दलहरुबीच सहमति जुटेन


काठमाडौ, मंसिर २९ - निर्वाचनमा धाँदली भएको भन्दै एमाओवादी सहित केही दलले माग गरिरहेको उच्च स्तरीय छानविन आयोग गठन गर्ने/ नगर्ने विषयमा दलहरु आ-आफ्नो अडानमा कायम रहेपछि शनिबार बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठक निष्कर्षविहीन भएको छ ।

बबरमहलस्थित शान्ति सचिवालय कोषको कार्यालयमा बसेको समिति बैठकमा एमाओवादी र मधेसी दलको मागप्रति कांग्रेस-एमाले सहमत हुन नसकेपछि बैठक निष्कर्षविहीन भएको हो । समिति बैठक भोलि(आईतबार) अपरान्ह ४ बजेलाई पुनः बोलाइएको छ ।

कांग्रेस र एमालेले संसदीय समिति बनाउन सकिने प्रस्ताव गरेको छ । तर, एमाओवादी भने संविधानसभाले पूर्णता पाउनु पूर्व नै छानविन समिति गठनको अडानमा रहेको छ । आफूहरुको माग पूरा नभए एमाओवादी सहित केही मधेसी दलले समानुपातिक सूचीबाट उम्मेदवार हुनेहरुको नाम निर्वाचन आयोगमा नबुझाउने भन्दै आएको छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.