बार्सिलोनामा नेयमारको डेब्यू

१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयरमारले बार्सिलोनाका लागि डेब्यू गरेका छन् । प्रि सिजन टुरका क्रममा पोल्याण्ड भ्रमणमा रहेको बार्सिलोनाले लेचिआ गडान्स्कसँग २-२ को बराबरी खेल्दा नेयमार १२ मिनेट मैदानमा रहे ।
neymar
लिओनल मेस्सीले मैदान छोडेको केहीबेरपछि नेयमारमा ७८ मिनेटमा एलेक्स सान्चेजको स्थानमा मैदान प्रवेश गरेका हुन् । जसका कारण उनले मेस्सीसँगै मिलेर खेल्न मौका भने पाएनन् ।
 खेलपछि नेयमारले नयाँ प्रशिक्षक जेरोर्डो मार्टिनोले आफूलाई विश्वास गर्ने बताए । मार्टिनोसँग आफ्नो छोटो कुराकानी भएको भन्दै उनले आफू उच्च शारीरिक स्तरमा पुग्न केही समय लाग्ने बताए । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीबारे सोधिएको प्रश्नमा नेयमारले भने-मेस्सी मेरो आइडल हुन् । उनीसँग खेल्ने मौका पाउनु मेरो लागी खुसीको कुरा हो ।’
नेयमारले आफ्नो पूर्व क्लब सान्तोषसँग खेल्न निकै कठिन भएको बताए । तर, बार्सिलोनाको रंगको रक्षाका लागि आफ्नोतर्फबाट सक्दो गर्ने बताए ।
 neymar-with-messi

,

0 comments

Write Down Your Responses

Powered by Blogger.