कट्रिना भन्छिन-रणवीरको बिहेमा म पनि नाच्छु


कट्रिना भन्छिन :-अझै २० बर्ष बिहे गर्दिन्
कट्रिना कैफलाई भाउजु भन्दै करिना कपुरले रणवीरको बिहेमा ‘शीलाकी जवानी’ र चिकनी चमेली’मा नाच्ने उद्घोष गरेपछि रणवीर-कैट सम्बन्धले औपचारिकता पाएको चर्चा सुरु भएको थियो ।

बिबाहको कुरा सार्वजनिक गरिदिएकोमा रणवीर पिता ऋषि कपुर निर्देशक करण जोहोर र करिनाससँग फायर भएको चर्चा चलिरहेका बेला कटि्रनाले भने दन्किएको आगोमा पानी खन्याउने कोसिस गरेकी छिन् ।

हालै मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफु पनि रणवीरको बिबाहमा नाच्न आतुर रहेको प्रतिक्रिया दिइन् । आफु अहिले पनि सिंगल भएको दावी गर्दै उनले आगामी २० बर्ष बिबाहको कुनै सम्भावना नरहेको बताइन् ।

करिना रणवीरको बिबाहमा तपाई नाचेकै गीतमा नाच्ने भनिन् नी भन्ने प्रश्नमा कटरिनाले भनिन- म पनि रणवीरको बिबाहमा बेसरमको गीतमा नाच्न चाहान्छु ।’ करिनाले भाउजु भनेको बिषयलाई भने उनले करिनाले ठट्टामात्र गरेको र रणवीर र आफुवीच त्यस्तो केही गम्भीर बिषय नरहेको भन्दै टारिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.