भाइरल ज्वरोका विरामीलाई भुईमा राखेर उपचार गरिदैँ

१६ साउन, चितवन । चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप हृवात्तै बढेको छ ।
गएको महिनामा भन्दा करिब ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो ।
बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले भुईंमा राखेर बिरामीको उपचार गर्न बाध्य भएका छन् । अस्पतालको मेडिकल वार्डको रेकर्डअनुसार पनि भाइरल ज्वरोका बिरामी अत्यधिक रहेको पाइएको छ ।
अस्पतालको मेडिकल वार्डमा रहेको ५१ शय्यामध्ये करिब ३० शय्यामा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालकी स्टाफ नर्स बिनिता सुवेदीले बताउनुभयो ।
अहिले सो अस्पतालका भुईं बिरामीले भरिएका छन् । सुरुमा ज्वरो आउने, रुघा लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने र बान्ता आउने लक्षण बिरामीमा देखिएको छ ।
चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्यधिक भएको अस्पतालले जनाएको छ ।
असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारी बताउनुहुन्छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.