नेपालको फराकिलो जित


 'जर्नी टु वर्ल्डकप' प्रतियोगिता
काठमाडौ, मंसिर २१ - नेपालले सिंगापुरलाई २२७ रनको पराकिलो अन्तरले हराउँदै जर्नी टु वर्ल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३१३ रनको लक्ष्य दिएको थियो ।

नेपालले पूरा ४५ ओभर खेल्दै ५ विकेटको क्षतिमा सिंगापुरलाई ठूलो लक्ष्य पछ्याउने चुनौति दिएको थियो । नेपालका लागि शरद भेषवाकर शतक बनाउने मौकाबाट चुके । उनले ९१ रन मात्रै जोडे ।

नेपालका लागि सुबास खकुरेलले ७५ र अनिल मण्डलले ५६ रन जोडे । कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले ४८ रन बनाए । नियमित कप्तान पारस खड्का आजको खेलमा अनुपस्थित थिए ।

लक्ष्य पछ्याउदै व्याटिङ गरेको सिंगापुरमाथि नेपाली बलर हावी भए । सबै विकेट गुमाउँदा उसले ८६ रन मात्रै बटुल्न सक्यो ।

सिंबन्यो । नेपालका लागि सोमपाल कामी र आरके प्रधानले ३-३ विकेट लिए । बसन्त रेग्मी र जितेन्द्र मुखियाले २-२ विकेट लिए ।

आगामी बर्ष न्यूजील्याण्डमा हुने विश्वकप प्रतियोगिताको तयारीको लागि खेलाइएको प्रतियोगिताको फाइनल भोलि हुनेछ । नेपालले दिल्ली वाण्डरस र एयर ईण्डियाबीचको सेमीफाईनलको विजतेतासँग भोलि खेल्नेछ ।

यसअघि एयर ईण्डियालाई ५ विकेटले हराएको नेपाल दिल्ली वाण्डरससँग पराजित थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा जोरा ईन्टरनेशनलले आयोजना गरेको प्रतियोगितामा चार टिम सहभागी छन् ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.