'यस्तो पिडा कसैलाई नपरोस्'


सुशीलको क्षणिक खुसी
काठमाडौ, पुस ५ - मंसिर १७ गते । सोमबार । बेलुको समय । क्षेत्रपार्टीस्थिन राजस्थान होटलको लर्बीमा थिए, नवलपरासी मुकुन्दपुर-५ का सुशिल कडेंल ।

उनी कम्प्युटरमा नेट चलाउँदै थिए । त्यहि बेलामा यी १६ वर्षीय युवा क्रिकेटको समाचार पढें ।

त्यो समाचार थियो, यूएईमा डिसेम्बर २८ देखि ४ जनवरीसम्म हुने यू-१९ एसिया कप क्रिकेटको १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक भएको । त्यहि प्रतियोगिताका लागि नेपाली यू-१९ टिमको बन्द सत्रमा बसेका क्षेत्र नम्बर-८ पोखराका खेलाडी सुसिलले आफ्नो नाम पनि १५ भित्र नै अटाएको देखें ।

सिनियर दाई अमित श्रेष्ठसँगै रहेका स्पिनर सुसिल निकै खुसी भए । 'किनकी म पहिलो पल्ट राष्ट्रिय टिममा परेको थिए, त्यो भन्दा खुसीको कुरा के हुन सक्छ र,' बिहीबार घर फर्केका सुसिलले कान्तिपुरसँग भने ।

तर उनको त्यो खुसी केहि बेर पनि टिक्न सकेन । टिममा परेको थाहा भए लगतै उनी होटलबाट निस्किए र अमित र आफूलाई दुईटा जुस किने । जुससँगै दुई चक्लेट पनि फिर्ता आए । सुसिलले चकलेट खाए ।

 'त्यो सिधै स्वास नलीमा गएर अडकयो,' सुसिल भन्छन्,'त्यो निकाल्नका लागि होटलमा अरूले सहयोग गरे । तर केही बढी घाटीमा जोड लागेछ ।' एकै क्षणको खुसी दुःखमा बदल्नुलाई उनले ब्याड-लकको संज्ञा दिए । 'यसमा कसैको पनि गल्ती छैन । सबैले सहयोग गर्न खोजेका हुन्,' उनले भने,'तर मेरै भाग्य साथ दिएन ।'

काठमाडौंको ग्रान्डी अस्पतालमा दुई साताको उपचारपछि उनी घर फर्किएका हुन् । उनलाई नेपाल क्रिकेट संघ -क्यान) मा आबद्ध डाक्टर श्रील भगत र ग्रान्डीका डाक्टर व्यापक पौडेलले करिब दुई महिनाको आराम गर्न भनेका छन् ।

 'आराम पछि म फेरि क्रिकेटमा र्फकने छु,' सुसिलले आत्मविश्वासका साथ भन्छन्,'मैले हार खाएको छैन । यस पल्ट भाग्यले साथ दिएन । तर मेरो अर्को यू-१९ खेल्ने उमेर छ । फेरि मिहिनेत गरेर टिममा र्फकने छु ।'

सुसिलको स्थानमा मिडियम पेस बलर राहुल प्रताव सिंहलाई राख्न लागेको टिमका प्रशिक्षक जंगबहादुर थापाले बताए । उनले सुसिल राम्रो खेलाडी रहेको उल्लेख गर्दै भने,'त्यो घटना उसको लागि दुर्भाग्य पूर्ण रह्यो । तर सानो भए पनि उ बहादुर र सकारात्मक सोचको रहेछ । सर फेरि अर्को पल्ट टिममा खेल्छु भन्दै गयो ।' उनले थपे,'यस्तो पिडा कसैलाई पनि नपरोस् ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.