पाकिस्तान समूह ‘बी’को तेस्रो स्थानमा

२३ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डक वर्थ लुइसको आधारमा २९ रनले हराएको छ । पानीले प्रभाबित खेल ४७ ओभरमा छोटाइएको थियो । पाकिस्तान २ बल अघि ४६.४ ओभरमै २२२ रनमा समेटियो । उसका लागि कप्तान मिस्बाह उल हकले सर्बाधिक ५६ रन जोडे । त्यस्तै ओपनर सरफराज अहमदले ४९ र यूनुस खानले ३७ रन बनाए । अफ्रिकाका डेल स्टेनले ३ तथा कायल अबोट र मोर्ने मोर्कलले समान २-२ विकेट लिए । २२३ रनको लक्ष्य पछ्याएको अफ्रिका ३३.३ ओभरमै २०२ रनमा समेटियो । उसका लागि पनि कप्तान एबि डिभिलियर्सले सर्बाधिक ७७ रनको योगदान दिए । ५८ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ओपनर हसिम अमलाले ३८ रन बनाए पनि अन्य ब्याट्म्यानहरुको प्रदर्शन राम्रो रहेन । पाकिस्तानका पेस बलरहरु मोहम्मद इरफान, वहाब रियाज र राहत अलिले समान ३-३ विकेट लिए । जितसँगै पाकिस्तानले ५ खेलबाट ६ अंक जोडेको छ । र, उ समुह ‘बी’को तेस्रो स्थानमा उक्लिएको छ । समान खेल र अंक भएको अफ्रिका दोस्रो स्थानमा छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.