मराठी फिल्मलाई हिन्दीमा रिमेक गर्दै सलमान



सन् २०११ यूटिभीसँग मिलेर सलमान खानले बनाएको फिल्म ‘चिल्लर पार्टी’ ले नेशनल अवार्ड जित्न सफल भएको थियो । आठजना साना बालकले एक बेवारिसे कुकुर र अनाथ साथीका लागि शक्तिशाली र कुटिल राजनेतासँग भिँडेको कहानीमा आधारित थियो ‘चिल्लर पार्टी’ ।
बालबालिकामा केन्द्रीत भएको कथाकै कारण सलमानले यो फिल्मको कथा चुनेका थिए । यसपटक पनि सलमानको नयाँ फिल्मका लागि यस्तै कथा मिलेको बताइएको छ । हालै रितेश देशमुकको निर्माणमा बनिरहेको मराठी फिल्म ‘यैलो’ को पहिलो ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्मको ट्रेलरले दर्शक र पत्रकार मात्र होइन सलमान पनि प्रभावित भएका छन् ।
आफ्नो ब्यानर विइङ हृयूमन प्रोडक्शनमा उनी यो फिल्मलाई हिन्दीमा रिमेक गर्न इच्छुक भएका हुन् । उनी निकट सुत्रका अनुसार रितेशले यो फिल्मको ट्रेलर उनलाई देखाएका थिए । यो फिल्मको सम्वेदनशील कथाले सलमानन धेरै प्रभावित भएका थिए । फिल्म एक गम्भीर विषयमा बनेको हो । यो विशेष बच्चा, समाजको नजर र उनको तागतका बारेमा रहेको छ । सूत्रका अनुसार सलमानले रितेशसँग भनेका छन् कि उक पटक फिल्म पूरा भएपछि उनी यसलाई हेरेर आफ्नो व्यानरका लािग हिन्दीमा बनाउनेछन् ।
उनले भनेका छन् कि यो फिल्म हिन्दीमा बन्नुपर्छ, ताकि धेरै भन्दा धेरै दर्शकले देख्न सकुन् । उनलाई यसको प्रोमो यति धेरै मन पर्‍यो कि उनले ट्वीट पनि गर्न भ्याए । रितेश भन्दा पहिले मराठी फिल्मक बालक पालक मा पनि उनले रुचि देखाएका थिए । यो फिल्म अघिल्लो वर्ष रिलिज भएको थियो । यो टिनएजर्सबीच यौन शिक्षाको संवेदनशील विषयमा बनेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.