पीके समीक्षा : अन्धविश्वासमाथि गहकिलो प्रहार
राजकुमार हिरानी र आमिर खानबीचको समानता के भने दुवै फिल्मलाई मनोरञ्जनको सस्तो साधन मान्दैनन् । बरू गम्भीर विषयलाई रसिलो ढंगबाट पर्दामा पेस गर्छन् । थ्री इडियट्स यसको ज्वलन्त उदाहरण हो । पाँच वर्षपछि यो जोडीको नयाँ फिल्म पीके संसारभरका करबि ६ हजार सिनेमा घरमा प्रदर्शन भइरहेको छ । फिल्मको वजन रििलजअगाडिको मिडिया हाइप र अपेक्षाभन्दा ज्यादा छ । हिरानीले भगवान्प्रतिको अन्धविश्वास र ढोँग गहकिलो रूपमा पर्दाफास गरेका छन् । तर, कुनै क्रान्तिकारी पात्रमार्फत होइन, एउटा निर्दोष एलियनमार्फत ।
अर्कै ग्रहबाट पृथ्वीमा ओर्लेकै दिन पीके (आमिर)को लकेट चोरी हुन्छ । त्यही लकेटले उसको ग्रहसँग प्रत्यक्ष सम्पर्क गराउँछ । अनुसन्धानका लागि यो संसारमा आएको पीके आफ्नो लकेटको खोजीमा लाग्छ । भाषा, संस्कार र सभ्यता केही नजानेकाले धेरै हन्डर बेहोर्छ । त्यही क्रममा उसको भेट टीभी रपिोर्टर जग्गु (अनुस्का शर्मा)सँग हुन्छ । कमेडी लाग्ने समाचार सामग्री प्रस्तुत गर्दागर्दा वाक्क भएकी जग्गु पीकेको व्यवहार र तर्कमा स्कुप देख्छे । साथै, उसको लकेट खोजीमा सघाउने प्रण गर्छे । तर, लाखौँ भक्तका शक्तिशाली बाबा -सौरभ शुक्ला)को हातमा पुगेको लकेट फिर्ता लिन पीके र जग्गु सफल होलान् त ? फिल्म यसमै घुमेको छ ।
पीकेको सबैभन्दा सशक्त पक्ष अभिजित जोशीसँग मिलेर हिरानीले लेखेको पटकथा हो । अत्यन्त संवेदनशील विषयलाई सरल र विश्वसनीय रूपमा पेस गर्न पटकथामा निकै मिहिनेत गरएिको छ । फिल्ममा धर्मलाई डरको व्यापारका रूपमा व्याख्या गरएिको छ । जनमानसमा सकेसम्म धेरै डर पैदा गरेर फाइदा लुट्न खो ज्ने धार्मिक गुरुहरूको खिल्ली उडाइएको छ । निर्दोष पीकेको तार्किक सवाल दर्शकको मथिंगल हल्लाउन पर्याप्त छ । उसको निर्दोषपनाले दर्शकलाई हाँस्दा हाँस्दै रुवाउँछ । उसको नाम कसरी पीके रहन गयो भन्नेबाटै सामाजिक सोचको दरदि्रता देखाउँछ । खासमा यो फिल्मलाई हिरानीले आधुनिकताकै रफ्तारमा अगाडि बढिरहेको धार्मिक कुसंस्कारको विरोधको हतियार बनाएका छन् । फिल्म हेरसिकेपछि यस्तो लाग्छ, रोहित सेट्टी, प्रभु देवा मार्काका मसलादार फिल्मका कथित हिट निर्देशकसँग तुलना गर्नु नै हिरानीको अपमान हो ।
हरेक फिल्ममा फरक भूमिका निर्वाह गर्न माहिर आमिरले फेर िएकपटक आफ्नो अभिनय कौशल सिद्ध गरेका छन् । उनको अभिनय अविस्मरणीय र तार्किक छ । टेलिभिजन सो सत्यमेव जयतेमार्फत सामाजिक अभियन्ताका रूपमा आमिरको छवि यो फिल्मले अझ उच्च बनाएको छ भने धुम ३ मा गरेको 'पाप' पखालिएको छ । अनुस्काको लुक्सले ताजा महसुस हुन्छ । एउटा एलियनलाई मार्गदर्शक बनाउन उनले खेलेको भूमिका सराहनीय छ । सुशान्त राजपुत, बोमन इरानीलगायत कलाकारको अभिनय पनि मूर्त लाग्छ । कथाको बहावलाई प्रभावकारी र बुलन्द बनाउने गीत/संगीत फिल्मको अर्को सकारात्मक पक्ष हो । मध्यान्तरभन्दा केहीअगाडि खुद्रा विषयमा बढी केन्दि्रत भएकाले फिल्मको गति धीमा लाग्न सक्छ ।
खुराकयुक्त मनोरञ्जन खोज्ने दर्शकले पीके छुटाउनु हुन्न । कम्तीमा भगवान् र धर्मप्रति रहेको भ्रम निमिट्यान्न पार्न पनि यो फिल्म हेर्नैपर्छ । ढुक्क भए हुन्छ, फिल्मले लगानीभन्दा धेरै प्रतिफल दिन्छ ।
0 comments
Write Down Your Responses