रक्तचन्दन बरामद


सिन्धुपाल्चोक, मंसिर २९ - लुकाईछिपाई तिब्बतको खासातर्फ लैजाँदै गरेको अन्दाजी ३ सय किलो रक्त चन्दन  शुक्रबार राति सिन्धुपाल्चोकको बाह्रबिसे जंगलबाट बरामद गरिएको छ ।

इलाका प्रहरी बाह्रबिसेका निरीक्षक जयश्वर रिमालका अनुसार अरनीको राजमार्गबाट करिव ५ घण्टा पैदलपछि पुगिने स्थानीय चौरीखोर जंगलमा ११ वटा दवोरामा राखेको चन्दन राति १: ३० बजे बरामद भएको हो ।

 प्रहरीका अनुसार उक्त चन्दन लामालामा टुक्रा बनाएर जंगलको पहरामा लुकाएर राखेको अवस्थामा वेवारिसे अवस्थामा फेला परेको हो । साइटिस सन्धि अनुसार रक्तचन्दनको ओसारपसार र बेचबिखनलाई बन्देज गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.