१२ किलो चरेस सहित पक्राउ


गुलरिया, मंसिर २५ - अञ्चल प्रहरी कार्यालय भेरीको विशेष टोली र बर्दिया प्रहरीको टोलीले सानोश्री गाविस-४ स्थित भिम बहादुर खत्रीलाई १२ किलो चरेस सहित पक्राउ गरेको छ । प्रहरीले खत्रीको घरमा खानतलाशी गर्दा चरेस बरामद भएको हो ।

सोमवार राति पक्राउ गरिएका खत्रीलाई मंगलवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । नेपालगन्जका एकजना साहुबाट खरिद गरिएको चरेशको मुल्य १२ हजार रहेको खत्रीले बताए । उनले  भारतीय बजारमा बेच्दा १० हजार भारुमा खरिद बिक्री हुने गरेको उनको भनाई छ । अञ्चल प्रहरी कार्यालयका प्रमुख मधु पुडासैनीले विशेष अभियान अन्तर्गत खत्रीलाई लागु औषध सहित पक्राउ गरेको जनाए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.