बिना अप्रेसन, बिना औषधी, जन्मिए तिम्ल्याहा



एक अमेरिकी दम्पत्तिले तीन बच्चा (ट्रिपल) लाई एकसाथ जन्म दिएका छन् । नर्दन क्यालिफोर्निया हस्पिटलका एक डाक्टरका अनुसार यो प्रसव नेचुरल तरिकाबाट भएको हो ।

यसमा दुलर्भ चमत्कार त के छ भने न त महिलाको अपरेशन गर्नुप¥यो न कुनै औषधी नै दिइयो । ट्रिपल हुने यस्तो दुर्लभ घटना १० लाखदेखि १ करोड प्रसुतिमा हुने बताइन्छ ।





ट्रिपल बच्चालाई जन्म दिने महिला हन्ना क्विन्सी सिटीमा बस्छिन । टम हेपनरले आफ्नो पत्नीलाई नर्दन क्यालिफोर्निया हस्पिटलमा लगेका थिए । हन्नाले दुई छोरा र एक छोरीलाई जन्म दिएकी छिन् ।

अस्पतालका अनुसार उनको छोरा एब्बीको तौल ३ पाउण्ड २ औंस, ब्रिनको तौल ३ पाउण्ड ११ औस र छोरी लारेलको तौल ४ पाउण्ड छ । अस्पतालका अधिकारीहरुका अनुसार बच्चाको सही रुपमा खान पिउन सक्ने नभएसम्म तीनै जनालाई अस्पतालमा राखिनेछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.