टेलिभिजनमा जया बच्चनको ‘कमब्याक’


अमिताभ बच्चन पत्नी जया बच्चन फेरि एकपटक टेलिभिजनमा आउने भएकी छिन् । तर, उनी यसपटक निर्माताका रुपमा हैन, अभिनेतृका रुपमा आउनेछिन् ।

सोनी टेलिभिजनमा प्रसारण हुने धारावाहिक ‘बसुन्धरा’मा जयाले मुख्य भूमिका निर्वाह गर्नेछिन् । गुजराती उपन्यासमा आधारित सिरियलमा उनी सिंगल प्यारेन्ट्सका रुपमा देखिने छिन् ।

पत्नीको कमब्याकबाट पति अमिताभ पनि निकै खुसी छन् । उनले भने- ‘उनी काम गर्न चाहिरहेकी थिइन, बसुन्धराबारे छलफल भयो, हामी दुवैको सल्लाहले ओके भन्यौं ।’

यसअघि जयाले सरस्वती अडियो भिजुअल कम्पनी स्थापना गरि धारावाहिक उत्पादन थालेकी थिइन् । उनले उत्पादन गरेको ‘देख भाई देख’ निकै हिट पनि भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.