तीन दलको बैठक जारी


एमाओवादीलाई सहमतिमा ल्याउने प्रयास
काठमाडौ, मंसिर २५ - कांग्रेसको पहलमा मंगलबार बिहान तीन दलको बैठक बसेको छ । बबरमहलस्थित शान्ति कोष कार्यालयमा बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरु सहभागी छन् । एमाओवादीलाई सहमतिमा ल्याउने प्रयास गर्न बैठक राखिएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । 'संविधानसभालाई चाँडै पूर्णता दिएर बैठक बोलाई सबै समस्या त्यहींभित्र समाधान खोज्ने गरी छलफल गरी समाधान खोज्ने प्रयास गरिदैंछ,' उनले भने ।

एमाओवादीले भने संविधानसभा बैठकअघि नै आफूहरूले उठाएको माग पूरा हुनुपर्ने बताउँदै आएको छ । निर्वाचनमा धाँधली भएको भन्दै त्यसको स्वतन्त्र आयोग गठन हुनुपर्ने उसको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.