साहरुख ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा, फ्यान क्रेजले जताततै ट्राफिक जाम

बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यतिबेला साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ । साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा जम्मा भएका थिए ।यस्तै साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ । यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.