साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा

१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल तुलनात्मक रूपमा कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ च्याम्पियन भारतसहितको समूहमा परेको हो ।
Saff-championship-2013समूह एमा नेपाल र भारतसँगै बंगलादेश र पाकिस्तान छन् भने समूह बीमा उपविजेता अफगानिस्तानसँगै माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् । भारत सर्वाधिक ५ पटकको विजेता हो भने माल्दिभ्स र ब्रंगलादेशले एक–एक पटक उपाधि जितेका छन् ।
भदौं १६ गते उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्नेछन् भने नेपालको पहिलो खेल सोही दिन साँझ साढे ६ बजे बंगलादेशसँग हुनेछ । नेपालको दोस्रो खेल १८ गते पाकिस्तानसँग परेको छ भने तेस्रो खेल २० गते भारतसँग छ ।
 नेपाल भने सेमिफाइनलभन्दा माथि जान सकेको छैन । गत वर्ष भारतमा भएको सातौं संकरणमा नेपाल अन्तिम चारसम्म पुगेको थियो । १९९९ मा पनि नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले साफ च्याम्पियनसिप अयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले २०५४ सालमा भएको पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.