तामाकोशीमा टेलिकमका कर्मचारी सेयरहोल्डर कर्मचारीलाई ९ लाख १४ हजार कित्ता सेयर छुट्टाइयो

१० साउन, काठमाडौं । स्वदेशी पुँजीबाट निर्माण हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट नेपाल टेलिकमका कर्मचारीहरु मालामाल हुने भएका छन । आयोजनामा झण्डै १० करोड रुपैयाँ बराबरको  शेयर पाउने भएपछि कर्मचारीहरु मालामाल हुने भएका हुन् । दोलखा जिल्लाको लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको आयोजना हाल निर्माण भइरहेको छ ।
आयोजनामा टेलिकमका कर्मचारीहरुले ९ लाख १४ हजार कित्ता शेयर पाउने भएका छन् । टेलिकमले निर्माणाधीन आयोजनामा ६ अर्ब ऋण लगानी र ६२ करोड संस्थागत शेयर लगानी गरेको छ । आयोजनाले गत बिहीबार टेलिकमलाई पत्राचार गरि कर्मचारीलाई वितरण गरिने सेयरको खाका पठाउन आग्रह गरेको छ । तामाकोशीमा लगानी सम्झौता हुनु अगावै टेलिकममा कार्यरत कर्मचारीहरुलाई सेयर दिने सहमती भएको थियो । निर्माणाधीन आयोजना भएकाले कर्मचारीहरुले प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर पाउने भएका छन् ।
tamakoshi
कर्मचारीले पाउने सेयरको खाका पठाउन आयोजनाले पत्राचार गरेपछि टेलिकमले कर्मचारीलाई छुट्टाएको सेयर कसरी वितरण गर्ने भनेर खाका बनाउन लागेको जनाएको छ । कर्मचारी युनियनहरुसँग छलफल गरेर छिट्टै सेयर वितरणको खाका तयार पारि आयोजनालाई पठाउने टेलिकमले बतायो ।
सबैभन्दा कम लगानीबाट निर्माण हुन लागेको आयोजनाको शेयरमा लगानी गर्नेहरु मालामाल हुने पक्का पक्की रहेको छ । आयोजना सम्पन्न भएपछि लोडसेडिङ ४ घण्टामा झर्ने अपेक्षा गरिएको छ । ३५ अर्ब २५ करोड रुपैयाँमा निर्माण हुन लागेको main-photo-uper
आयोजनाले १० अर्ब ५९ करोड रुपैयाँ बरारबरको सेयर वितरण गर्नेछ । सन् २०१५ भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको आयोजना अण्डरग्राउण्ड आयोजना हो । यस आयोजनामा १६ किलोमिटर सुरुङ रहने छ । आयोजनाको विद्युत गृह पनि जमिन मुनि नै रहने छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.