हड्डी सम्वन्धी बिरामीलाई डाक्टरहरु ‘भिटामिन डी’को चक्की खान सल्लाह दिन्छन् । बच्चा, महिला र बृद्धबृद्धालाई भिटामिन डी पूरक आहारको रुपमा खान सल्लाह दिइन्छ ।
तर, एक अध्ययनले देखाएको छ कि स्वस्थ्य युवामा भिटिमन डीले कुनै खास असर गर्दैन । मेडिकल जर्नल लन्सेन्टमा प्रकाशित अध्ययन अनुसार १०० परीक्षणका क्रममा भिटामिन डीको चक्कीले स्वास्थ्य सम्वन्धी खतरामा कुनै कमी नल्याएको पाइएको छ ।
न्यूजिल्याण्डको अकल्याण्ड विश्वविद्यालयका अध्ययनकर्ताहरुको एक टोलीले यसअघि गरेको परीक्षणको मेटा-एलालाइसिसमा बोन मिनिरल डेन्सिटीमा भिटामिन डीको खास प्रभाव रहेको देखिएको थियो ।
अध्ययनकर्ताहरुका अनुसार हृदयरोग, हृदयघात, क्यान्सर र हड्डी भाच्चिएको सापेक्षिक खतरामा भिटामिन डीले निकै कम अर्थात १५ प्रतिशत मात्रै प्रभाव पार्छ । क्याल्सियमसँग भिटामिन डीको प्रयोग एक स्वस्थ व्यक्तिमा खतरा कम गर्दैन् ।
शोधका अनुसार क्याल्सियम समेत वा यो बिना भिटामिन डीको प्रयोग मृत्युको खतरा कम गर्नेमा शंका छ । रिर्पोटमा भनिएको छ-हाम्रो निष्कर्ष अनुसार मांसपेशी र मुटुसम्वन्धी विमारी, क्यान्सर, फ्र्राक्चर वा मृत्युको खतरा काम गर्न भिटामिन डी सेवनको सल्लाह दिनु राम्रो मान्न सकिदैन ।’
शहरी जीवनशैलीले गर्दा तौल बढिरहेको छ र यसले स्वभाविकरुपमा मानिसहरुलाई कसरी तौल घटाउने भन्ने चिन्तामा पारिरहेको छ ।
तौल घटाउने उपायस्वरुप धेरै मानिसहरु भोकै बस्ने गरेका छन् । तर, हालै सार्वजनिक भएको एक अध्ययनले भोको बस्दैमा तौल नघट्ने निष्र्कष निकालेको छ ।
अध्ययनहरुका अनुसार धेरै पटक तर थोरै–थोरै खोनेहरुभन्दा ब्रेकफास्ट नखाने वा कम खाने मानिसहरु धेरै मोटो हुन्छन् ।
चिकित्सकहरुका अनुसार मानिसहरु भोकै बसेर खाँदा आवश्यकताभन्दा बढी खान्छन् । पटक–पटक तर, थोरै खानाले शरीरलाई आवश्यक पर्ने इजर्नी पुग्छ । तर, यसरी खाँदा पनि फ्याट तथा क्यालोरी कम भएका खानेकुरा खानुपर्छ ।
वजन घटाउनका लागि मानिसहरु कहिले काहीँ हाइ प्रोटिन र लो काबोहाइट लिन्छन्, जव कि हामीले सँधै ब्यालेन्स डाइट लिनु पर्ने हुन्छ । जसमा कार्बोहाइट, प्रोटिन, फ्याट, मिनिरल्स आदि सही मात्रमा हुनुपर्छ । हाइ प्रोटिन भएको बस्तुहरु मासु, अण्डा, दाल मात्र खानु राम्रो होइन । यदि खानामा अन्नसँगै फल र सब्जी नहुने हो भने फाइबर कम हुन्छ र कब्जियतको समस्या आउनसक्छ । लो कार्बोहाइड्रेट र हाइ प्रोटिनले थकान समेत सहसुस हुन्छ ।
यो पनि गलत हो कि वजन कम गर्न डेरी प्रोडक्टहरु खान पूर्ण रुपमा बन्द गर्नुपर्छ । यसले शरिरलाई प्रोटिन दिन्छ, जसले शरीरमा हुने टुटफुटलाई रिपेयर गर्न समत गर्छ । यो पाचनमा पनि सहयोगी हुन्छ । दुधमा क्याल्सियम हुन्छ र यसले हड्डी मजबूत बनाउँछ । यदि तौल कम गर्नुछ भने फुल क्रिमको सट्टा फ्याट फ्रि दुध पिउन सकिन्छ ।
अंगुरको सिजन सुरु भएको छ । अंगुरको नियमित सेवनका अनेक फाइदा छन् । यसले तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ । आज हामी तपाईहरुलाई अंगुर खाँदा हुने नौं फाइदाबारे जानकारी दिादैछौं ।
१) अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर मात्रामा हुन्छ जुन अल्जाइमर्स रोगमा लाभदायी हुन्छ ।
२) अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ । अंगुर भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ । यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिमा छुटकारा पाउन सकिन्छ ।
३) अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, कोरोनरी डिजिज, अल्जाइमर्स, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।
४) रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।
५) अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
-६) हृदयघातबाट जोगिन एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर खाएमा फाइदा पुग्छ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न दिँदैन ।
७) घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ । अंगुृरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या हल हुन्छ ।
८) एसिडिटी र बान्ता आउने समस्यामा नुन र मरिच घोलेर अंगुर जुस खाएमा फाइदा पुग्छ ।
९) पेटको गर्मी शान्त पार्न राति २० दाना अंगुर पानीमा भिजाउने र बिहान त्यसको रसमा सखर मिसाएर खाएमा आराम हुन्छ । तर पेट खाली भएको अवस्था चाहिन्छ । साथै, भोजनपछि अंगुरको जुस खाने गर्नाले रगत बढाउन सहयोग हुन्छ । पेटको वायु नियन्त्रणमा पनि सहयोग पुग्छ ।
काठमाडौ, माघ ७ - केही मेडिकल कलेजहरूले उभ्याएका नक्कली चिकित्सक (खडेबाबा) हरूको विवरण नेपाल मेडिकल काउन्सिलको अनुगमन प्रतिवेदनमा सुरक्षित रहेको फेला परेको छ । छानबिन भए पोल खुल्ने डरले केही पूर्वपदाधिकारीहरूले फाइल लुकाउन काउन्सिलका कर्मचारीहरूलाई दबाब दिन थालेका छन् ।
काउन्सिल स्रोतका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन नियुक्त काउन्सिलका पूर्वउपाध्यक्ष डा. शशि शर्मालगायतले फाइलमा रहेका 'खडेबाबा' का रूपमा चिनिने नक्कली डाक्टरहरूको तस्बिर लुकाउन दबाब दिएका छन् । तीमध्येका केही विवरण भने छानबिनका क्रममा अख्तियारमा पुगेको छ ।
'सबै फाइल हेर्ने हो भने भारतका डाक्टरको कागजात पेस गरी एप्रोन लगाएका नक्कली डाक्टरहरूको सबै भेद खुल्छ र स्थलगत अनुगमनमा जाने चिकित्सकहरू सोझै कारबाहीमा पर्छन्,' काउन्सिल स्रोतले भन्यो, 'निरीक्षणका क्रममा कलेजको अगाडि उभिएर फाइलमा पेस गरिएको फोटो रेकर्डमा सुरक्षित रहेकाले संलग्नहरू चलखेलमा लागेका छन् ।'
उनका अनुसार फाइलबाट फोटो हटाएर वैदेशिक रोजगार विभागमा फाइल नै गायब बनाइएजस्तै घटना काउन्सिलमा पनि दोहोरिन सक्ने देखिएको छ । ७७ जनालाई वैदेशिक रोजगारमा पठाउने क्रममा तयार पारिएको फर्जी फाइल गायब गरेपछि ३० भन्दा बढी कर्मचारीले अहिले भ्रष्टाचार मुद्दाको सामना गरिरहेका छन् ।
मेडिकल काउन्सिलका अध्यक्ष दामोदर गजुरेलका अनुसार 'खडेबाबा' हरूको फाइल अख्तियारले मगाएर लगेको छ । 'छानबिनका क्रममा आवश्यक भएकाले अनुसन्धानका लागि केही फाइल अख्तियारले लगेको छ,' उनले भने, 'पूर्वपदाधिकारीहरूले गरेको कामकारबाहीबारे छानबिन भइरहेकाले हामीले यसबारे बोल्नु उचित हुँदैन ।'
मेडिकल कलेजको सम्बन्धन र पूर्वाधारबारे छानबिन भइरहेको उल्लेख गर्दै अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अहिले नै यसबारे अरू कुरा भन्न नमिल्ने बताए ।
काउन्सिल स्रोतका अनुसार छानबिन भए काउन्सिलका तत्कालीन उपाध्यक्ष डा. शशि शर्मासहित चिकित्सकहरू अनिलकुमार झा, दामोदर पोख्रेल, एई अन्सारी, नीरज पन्त, सुबोध अधिकारीलगायत तत्कालिन पदाधिकारीहरूले मेडिकल कलेजहरूको प्राज्ञिक पूर्वाधारको पक्ष लत्याउँदै 'खडेबाबा' को संरक्षण गरेको आरोपको सामना गर्नुपर्ने छ ।
यीमध्ये केहीलाई छानबिनका क्रममा अख्तियारले बयान लिने र स्पष्टीकरण सोध्ने गरिसकेको छ । निरीक्षणका क्रममा फोटो र अन्तर्वार्ता अनिवार्य लिनुपर्ने र त्यसलाई फाइलमा समावेश गर्नुपर्ने भएकाले फर्जी काममा संलग्न सबैको प्रमाण काउन्सिलबाट अख्तियार पुगेको हो ।
नक्कली चिकित्सक प्रयोग गरिएको वास्तविकता स्पष्ट जानकारी हुने अवस्था हुँदाहुँदै पनि काउन्सिलका पदाधिकारीहरूले पद दुरुपयोग गरी आँखा चिम्लिएर सबै विवरण पारित गरिदिएका थिए । मेडिकल काउन्सिलका पूर्वउपाध्यक्षसमेत रहेका डिन शर्माको पालामा कलेज अफ मेडिकल साइन्सेज, नोबेल मेडिकललगायतमा पर्याप्त नक्कली चिकित्सकका आधारमा विद्यार्थी कोटा बढाइएको थियो ।
यसैगरी काठमाडौं नेसनल मेडिकल कलेजले पनि वीरगन्जको नेसनल मेडिकल कलेजका सबै अध्यापकलाई काठमाडौंमा ल्याएर आफ्ना चिकित्सक भन्दै देखाएको थियो । कल्याणकारी कोषबाट नाफामुखी मेडिकल कलेज सञ्चालनको तयारी गरेको नेपाल प्रहरीले समेत स्वीकृति नलिएका चिकित्सकलाई भारतको पटनाबाट झिकाई निरीक्षणको क्रममा प्रयोग गरेको थियो ।
विवादित मेडिकल सम्बन्धन प्रकरणका विभिन्न छानबिनले पनि काउन्सिलका पदाधिकारीले 'खडेबाबा' लाई संरक्षण गरेको उल्लेख गरेका छन् । गतवर्ष स्वास्थ्य मन्त्रालयको छानबिनले 'निरीक्षणमा नक्कली फ्याकल्टीहरूलाई पहिचान गरेर कारबाही गर्न नसक्नु' लाई मिलेमतो ठहर्याएको छ ।
चितवन, माघ ६ - सधैं बिरामीको भीड हुने भरतपुर सरकारी अस्पताल आइतबार सुनसान देखिन्थ्यो । अस्पताल परिसरको चौतारोमा बसेर एक दम्पती विलौना गर्दै थिए । बारा सिगौलबाट आएका ६५ वषर्ीय चक्रमान भुजेल चियामा पाउरोटी चोप्दै श्रीमती विष्णुमायासँग पीडा बाँड्दै खाइरहेका थिए । उनको अनुहार सेतो र फुस्रो देखिन्थ्यो । छेउमा ओढ्ने ओछ्याउनेको पोको थियो । 'अस्पताल बन्द भएको थाहा थिएन,' विष्णुमायाले निराश हुँदै भनिन्, 'अब बुढालाई कता लगेर उपचार गर्ने ? लडेपछि उठ्न सक्दैनन् ।'
उनले ५ हजार ऋण गरेर श्रीमान्लाई उपचार गर्न अस्पताल ल्याएको बताइन् । चक्रमानको दिसाबाट रगत बग्छ । दिनहुँ रगत बग्नाले उनको स्वास्थ्य कमजोर बन्दै गएको
छ । 'वीरगन्जमा लगे, उपचार भएन,' उनले भनिन्, 'चितवनमा राम्रो उपचार होला भनेर आएका थियौं, डाक्टरले उपचार गरिदिएनन् ।' उनले श्रीमान्लाई छिनछिनमा दिसा लाग्ने र दिसामा रगत जाँदा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइन् ।
सरकारी अस्पतालमा सस्तोका लागि आए पनि उपचार नपाउँदा समस्या बेहोर्नु परेको बिरामीले बताए । उनी मात्र होइन । अस्पतालमा आउने नयाँ बिरामीले भर्ना हुन पाएनन् । कति बिरामी अस्पतालको सूचना पढेरै फर्किए । लेखपढ गर्न नजानेका बिरामी भने अस्पतालमा चिकित्सकलाई कुरेर बसिरहेका देखिन्थे । अस्पताल प्रशासनले मूल गेटमा ठूला अक्षर सहित सूचना लेखेर सेवा बन्द भएको जानकारी गराएको थियो ।
सूचनामा नेपाल चिकित्सक संघद्वारा माघ ५ गतेदेखि बिहान ६ बजेबाट 'इमर्जेन्सी र इन्डोर' बाहेकका सेवा बन्द गरिएको भन्दै सूचना टाँसिएको थियो । अस्पतालको इमर्जेन्सी कक्षमा बिरामीको संख्या कम थियो । चिकित्सक अस्पतालमा देखिएनन् । सरकारी अस्पतालमा काम गर्ने अधिकांश चिकित्सक निजी अस्पतालमा देखिन्थे । 'सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई आन्दोलन बहाना बन्यो,' एक चिकित्सकले भने, 'सरकारीमा सेवा ठप्प पारेर निजीमा गई काम गर्ने मौका
पाएका छन् ।'
चिकित्सक संघ अध्यक्ष कृष्णप्रसाद पौडेल रत्ननगर अस्पतालका मेशु हुन् । तर उनी साढे ४ बजे भरतपुर सामुदायिक अस्पतालमा थिए । त्यस्तै भरतपुर सरकारी अस्पतालका स्त्री तथा प्रसूति विभागका सुनिलमणि पोखरेल निजी अस्पतालमा भेटिए । उनी भरतपुर सामुदायिक अस्पतालमा बिरामी जाँच्दै थिए । निजी अस्पतालको गेटमा भने अनशनमा बसेका डा.गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै १२ बजेसम्म पेन डाउन गरी अस्पतालको ओपीडी सेवा बन्द गरिएको सूचना टाँसिएको थियो । १२ बजेपछि निजी अस्पतालमा उपचार सेवा सुरु गरियो ।
सरकारीमा उपचार नपाएका बिरामी बाध्य भएर निजी अस्पतालमा महँगो रकम तिरेर उपचार गर्न बाध्य बने । 'बाध्य भएर अस्पताल बन्द गरी आन्दोलनमा उत्रिएका हौं,' संघ जिल्ला अध्यक्ष पौडेलले भने, 'माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।' उनले निजी अस्पतालका चिकित्सकलाई थाहा नभएर १२ बजेपछि सेवा सुरु गरे पनि पछि बन्द गरेको दाबी गरे । अधिकांश निजी अस्पतालमा भने दिनभर सेवा सुचारु थियो । उता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत बिरामीले उपचार सेवा पाएनन् ।
त्यहाँका चिकित्सक निजी अस्पतालमा पुगेका थिए । अस्पताल परिसरमा बिरामी अलपत्र देखिन्थे । टाढाटाढाबाट आएका बिरामी अचानक अस्पताल बन्दको सूचनाले निराश हँुदै घर र्फकन बाध्य थिए । चितवनमा २३ निजी र ४ वटा सरकारी अस्पताल छन् । यहाँ उपचारका लागि दैनिक १ हजार ७ सयभन्दा बिरामी आउँछन् । भरतपुर सरकारी अस्पतालमा दैनिक २ सय र क्यान्सर अस्पतालमा ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । मुलुकका विभिन्न स्थान तथा भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका भए पनि अचानक अस्पतालमा उपचार सेवा बन्द हुँदा मारमा परेका हुन् ।
त्यसैगरी आइतबार मकवानपुरको एकमात्र हेटांैडा अस्पतालको स्वास्थ्य सेवा आइतबार मध्याह्नबाट अवरुद्ध भयो । आकस्मिक सेवावाहेक अन्य सेवाहरू अस्पतालका चिकित्सकले बन्द गरेका हुन् । संघले आह्वान गरेअनुरूपमा अस्पतालका सेवा आइतबार दिउँसोदेखि बन्द गरेको अस्पतालका प्रमुख डा. हरिबहादुर खड्काले बताए । सर्लाहीमा पनि जिल्ला अस्पतालको बहिरङ सेवा बन्द रहयो । इमर्जेन्सी सेवा भने सुचारु छ । अस्पतालमा चालु परिवार नियोजन शिविर बन्द भएको
छैन । बिरामी आउने जाने भइरहेको र व्यावहारिकता हेरी सेवा दिएको अस्पतालका एक चिकित्सकले बताए ।
कपिलवस्तुमा सञ्चालन
चिकित्सक संघले आइतबार मुलुक भरका स्वास्थ्य संस्था बन्द गर्न आह्वान गरे पनि कपिलवस्तुका २ अस्पताल खुले । सदरमुकामको तौलिहवा र बहादुरगन्जको शिवराज अस्पताल नियमित रूपमा सञ्चालन रहेको थियो ।
बन्दको सूचना कतैबाट पनि नआएकाले अस्पताल सदाजस्तै सञ्चालनमा रहेको अस्पताल स्रोत भन्यो । सोधखोज नगर्दा सञ्चालन गरिएको तौलिहवा अस्पतालकाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनन्त शर्माले बताए ।
रोग र मृत्युले भेदभाव गर्दैन भन्ने उक्ति गलत रहेछ । इजरायलमा गरिएको एक अनुसन्धानले हृदयघातबाट धनीभन्दा गरिबको शारीरिक अवस्था कमजोर हुने तथ्य औंल्याएको छ ।
तेल अबिब युनिभर्सिटी, सेकुलर फ्याकल्टी अफ मेडिसिन, सार्वजनिक स्वास्थ्य विद्यालयका शोधार्थीले यो तथ्य पत्तो लगाएका हुन् ।
अध्ययन टोलीका अगुवा विकी मेयर्स भन्छन्, ‘सामाजिक-आर्थिक अवस्थाको आधारमा धनी र गरीबवीच हृदयघातले पार्ने असरको भिन्नता देख्यौं ।’ सहकर्मी प्राध्यापक येरिब गर्बरसहितको टोलीले सो अनुसन्धान गरेको थियो ।
हृदयघातले सिर्जना गर्ने प्रतिकूल असरबारे ४० भन्दा बढी प्रश्नावलीमा केन्द्रीत रही अनुसन्धान गरिएको थियो । मध्यइजरायलका एक हजार १ सय ५१ जनालाई प्रश्नावली सोधिएको थियो । अनुसन्धानमा सहभागी उत्तरदाता १० देखि १३ वर्षसम्म हृदयघातले सताइएका थिए ।
सर्वेक्षणका अनुसार हृदयघातले सताएपछि ३५ प्रतिशत रोगीको शारीरिक अवस्था कमजोर हुने देखिएको थियो । इन्टरनेशनल जर्नल अफ कार्डियोलोजीमा समेत प्रकाशित सो शोधपत्रका अनुसार रोगीहरु आर्थिक, सामाजिक, अल्पशिक्षा र बेरोजगारीजस्ता कारणले सताउने गरेका छन् । ‘गरिबी र सचेतनाको अभावले हृदयघातको चपेटामा धेरैजना पर्ने गरेका छन्’ मेयर्सले भने ‘हृदयघातले सताउने अनुपात धनीभन्दा गरिबमा ६० प्रतिशत हुन्छ ।’
काभ्रे, पुस - चिरफार नगरी पाठेघरको अप्रेसन । सुन्दा अनौठो लाग्ला तर अब अनौठो मानिरहनुपरेन । चिकित्सामा नयाँ प्रविधिको सुरुवात भएसँगै धुलिखेल अस्पतालले चिरफार नगरी पाठेघरको अप्रेसन थालेको छ ।
अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने शल्यक्रिया प्रविधि प्रयोग गरी चिरफारबिना नै पाठेघरको अप्रेसन थालेको हो । यस्तो सेवा काठमाडौंका महँगा केही निजी अस्पतालमा भए पनि राजधानी बाहिर पहिलो हुने अस्पतालको दाबी छ ।
'चिकित्सा क्षेत्रमा नेपालका लागि यो नयाँ प्रविधि हो,' अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले भने, 'त्यो प्रविधि प्रयोग गरी गरेका सबै अप्रेसनमा सफलता मिलिसकेको छ ।' उनका अनुसार अस्पतालले हालसम्म २७ जनाको उपचार यो विधिबाट गरिसकेको छ ।
चिरफार नगरी पाठेघरको अप्रेसन गर्दा बिरामीलाई कम पीडा महसुस हुने, अप्रेसन गरेको पर्सिपल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कम हुने र बिरामी छिट्टै आफ्नो नियमित काममा फर्किन सक्ने उनले बताए । विकसित देशमा पहिलेदेखि नै यो प्रविधिको प्रयोग व्यापक रूपमा हुँदै आइरहेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायतका युरोपेली देशमा त्यसको प्रयोग उल्लेख्य छ ।
बिरामीको नाइटो नजिकै र तल्लो पेटको दायाँबायाँ प्वाल बनाइन्छ ।
नाइटो नजिकै पारिएको प्वालबाट दूरबिन, बत्ती र पेट फुलाउने ग्याँस (कार्बनडाइअक्साइड) भित्र पठाइन्छ । अन्य दुई प्वालबाट स-साना कैंची, चिम्टालगायत सामान पेटभित्र छिराई भीडीओ मोनिटरमा हेरेर योनीबाट पाठेघर निकालिन्छ ।
पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकषिर्त भइरहेका छन् । 'चिरफार नगरी अप्रेसन गरेकाले पीडा कम महसुस गरें,' एक जना बिरामी कुन्ती थापाले भनिन्, 'अप्रेसन गरेको एकै दिनमा ठीक भएजस्तो अनुभूति गरिरहेको छु । यो विधि निकै राम्रो लाग्यो ।'
सबै बिरामीलाई यो उपचार पद्धति उपयुक्त छैन ।
श्वासप्रश्वास, मुटु रोग, दम, पेटको जटिल चिरफार गरी अप्रेसन गरिसकेका, रक्तसञ्चार प्रणाली असन्तुलन, गर्भवती र पाठेघरको आकार निकै ठूलो भएका बिरामीलाई एलएभीएच (ल्याप्रोस्कोपी असिस्टेड भजाइनल हिस्टेरेक्टोमी) प्रविधिबाट उपचार गर्न नसकिने डा. ताम्राकार बताउँछन् ।
'सरकारले क्षेत्रीय र जिल्ला अस्पतालसम्म यो सेवा पुर्याउन सके पाठेघरका बिरामीको उपचार सहज हुन सक्छ,' डा. ताम्राकारले भने, 'यो उपचार पद्धतिले बिरामी र डाक्टरबीच विश्वसनीयता अझै बढाउँछ ।'
महिला बन्ध्याकरण, जालो (पाठेघर र तल्लो पेटको अन्यत्र गाँजिएको त्यान्द्रो) हटाउन, डिम्बाशयमा पलाएको साधारणखाले डल्लो हटाउन, डिम्बवाहिनीमा रहेको गर्भ निकाल्न, तल्लो पेटमा रगत जमी सिर्जना हुने समस्या (इन्डोमेटि्रओसिस), पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नसमेत यो प्रविधिको प्रयोगबाट उपचार हुँदै आइरहेको छ ।
खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ ।
अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ ।
यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ ।
दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् । पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ ।
तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।
बैतडी, पुस - पोलियो रोग उन्मुलन गर्ने उद्देश्यले आज र भोली (शनिबार र आइतबार) देशभरका झण्डै ७ लाख बालवालिकालाई पालियो थोपा खुवाईदै छ ।
जन्मेदेखि ५ वर्षमूनिका वालवालिकालाई पोलियो थोपा खुवाइन लागेको हो । आगामी फेब्रुअरी १२ तारिखका दिन नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गर्ने तयारी भईरहेको छ ।
१५ वर्षदेखि पोलियो रोग विरुद्धको 'पोलियो थोपा' औषधी खुवाईदै आएको छ । ३ वर्षयता नेपालमा पोलियो संक्रमित भेटिएका छैनन् । बैतडीमा ५ वर्षमूनिका ४१ हजार बालवालिका पोलियो थोपा खाने
सूचीमा छन् । छुटेका बालवालिकालाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत घरमै गएर आइतबार थोपा दिने व्यवस्था गरेको छ ।
सागसब्जीहरुमध्ये कांक्राको खेती धेरै स्थानमा हुन्छ । यो धेरै खेती हुने तरकारीमा चौथो नम्बरमा पर्छ । स्वास्थ्यका आधारमा पनि यो लाभदायक भोजन हो । कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।
कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।
दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ ।
कांक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।
यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मदत गर्छ ।
नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।
महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजननको विषयमा महिलाहरु उतिसारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकाश सँगै यस बारेका अन्धविश्वास तथा गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर यहीँ रजस्वलाका विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन् । रजस्वला बारेका केही मिथक र त्यसबारेको सत्य तथ्य कुराहरु यहाँ प्रस्तुत गरेका छौँ-

महिलाहरुमा सामान्यतया एक महिनाको समयमा महिनावारी हुन्छ । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन् । तर यस्तो होइन । महिलामा महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुनसक्छ र कहिले कम । २८ दिन केवल औषत मात्र हो ।
कतिपयले महिनावारी भएको समयमा यौन सम्पर्क गर्दा कुनैपनि हालतमा महिला गर्भवती नहुने र त्यो समय पूर्णरुपमा सुरक्षित हुने ठान्छन् । तर सत्य के हो भने महिनावारी अनियमित हुने महिलाहरुको हकमा अण्डा उत्सर्जन जुनसुकै समयमा पनि हुनसक्छ । त्यसैले महिनावारी भएको बेला हुने यौन सम्पर्कबाट समेत गर्भ रहनसक्छ । तर नियमित रुपमा महिनावारी हुने महिलाको हकमा भने महिनावारी भएको सुरुका ७ दिन लगभग सुरक्षित हुने बताइन्छ ।
महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहादैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ ।
महिनावारी हुनुपूर्व महिलालाई कुनैपनि पत्तो नहुने धारणा हुन्छ । तर त्यसो होइन महिनावारी हुनु ५ देखि ११ दिन पहिले देखि नै महिलामा अब महिनावारी हुँदैछ भन्ने खालका लक्षण देखा पर्छन् । त्यसमा टाउको दुख्नु, खुट्टा सुन्निनु, ढाड दुख्नु, पेट गडबड हुनु, स्तन फुल्नु वा ढिला हुनु लगायतका हुन् ।
किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । किशोरीहरुमा कहिलेकाहीँ दुइ महिनासम्म पनि महिनावारी नहुन सक्छ र त्यसपछि मात्र महिनावारी हुनसक्छ । यो सामान्य प्रक्रिया हो र यसमा आत्तिइहाल्नुपर्दैन । तर उमेर बढेसँगै वा युवा अवस्थामा प्रवेश गरेसँगै महिनावारी नियमित बन्दै जान्छ । केही दिनको अनियमितताबाट खासै चिन्ता मान्नु नपर्ने भएपछि युवावस्थामा समेत महिनावारीमा अनियमितता भयो भने चिकित्सककोमा सल्लाह लिन जानुपर्छ ।
महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । हाम्रो समाजमा अहिलेपनि यसलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । महिनावारी महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिनुपर्ने अवस्था आउनसक्छ र कतिपय अवस्थामा हिनताबोध समेत आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-

लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।
बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।
लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।
लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

भिटामिन बी युक्त खानेकुराको नियमित सेवनले मानिसमा हृदयाघातको खतरा कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार भिटामिन बीले मानिसमा हर्ट अट्याकको जोखिम ७ प्रतिशतले घटाउँछ ।

चीनमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा ५४ हजार ९ सय १३ जना मानिसमा परीक्षण गरिएको थियो । त्यसक्रममा हृदयाघातको सामना गरिसकेका २ हजार ४ सय ७१ जना मानिसहरु पनि थिए । ती मानिसहरुमा तुलनात्मक अध्ययन गर्दा भिटामिन बी पर्याप्त लिएका मानिसहरु भन्दा भिटामिन बी को कमी भएका मानिसहरु हृदयाघातको चपेटामा पर्ने गरेको पाइयो ।
भिटामीन बी युक्त खानेकुरा वा भिटामिन बी युक्त औषधिको सेवनले मानिसमा हृदयाघातको जोखिम किन कम गर्छ ? भन्ने विषयमा भने थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ छ ।

एक नयाँ अध्ययनले शिशुले गर्भबाटै बोल्न
सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य पत्ता लगाएको छ ।
फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने
बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन्
।
आमाको पेटभित्र हुँदा नै शिशुले बाहिर
वातावरणमा भएको बोलचाल सुन्छ । उसले धेरै पटक सुनेका कुरा गर्भमै रहँदा
स्मरणमा पनि राख्छ । शोधकर्ता मिन्ना होटिलेनेनका अनुसार बच्चा जन्मिँदा
खेरि मानसिक वा बौद्धिक रुपमा शुन्य हुँदैन । केही सिप लिएरै जन्मिएको
हुन्छ । बच्चाले जन्मिनु अघि नै आफ्ना बाउ आमा तथा परिवारका अन्य सदस्यले
कसरी बोल्छन् भन्ने कुरा थाहा पाइसकेको हुन्छ ।
बच्चाले गर्भमै बाहिरको बोलिचालि सुन्ने र
केही शव्दहरु स्मरण पनि गरेको हुनाले जन्मिएको केही महिनामै नसिकाएका नयाँ
शव्द समेत झ्वाट्ट बोल्न थाल्छ अनि भाषा समेत बुझ्न थाल्छ ।
बच्चाले गर्भावस्थामै बाहिरको आवाज सुन्ने
भएपनि मस्तिष्कको विकाश पूर्ण भैनसकेको हुनाले त्यस अवस्थामा सुनेको
कुरालाई विश्लेषण गर्ने र सोही अनुरुप बोल्न नसक्ने हुन्छ । तर जन्मिएको
केही महिनापछि उसको मस्तिष्क तथा बोल्ने अंग समेत विकशित हुँदै गएपछि उसले
पहिले सिकेका र पछि सिकाइएका कुराहरु सबैले बुझ्नेगरि बोल्न थाल्ने
शोधकर्ता बताउँछन् । यसबारेको खबर मेडिकल एक्सप्रेस जर्नलमा छापिएको छ ।
भनिन्छ दाँत बलियो भएमात्र आँत बलियो हुन्छ । दाँत कमजोर भयो भने त्यसले
सरीरको सम्पूर्ण स्वास्थ्य, खासगरी पाचन प्रणालीमा नकारात्मक असर पूराउँछ ।
दाँतको अभावमा मानिसले जतिधेरै पौष्टिक तत्वले भरिएका भएपनि अलि कडा चिज
खानै सक्दैन ।

त्यसैले दाँत बिनाको जिन्दगी जिउनु निकै गाह्रो हुन्छ । त्यसैले दाँत मजबुत हुनु र स्वस्थ हुनु मानिसको स्वास्थ्यका लागि अति महत्वपूर्ण हुन्छ । दाँतलाई स्वस्थ र मजबुत बनाउन नियमित दाँत माझ्ने, दाँतको सुरक्षामा ध्यान दिने गर्नुका साथै स्वस्थ भोजनमा पनि ध्यान दिनु आवश्यक हुन्छ । हामीले यहाँ केही त्यस्ता भोजनको नाम प्रस्तुत गरेका छौँ जसको सेवनले दाँतलाई चम्किलो तथा स्वस्थ बनाउन मद्दत गर्छ :
१.सोँफ अर्थास सम्फो – खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउनु दाँत तथा पाचन प्रणालीका लागि लाभदायक मानिन्छ । यसले दाँतको प्राकृतिक ब्रसको काम पनि गर्छ ।
२. चीज- चीज तथा पनीर दाँतका लागि निकै लाभदायक हुन्छ । चीज वा पनीरमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ जो दाँतलाई मजबुत बनाउन सहयोगी हुन्छ । यदि तपाइँको दाँत सड्न सुरु गरेको छ भने दिनहुँ चीजको एक टुक्रा खाने गर्नुहोस् । यसले दाँत सड्न रोक्नेछ ।
३. दाँत स्वस्थ राख्न प्रसस्त पानी पिउनु आवश्यक हुन्छ । यसले सरीरका विषाक्त तत्व बाहिर फाल्नुका साथै दाँत सड्न पनि रोक्दछ ।
४.चुइंगम- चुइंगम चपाउनु पनि दाँतका लागि लाभदायक हुन्छ । यसले दाँतका छिद्र तथा गिँजाको सफाइ गर्न मद्दत पूराउँछ र चपाइरहँदा दाँतको व्यायाम पनि हुन्छ । यद्यपि शुगर फ्री चुइंगम नभएमा त्यसले सरीरमा चीनीको मात्रा बढाउन सक्छ ।
५. किबी फल – किबी फल भिटामिन सी को निकै राम्रो श्रोत हो । यदि सरीरमा पर्याप्त भिटामिन सी भएमा कोलाजेन तत्वको स्तर पनि सन्तुलित हुन्छ । यसले दाँत र गिँजा मजबुत बनाउन मद्दत गर्छ ।
६.नाशपाती- नाशपाती एक रेशादार फल हो । यसको नियमित भोजनले दाँतलाई चम्किलो तथा सेतो बनाउन मद्दत गर्नुका साथै मजबुत समेत बनाउँछ ।
७. सुन्तलाको जुस-प्रतिदिन सुन्तलाको जुस पिउनाले शरीरमा भिटामिन सी तथा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँत तथा हड्डीलाई मजबुत बनाउन तथा सरीरमा उर्जा प्रदान गर्न समेत मद्दत गर्छ ।
८.दुध-दिनहुँ कम्तिमा एक गिलास दुध पिउनु दाँतका लागि समेत निकै लाभदायी हुन्छ । दुधमा भरपूर मात्रामा क्याल्सियम तथा अन्य पौष्टिक तत्व समेत पाइन्छ जो दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।
९.स्याउ-गिजालाई स्वस्थ तथा दाँतलाई मजबुत बनाउन दिनहुँ एक गेडा स्याउ निकै महत्वपूर्ण हुन्छ । स्याउ खानाले दाँत सफा समेत हुन्छ ब्याक्टेरियाको वृद्धि हुन पाउँदैन ।
१०.तिल-तिल चपाउनु पनि दाँतको लागि निकै लाभदायक हुन्छ । तिलमा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँतलाई मजबुत बनाउनुका साथै यसलाई चपाउँदा दाँतका छिद्रमा जमेको फोहोर पनि हट्दछ ।