ट्राफिक नियम सिकाउँदै कलाकार, गोगंबु बसपार्कमा आर्यन, केकी र बेनिशाले टाँसे स्टिकर
सिनेमा खेलेपछि त्यसको प्रचारका लागि के के सम्म गर्नु पर्दोरहेछ भन्ने
कुरा बल्ल वुझ्दैछन् नेपाली कलाकारहरुले । वुधबार नायक आर्यन सिग्देल र
नायिकाद्धय केकी अधिकारी र वेनिशा हमालले नयाँ अनुभुती गरे । चलचित्र
‘महशुश’का तिन कलाकारले गोगंबु बसपार्कमा पुगेर विभिन्न सवारी साधनमा
सिनेमाको स्टिकर टाँसेका थिए ।
सवारी
साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टिकर टाँस्दै गर्दा
कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी
लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि
उपस्थित थिए । ‘तिब्र गती जीवनको क्षती’, ‘सवारी साधन विस्तारै हाँकौ’
लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए
।
नेपाल
यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना
जगाउन मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ । गोगबु बसपार्कमा कलाकारहरु
पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट
प्रदर्शनमा आउँदैछ ।


0 comments
Write Down Your Responses