१४ नेपालीहरु दुई महिनासम्म थाइल्याण्डमा अलपत्र
१४ साउन, काठमाडौं । वैदेशिक रोजगारीको
मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म
अलपत्र परेर स्वदेश फर्केका छन् । स्वदेश फर्किएका उनीहरुले त्यहाँ अरु
पनि नेपाली नागरिकहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग
आग्रह गरेका छन् । आइतवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको
पत्रकार सम्मेलनमा उनीहरुले थाइल्याण्डमा मानव तस्करहरुको ठूलो सञ्जाल
भएकाले धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी दिएका हुन् ।
आˆनै नातेदारबाट भारतको बाटो हुँदै भिजिट
भिषामा थाइल्याण्ड पुगेका नेपालीहरु एक गैरसरकारी संस्थाको सहयोगमा दुई
महिना सात दिनपछि स्वदेश आइपुगेका हुन् । प्रत्येकले पाँच लाखभन्दा बढी रकम
नेपाल र थाइल्याण्डमा बस्ने एजेन्टलाई बुझाएर गएको बताएका छन् ।
थाइल्याण्डमा बस्ने मायादेवी कामी र रबिन बोगटीले आफूहरुलाई फसाएको
उनीहरुले बताएका छन् । पीडित हेरमान गोपालीले कार्यक्रममा भावुक हुदै भने
-’भगवानले बचाएर हामी त नेपाल फर्कियौ अन्य धेरै नेपाली बिचल्लीमा परेका
छन् ।’
पाँचथर थर्पु-५ की थाइल्याण्ड निवासी
मायादेवीले स्कुलमा पढाउनका लागि भन्दै चर्को रकम लिएर त्यहाँ पुर्याउने र
बिचल्ली बनाउँदै आएको पीडित तुलबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले
भने -’एजेन्ट मायादेवी नेपालको ब्ल्याक लिष्टमा परेकाले नेपालीहरुलाई भारत
हँुदै थाइल्याण्ड पुर्याइरहेकी छिन् ।’
नेपाल फर्किएका युवायुवतीहरु अहिले
राजधानीमा रहेको आशा फाउण्डेशनमा बसेका छन् । उनीहरुको कानूनी उपचारका लागि
फाउण्डेशनकी अध्यक्ष आशा लामा जुटिरहेकी छिन् ।
कसरी पुगे १४ नेपाली थाइल्याण्ड ?
पीडित हेरमान गोपालीले थाइल्याण्ड
यात्राका वारेमा यसरी सुनाए- थाइल्याण्ड बस्ने एजेन्ट मायादेवी कामी र रबिन
बोगटीले राम्रो रोजगारीमा लगाइदिने भन्दै हाम्रा नजिकका आफन्तमार्फत
जानकारी प्राप्त भयो । एकजना आफन्त सुनील गोपाली केही समयअघि तिनै
एजेन्टमार्फत नै थाइल्याण्ड पुगेका थिए । उनले ती एजेण्टले राम्रो काम
लगाइदिन्छन् भन्दै ढुक्क हुन आग्रह गरेपछि म साँढे पाँच लाख तिर्न राजी भएँ
। मसँगै सुरेन्द्र, धमेन्द्र र सुमन थाइल्याण्ड जाने भन्दै काठमाण्डौ
आइपुग्यौं । हामीलाई लागेको थियो, काठमाडौंबाट नै उड्न पाइन्छ होला भनेर ।
तर, त्यसो भएन । यहाँ आउँदा त हामीसँगै १४ जनालाई माईक्रो बस चढाएर सुनौली
पो लगियो ।
नेपालबाट उड्न टिकट नपाएको भन्दै
हामीहरुलाई गोरखपुर हुदैँ कोलकाता पुर्याइयो, त्यहाँ तीन दिन राखेपछि गत
मे २८ मा हामी १४ जना नै थाइल्याण्ड पुग्यौं । त्यतिबेलासम्म हामी कसैले
पनि यति ठूलो ठगको फन्दामा पर्दैछौं भन्ने सोचेका थिएनौं । सुरुमा सडक
पेटीमा नै रात बिताउन बाध्य भयांै
। एजेन्ट मायादेवी काम खोज्न व्यस्त छु भन्दै हामीलाई नआत्तिन आग्रह
गर्थिन् । एउटा सानो कोठामा हामी कैदीझैं दिन काट्न थाल्यांै तर, काम पाउने
कुनै छाटकाँट नै थिएन । दिनहरु बित्दै गए, हामी आत्तिन थाल्यौं । अब त
एजेण्ट मायादेवीले जागिर लगाइदिनु त परै जाओस्, उल्टै धम्क्याउन थालिन् ।
अनि बल्ल हामी ठगिएको थाहा भयो र हामी आत्तियौ ।
दूतावाससँग असन्तुष्टी
थाइल्याण्डबाट फर्किएका युवाहरुले
नेपालीलाई समस्यामा पर्दा नेपाली दुतावास थाइल्याण्डले बेवास्ता गरेको
भन्दै आक्रोस पोखेका छन् । थाइल्याण्डमा आफूहरु ठगिएको थाहा पाएपछि उनीहरु
दूतावासमा उद्धारका लागि पुग्दा कुनै पनि सहयोग नपाएको भन्दै रुष्ट बनेका
हुन् । पीडित महिला उषाकुमारी लामाले भनिन्-’आफ्ना नागरिकहरु समस्यामा
पर्दा एजेण्टको कुरा सुनेर हामीलाई दूतावासले वेवास्ता गर्यो ।’
थाइल्याण्डवाट फर्किएका भीमप्रकाश
श्रेष्ठले भने-’हामी अदालतमा लड्दासमेत दूतावासले चासो दिएन ।’ धेरै
नेपालीहरु थाइल्याण्डमा बिचल्लीमा परेको जानकारी दूतावासलाई थाहा हुँदासमेत
कुनै कदम नचालेको आरोप उनको छ ।
श्रीमती र आफन्त पठाउँदा
आफन्तहरुको सहयोगमा थाइल्याण्ड पुगेका
नेपालीहरुमा श्रीमानले श्रीमती पठाएर पनि ठगिएका छन् । नेपाली एजेण्ट एकलाल
गोपालीले आफ्नै श्रीमती विमला लामालगायत आफन्त हेरमान गोपाली, सुरेन्द्र
गोपाली, धमेन्द्र गोपाली र सुमन गोपालीलाई पठाएका थिए । त्यस्तै एजेण्ट
नरबहादुर घलेले भीमप्रकाश श्रेष्ठ, सरोज भुजेल, राजु गुरुङ, राजेश श्रेष्ठ,
रुपबहादुर राना, उषाकुमारी लामा, डुबशान लामा, अजित तामाङ र तुलबहादुर
श्रेष्ठलाई पठाएका थिए ।
0 comments
Write Down Your Responses