दीपासँगको सम्बन्धलाई आत्मिय साथी भन्छन् दीपक


चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का दुई चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौला बिचको सम्बन्धलाई लिएर सधै नै चर्चा हुने गरेको छ । दीपा र दीपकलाई हुन नसकेका श्रीमान् श्रीमती भन्नेहरुको पनि यहाँ कमी छैन ।तर दीपक यस्तो हल्लाको पछि नलाग्ने बताउँछन् । सम्बन्धलाई जे जस्तो अर्थ दिएपनि हुने तर्क राख्दै उनले दीपालाई आफ्नो आत्मिय साथीको परिचय दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले दीपाले बिहेको प्रस्ताव राखे अस्विकार गर्ने बताएका छन् । ठट्यौली पारामा दिपकले भने, ‘एउटै श्रीमती पाल्न त यती गाह्रो भएको अवस्थामा अर्को ल्याउने भन्ने त कुरा नै हुदैन ।’

दीपकले आफूले अरुको आखामा आँशु देख्न नसक्ने बताउँदै यसै कारणले हाँस्य सिरियल निर्माण गरेको बताएका छन् । दीपक र दीपाले अर्का कलाकार निर्मल शर्मासँग मिलेर बनाएको चलचित्र ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । अहिले यो टोली यसैको प्रचारको लागि दौडधुप गरिरहेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.