आमिरको ‘धुम ३’ हेर्न ९ सय तिनुपर्ने, नेपालमा २ करोडमा किनियो


बलिउडमा चर्चित मानिएका स्टारहरुको सिनेमा हेर्न दर्शकले भारी रकम चुकाउनु परेको छ । साहरुख खान, सलमान खानको सिनेमाको टिकट दर सधै नै उच्च हुने गरेको छ । यसैबिच भारतको बक्स अफिसमा एक पछि अर्को सिनेमा असफल भैरहेको समयमा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र ‘धुम ३’ हेर्नका लागि दर्शकले महंगो रकम तिर्नुपर्ने भएको छ ।

यो चलचित्रको टिकट दर मल्टीप्लेक्सहरुमा ९ सय सम्म पुर्‍याएको बताइएको छ । आमिर खान र ‘धुम ३’ प्रति दर्शकको उत्साह देखेर भारतका मल्टिप्लेक्स मालिकहरुले टिकट दर ह्वात्तै बढाएका हुन् । चलचित्रको बिहानी शो हेर्न ५ सय सम्म र अन्य शो हेर्न ९ सय सम्मको टिकट काट्नु पर्ने भएको छ । चलचित्रको एडभान्स बुकिङ निक्कै राम्रो भएकाले पनि विकेन्डमै १ सय करोड कमाउने आशा गरिएको छ ।

यसैबिच नेपालमा भने ‘धुम ३’ को अधिकार गोपिकृष्णले किनेको छ । श्रोतका अनुसार गोपिकृष्णले २ करोडमा यसको अधिकार किनेको हो । यसअघि साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ नेपालमा करिब ८० लाखको हारहारीमा किनिएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.