कमेडी नाइट्स विथ कपिल बन्द नहुने


कमेडी नाइट्स विद कपिल बन्द हुने हल्लाले चिन्तित दर्शकहरुलाई खुसीको खबर । कमेडी नाइट् विथ कपिल बन्द नुहने भएको छ । यस कुराको पुष्टि स्वयम् कपिल शर्माले गरेका हुन् ।
कपिलले फेसबुक र ट्वीटर दुबैमा लेखेका छन्,’चिन्ता नगर्नुस् साथीहरु यो केबल हल्ला मात्र हो ।’ तर पनि कपिलले शो को प्रसारणबारेमा केही पनि खुलाएका छैनन् । उनले कमेडी विथ कपिल हप्तामा एक पटक या दुई पटक प्रसारण हुनेबारेमा केही खुलाएका भने छैनन् ।
अघिल्लो हप्ता यो शोका निर्माता एमव् प्रस्तोता कपिल शर्माले अब सारा ध्यान आफ्नो फिल्मी करियरमा लगाउन चाहेको उल्लेख गरेका थिए । कपिलले यशराज फिल्मसँग तीनवटा फिल्म खेल्ने हस्ताक्षर गरेपछि त्यो कुरा बाहिर ल्याएका थिए ।
कपिलको पहिलो फिल्म ‘बैंक चोर’ अप्रिलम प्रदर्शनमा आउने तयारीमा छ । यस्तो अवस्थामा कमेडी नाइट्स विथ कपिल हप्तामा एक पटकमात्र प्रसारणमा आउने बताइएको छ ।
तर शो जबरजस्त हिट भएर टिआरपी बढेका कारण कलर्स च्यानल सञ्चालकहरु भने यो कुरा मान्ने अवस्थामा छैनन् । कपिल र च्यालनका बीच जारी विवादका बीच कपिलले शो बन्द गर्ने निर्णय लिएको कुरा सञ्चारमाध्यममा आएको थियो ।
उनले शो बन्द गर्ने निर्णय लिएको कुरा बाहिर आएपछि फ्यानहरुले सामाजिक सञ्जालबाट शो बन्द नगर्न चर्को दबाब दिएका थिए ।
अहिले त कपिलले सबै अफबाहलाई झुठो सावित गर्दै कमेडी विथ कपिल बन्द नहुने बताएर शोबाट भरपूर मनोरञ्जन लिन दर्शकलाई आग्रह गरेका छन् ।
कपिल शर्मा सन् २०१३ मा भारतका चर्चित सेलिब्रेटीमध्ये एकमा परेका थिए । फोब्र्स म्यागेजिनले उनलाई भारतका एक सय जना चर्चित सेलिब्रेटीमध्ये ९६ नम्बरमा राखेको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.