दाभन्दै सधैं किन त्यही कुरो सोधेर हैरान पारेको ?
तर, झर्को-फर्कोले सत्य छेकिँदैन भन्ने दीपिकालाई थाहै होला । 'गोलियों की रासलीला रामलीला' सार्वजनिक भएयता दीपिका र रणवीरबीच यति सार्हो हिमचिम बढेको छ, त्यति त कुनै प्रेमी जोडीबीच मात्रै हुन सक्छ । उक्त फिल्ममा दिइएको 'कीर्तिमानी' किस सिनले नपुगेर उनीहरू सार्वजनिक स्थलमा ओठको स्वाद साट्दै हिँडे । दीपिका हालै आफ्नो २८ औं बर्थ डे मनाउन रणवीरसँग न्युयोर्कसम्म पुगेकी थिइन् । र, पनि उनी आफू सिंगलै रहेको ठोकुवा गर्दै हिँडछन् । अनि, कुरो बुझिसक्नु छ त ?
नेपाली सिने बजारमा ‘लुट’ र ‘चपली हाइट’को बारेमा जति सकारात्मक चर्चा हुन्छ, त्यो भन्दा बढि नकारात्मक । २ बर्ष अघि सर्वाधिक कमाइको रेकर्ड राखेका यि दुई सिनेमाले चलचित्र क्षेत्रमा अश्लिलता भित्राएको आरोप पनि लगाइन्छ । दुई सिनेमामा प्रयोग गरिएका संवाद र दृश्यले नेपाली सिनेमाको धार नराम्रोसँग बिग्रिएको बताउँनेहरुको कमी यहाँ छैन ।
तर एक मञ्चमा एकैसाथ देखिएका ‘लुट’का निर्माता तथा निर्देशक निश्चल बस्नेत र ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूहरुको सिनेमाले अश्लिलता नभित्राएको दाबी गरे । निश्चलले आफूलाई सिनेमा नगरी बिगारेको आरोप लाग्ने गरेको भन्दै त्यस्तो नभएको दाबी गरे ।
यता ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूलाई सिने नगरीमा अश्लिलता भित्राएको आरोप लगाइएको भन्दै यो कुरा झुटो भएको तर्क गरे । २ बर्षपछि दुई निर्माताको यस्तो अभिव्यक्ती आएको हो ।
काठमाडौ, माघ ६ - हिन्दी फिल्मले नेपाली बजारबाट करोडौं आर्जन गरिरहेका बेला 'छ एकान छ' ले नेपालीलाई राहत दिलाएको छ । पहिलो पटक हिन्दी फिल्मका शो घटाएर मल्टिप्लेक्स हलहरूले 'छ एकान छ' को शो बढाएका छन् ।
देशभरका सिंगल थिएटरमा पनि 'छ एकान छ' ले नै वर्चस्व कायम राखेको छ । 'अहिलेसम्मको ग्रस आम्दानी दुई करोड नजिक छ,' निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले भने । उनैका अनुसार यो फिल्म जम्मा ६५ लाख रुपैयाँमा बनेको हो ।
'छ एकान छ' मा दर्शक बढेपछि मल्टिप्लेक्सहरूले हिन्दी फिल्म 'डेढ इस्कियाँ' को शो घटाएका हुन् । पहिलो साता क्यूएफएक्समा यो फिल्म तीन शो मात्रै लागेको थियो । शुक्रबारबाट दोस्रो साता प्रवेश गर्दा क्यूएफएक्सले 'डेढ इस्कियाँ' को तीन शो घटाएर 'छ एकान छ' लाई ६ शोमा पुर्यायो । यसअघि 'कर्कश' र 'होस्टेल' ले पनि यसरी नै शो बढाउँदै लगेका थिए । क्यूएफएक्समा अहिले हिन्दी फिल्म 'यारियाँ', हलिउडको 'फोर्टी सेभेन रोनिन' र 'द सेक्रेट लाइफ अफ वाल्टर मिट्टी' पनि चलिरहेका छन् । 'अरूको तुलनामा छ एकान छमा दर्शक बढी छन्,' क्यूएफएक्सका वितरक वसन्त मानन्धरले भने ।
चाबहिलको केएल टावरमा पहिलो साता यो फिल्म एक शो मात्रै थियो । दोस्रो साता आइपुग्दा ४ शोमा उक्ल्यो र शनिबार दर्शक चाप बढेकाले ५ शो नै गर्नुपर्यो । 'डेढ इस्कियाँको चाहिँ शो घट्दै गएर दोस्रो साता आउटै भयो,' केएल टावरका जनरल म्यानेजर टिम मेम्बर अरुण रिजालले भने, 'राम्रो भयो भने नेपाली फिल्मले पनि मल्टिप्लेक्स कब्जा गर्ने रहेछ ।' उता सिटी सेन्टरका अप्रेसन म्यानेजर राकेश श्रेष्ठले 'हल सञ्चालनमा आएको चार वर्षमा पहिलो पटक हिन्दीको शो घटाएर नेपाली फिल्म लगाएको' दाबी
गरे । सिटी सेन्टरले पनि अहिले 'डेढ इस्कियाँ' को शो घटाएर यसको तीन शो बढाएको छ ।
दिनेश डिसीको निर्देशन रहेको फिल्म उपत्यकाभित्र २२ र बाहिर ७० हलमा चलिरहेको छ । यसले दोस्रो साता पनि कुनै हल नगुमाएको उपत्यका बाहिरका वितरक नरेन्द्र महर्जनले दाबी गरे । प्रायः हिन्दी लाग्ने विराटनगरका हलमा समेत नेपाली चलिरहेको उनले जानकारी दिए । रोमान्टिक कमेडी यो फिल्म दीपकसँगै दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेका हुन् । यसमा नीता ढुंगाना, दीपक, जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे, सन्दीप छेत्री, शिवहरि पौडेल, राजबल्लभ कोइराला, नीर शाहलगायतले अभिनय गरेका छन् ।















.jpg)
.jpg)
.jpg)


