दिपीकालाई दुवै हातमा लड्डु


पुस ७ - अंग्रेजी क्यालेन्डरले वर्ष २०१३ लाई बाई-बाई गर्न एक साता मात्रै बाँकी छ । त्यसैले पनि विदेशमा विभिन्न शीर्षकमा रहेर वर्ष समीक्षाहरू आउने क्रम सुरु भएको छ । बलिउड समाचार र गसिप सम्बन्धी एक अनलाइन अपुनका च्वाइस डटकमले आफ्ना भिजिटरसँग रुचाइएको उत्कृष्ट नायिकाको सर्वेक्ष्ाण गरेको थियो । जसमा सात नायिकाले मात्रै मत

पाएका छन् ।

झन्डै तीन हजारले सहभागिता जनाएको उक्त सर्वेक्षणमा दिपीका पादुकोणले सबैलाई उछिन्दै रुचाइएकी नायिका बनेकी छन् । दिपीकाका यस वर्ष आएका तिनै फिल्मले बक्सअफिसमा सय करोड क्लब ज्वाइन गरेका थिए । जसमा शाहरुख खानसँगको 'चेन्नाई एक्सप्रेस', रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' र रणवीर सिंहसँगको 'राम-लीला'

छन् । 'बम्बे टाकिज' भने उनको एक गीतमा मात्रै उपस्थिति थियो । प्रेमी रणवीर कपुरसँगको ब्रेकअपपछि भने उनको भाग्य खुलेको छ । दिपीकालाई ४२ प्रतिशतले आफ्नो रुचिको नायिकाको लागि भोट हालेका हुन् । उता, वर्षभर दुई फिल्म र त्यो पनि सुपरफ्लप फिल्म मात्रै दिएर पनि करिना कपुरले दिपीकालाई कडा टक्कर दिएकी छन् ।

सूचीमा दोस्रो भए पनि उनी दिपीकाभन्दा दुई प्रतिशत मतले मात्रै पछि परेकी छन् । जब कि करिनाका दुवै फिल्म 'सत्याग्रह' र 'गोरी तेरे प्यार मै' दुवै फिल्मले हावा खाएका थिए भने 'बम्बे टाकिज'ले मात्रै उनलाई केही राहत दिएको थियो ।

नायक सैफ अली खानलाई पति बनाएपछि पनि उनलाई रुचाउने फ्यानमा यो वर्ष कमी आएको देखिएन ।

दिपीका र करिनाले नै ८२ प्रतिशत मतमा कब्जा जमाएपछि बाँकी नायिकाले दोहोरो अंकसमेत जोड्न पाएनन् । समीक्षकको नजरमा रुचाइएको 'द लन्चबक्स' की निम्रत कौर र वर्षको सफल लभस्टोरी फिल्म 'आशिकी २' की श्रद्धा कपुरले समान सात प्रतिशत मत पाएका थिए भने 'रांझणा' र 'भाग मिल्खा भाग' की सोनाम कपुर तथा 'लुटेरा'की सोनाक्षी सिन्हाले पनि फ्यानको मन जित्न सकेनन् । दुवैले समान दुई प्रतिशत मतमा चित्त बुझाए । फिल्म 'बीए पास' की नायिका शिल्पा शुक्लाले एक प्रतिशत मात्रै मत पाएर सूचीमा आफूलाई देखाउन मात्रै सकिन् ।

उता, सोही अनलाइनले गरिरहेको हट अनस्त्रिmन जोडीमा पनि दिपीकाले नै बाजी मारेकी छन् । नायक रणवीर सिंहसँगको 'राम-लीला' जोडी र शाहरुखसँगको 'चेन्नाई एक्सप्रेस' जोडी दुवैलाई अत्यधिक रुचाइएको छ । अनलाइन सर्वेक्षण जारी रहँदा 'चेन्नाई एक्सप्रेस' को शाखरुखसँगको उनको अनस्त्रिmन जोडीलाई २७ प्रतिशतले सर्वाधिक हट मानेका छन् । रणवीरसँगको जोडीले पनि २६ प्रतिशत मत पाउँदै पहिलो स्थानको लागि प्रतिस्पर्धा बढाएको

छ । तेस्रो हट जोडीमा भने 'आशिकी २' का जोडी आदित्यरोय कपुर र श्रद्धा कपुरले १८ प्रतिशत मत पाइसकेका छन् ।

त्यसबाहेक दिपीकाकै रणवीर कपुरसँगको 'ए जवानी है दिवानी' जोडीलाई १३ प्रतिशतले हट मानेका छन् भने 'रांझणा' जोडी सोनाम कपुर र धनुषलाई ४ प्रतिशतले

मात्रै । रणवीर सिंहलाई दिपीकासँग रुचाएका फ्यानले 'लुटेरा' की सोनाक्षी सिन्हासँग भने

एक प्रतिशत मात्रै भोट दिएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.