सूर्यको उत्तरी भागमा ठूलो भ्वाङ

खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो ।
solar
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.