बैद्य माओवादी निर्वाचनमा आउने सम्भावना न्यून : प्रकाश




१६ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले नेकपा-माओवादी मंसिर ४ गतेको संविधानसभाको निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा एमाओवादी नेता बैद्य माओवादी निर्वाचनमा आउने सम्भावना कम रहेको भए पनि आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्ने बताउनुभयो ।
आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्दा गर्दै पनि नआए निर्वाचन भने नरोकिने भन्दै उहाँले भन्नुभयो-’निर्वाचन कुनै पार्टीका लागि भनेर घोषणा गरिएको हुँदैनन । त्यसैले सबै नै आउँछन भन्न सकिदैँन ।’
बैद्य माओवादीसँग विनासर्त बार्ता गर्न उच्चस्तरीय राजनीतिक समिति तयार रहेको भन्दै उहाँले वार्ताका लागि कुनै विषय चाहिने भएकोले आफूहरुले मंसिर ४ को निर्वाचनका लागि भनि पत्र खेलिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’वार्ता निरपेक्ष हुँदैन । मंसिरको निर्वाचनका लागि वार्ता गर्ने हो । नभए के का लागि वार्ता गर्ने ?’
एमाओवादी नेता प्रकाशले बैद्य नआए पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टी भने निर्वाचनमा आउने विश्वास ब्यक्त गर्नुभयो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.