जिम्बाबेविरुद्ध श्रृखला भारतको पोल्टामा

१३ साउन, काठमाडौं । भारतले जिम्बाबेविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट ७ विकेटले जितेको छ । यससँगै उसले पाँच म्याचको श्रृखला ३-० ले आफ्नो पक्षमा पारेको छ ।
पहिले व्याटिङ गरेको जिम्बाबेले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रन बनायो । उसका लागि सेन विलियम्सले सर्वाधिक ४५ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा अमित मिश्रले ४७ रन दिएर ४ विकेट लिए भने मोहम्मद समीले २ विकेट लिए ।
१ सय ८४ रनको सामान्य लक्ष्य भारतले ३५.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा विराट कोहलीले ६८ रन बनाए भने शिखर धवनले ३५ र अम्बाती रायडुले ३३ रन जोडे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.