फिल्म जुधेर हैरान सोनाक्षी


काठमाडौ, मंसिर २६ - कतिपय कलाकारका हातमा रिलिज फिल्म नभइरहेका बेला सोनाक्षी सिन्हालाई भने आफ्नै फिल्म जुधेर हैरान पर्न थालेको छ । ब्याक टु ब्याक हिट फिल्म दिने नायिका बनेकी सोनाक्षी अहिले फिल्मकर्मीकी लक्की एक्ट्रेस नै मानिन्छ । तर गएका साता रिलिज भएका उनका फिल्मले उनलाई खुसी कम तनाव ज्यादा दिएको छ । सैफअलि खानसँगको उनको 'बुलेट राजा' फ्लप भएलगत्तै अर्को साता 'आर राजकुमार' रिलिज भयो । साहिद कपुरसँगको फिल्मले भने अघिल्लो फिल्मको जस्तो लाजमर्दो अवस्था खेप्नुपरेन । व्यापारको पाटो आफ्नो ठाउँमा होला तर नायिका सोनाक्षीलाई भने दुई फिल्म लगालग रिलिज भएपछि प्रमोसनका लागि कुद्दा कुदै हैरानी भएको छ । अब उनको यो हैरानी झनै सास्तीमा बदलिने भएको छ । कारण, अबको पाँच महिनापछि मे १ मै उनका दुई फिल्म जुध्ने भएका छन् । लगातार दुई साता फिल्म रिलिज भएपछि त धपेडीमा परेकी २६ वषर्ीया सोनाक्षीलाई एकै दिन दुई फिल्म लाग्ने भएपछि कुनमा कति समय दिने भन्ने तालमेल मिलाउँदै समस्या आउने देखिएको छ । उक्त दिन उनको अक्षय कुमारसँगको 'होलिडे' र अजय देवगणसँगको 'एक्सन ज्याक्सन' फिल्मले रिलिज डेट घोषणा गरेका छन् ।

'दुवै फिल्म एकै दिन रिलिज हुने थाहा पाएर एकदम डिस्टर्ब भइरहेकी छु,' सोनाक्षीले खिन्नता प्रकट गर्दै भनेकी छन्, 'दुवै फिल्म आपसमा भिड्ने छन् । थाहा छैन, कसरी दुवै फिल्मको प्रमोसन एकै समयमा गर्न सक्छु  ।' उनले दुवै फिल्म आफ्ना लागि समान रूपले महत्त्वपूर्ण र ठूला भएको टिप्पणी गरेकी छन् । हुन पनि उनका दुवै नायकसँग यसअघिका फिल्म सुपरहिट भएका थिए ।

सलमान खानसँगको डेब्यु फिल्म 'दबंग' सफलतापछि सोनाक्षीले अक्षयसँगको 'राउडी राठौर' बाट पनि अत्यधिक सफलता चाखिन् । पछि उनै अक्षयसँगको 'जोकर' डब्बा भएको थियो ।

लगत्तै अक्षयसँगकै 'ओ माई गड' ले सोनाक्षीलाई सफल फिल्मको संख्या बढाइदियो भने अजयसँगको पहिलो फिल्म 'सन अफ सरदार' नै उल्लेख्य चल्न सकेन । फिल्म चले पनि 'हिम्मतवाला' मा उनी एउटा मात्रै गीतमा देखिएकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.