कांक्रा खाँदा के – के फाइदा ?


सागसब्जीहरुमध्ये कांक्राको खेती धेरै स्थानमा हुन्छ । यो धेरै खेती हुने तरकारीमा चौथो नम्बरमा पर्छ । स्वास्थ्यका आधारमा पनि यो लाभदायक भोजन हो । कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।

कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।

दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ ।

कांक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।

यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मदत गर्छ ।

नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.