२३ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डक वर्थ लुइसको आधारमा २९ रनले हराएको छ ।
पानीले प्रभाबित खेल ४७ ओभरमा छोटाइएको थियो । पाकिस्तान २ बल अघि ४६.४ ओभरमै २२२ रनमा समेटियो ।
उसका लागि कप्तान मिस्बाह उल हकले सर्बाधिक ५६ रन जोडे । त्यस्तै ओपनर सरफराज अहमदले ४९ र यूनुस खानले ३७ रन बनाए ।
अफ्रिकाका डेल स्टेनले ३ तथा कायल अबोट र मोर्ने मोर्कलले समान २-२ विकेट लिए ।
२२३ रनको लक्ष्य पछ्याएको अफ्रिका ३३.३ ओभरमै २०२ रनमा समेटियो । उसका लागि पनि कप्तान एबि डिभिलियर्सले सर्बाधिक ७७ रनको योगदान दिए । ५८ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ओपनर हसिम अमलाले ३८ रन बनाए पनि अन्य ब्याट्म्यानहरुको प्रदर्शन राम्रो रहेन ।
पाकिस्तानका पेस बलरहरु मोहम्मद इरफान, वहाब रियाज र राहत अलिले समान ३-३ विकेट लिए । जितसँगै पाकिस्तानले ५ खेलबाट ६ अंक जोडेको छ । र, उ समुह ‘बी’को तेस्रो स्थानमा उक्लिएको छ । समान खेल र अंक भएको अफ्रिका दोस्रो स्थानमा छ ।
१८ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले नेपाली क्रिकेट टीममा पाकिस्तान भ्रमणको निम्तो दिएको छ । तर, नेपाल क्रिकेट संघ क्यानले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुख शहायर खानले नेपालसँगै नेदरल्याण्ड र नामिबियाको राष्ट्रिय टीमलाई क्रिकेटका लागि पाकिस्तान बोलाएको जानकारी दिए । उनका अनुसार श्रीलंका, बंगलादेश, जिम्बाबेले जुनियर टीम पठाउने आश्वासन दिएको बताएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुखको दाबीबारे बुझ्दा क्यानका अधिकारीहरुले पनि प्रस्ताव अएको स्वीकार गरेका छन् । तर सुरक्षाका कारण नेपाली टीमले पाकिस्तान भ्रमण गर्ने इच्छा नदेखाएको स्रोतले बतायो ।
सन् २००९ मा लाहोरमा श्रीलंकाको क्रिकेट टीममाथि आतंकवादी आक्रमण भएपछि कुनै पनि अन्तराष्ट्रिय टीमले पाकिस्तान भ्रमण गरेको छैन ।
काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ।
नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ। बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो।
शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो। विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो। आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोत बताउँछ।
‘नेपाललाई विश्व क्रिकेट लिग डिभिजन १ खेल्न छानिएको छ, आइसिसी बैठकले अर्को साता औपचारिक निर्णय लिनेछ,' पुबुदुलाई उद्धृत गर्दै क्यान स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘यो प्रतियोगिताका शीर्ष चार टोलीले ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजन १ का एकदिवसीय मान्यताप्राप्त टिमसँग खेल्न पाउनेछन्। हामीले अन्तरमहादेशीय कप मात्र गुमाउने छौं। आइसिसीको निर्णयपछि अझ विस्तृत जानकारी आउनेछ।'
स्रोतअनुसार केन्यासँग तेस्रो स्थानको प्लेअफमा पराजित भएपछि शनिबार मध्यरात पुबुदुले यस्तो बताएका थिए। ‘पुबुदु अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहुँच भएका व्यक्ति हुन्। उनीबाट यस्तो सूचना पाउँदा हामी उत्साहित छौं,' स्रोतले भन्यो।
युगान्डासँग २ रनको हार भोग्दै डिभिजन २ को सुरुआत गरेको नेपाल लगत्तैको खेलमा नेदरल्यान्ड्सलाई २ विकेटले हराउँदै लिकमा फर्किएको थियो। तेस्रो खेलमा क्यानाडालाई ७ तथा चौथो खेलमा आयोजक नामिबियालाई ३ विकेटको नतिजामा हराएर नेपालले आफूलाई उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएको थियो।
समूह चरणको अन्तिम खेलमा केन्यासँग नसोचेको हार भोगेपछि नेपाल रनरेटमा पछि पर्दै शीर्ष २ मा अटाउन सकेको थिएन। रेलिगेसनको निकै नजिक पुगिसकेको केन्याले नेपाललाई ५ विकेटले हराएर डिभिजन २ मा हैसियत जोगाएको थियो।
तेस्रो स्थानको प्लेअफमा पनि केन्यालाई नै प्रतिद्वन्द्वीका रुपमा पाउँदा नेपाल बदला लिने मौकाबाट चुकेको थियो। अन्तिम समयमा नाटकीय रूपमा विकेटपतन हुँदा नेपाल १५ रनले पराजित भएको थियो। शीर्ष दुई स्थानमा रहेर बढुवा हुने दुवै टोलीलाई हराउनु प्रतियोगितामा नेपालको दमदार पक्ष थियो।
काठमाडौं– नेपालले एसिसी वुमन्स प्रिमियर क्रिकेटको निराशाजनक यात्रा टुंग्याएको छ। थाइल्यान्डमा भइरहेको प्रतियोगितामा नेपाल सोमबार हङकङसँग ७ विकेटले पराजित भयो। एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपल्ट आयोजना गरेको ४० ओभरको प्रतियोगितामा ६ राष्ट्र सहभागी हुँदा नेपाल चौथो भयो। सोमबारको हार नेपालको प्रतियोगिता तेस्रो हो।
नेपाल थाइल्यान्डसँग सजिलै ८ विकेट र चीनसँग ६९ रनले पराजित भएको थियो।
एसिसीले सन् २००७ मा पहिलोपल्ट महिला प्रतियोगिता आयोजना गरेदेखि सहभागी हुँदै आएको नेपालको दोस्रो कमजोर प्रदर्शन हो। २०११ मा कुवेतमा भएको एसिसी वुमन्स ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाल चौथो नै भएको थियो। त्यतिखेर हङकङसँगै सेमिफाइनलमा ९ विकेटले पराजित भएको नेपालले चौथो स्थानको प्लेअफमा थाइल्यान्डलाई १३ रनले नतिजा सुम्पेको थियो।
चियाङमाइस्थित प्रेम ओभलमा टस जितेको नेपाल ३६.१ ओभरमा १ सय ३ रनमा अलआउट भयो। हङकङले २४ ओभरमै लक्ष्य पूरा गर्योम। लाइ वि किङले ४० रन बनाउँदै हङकङलाई सजिलो विजय दिलाए। उनले ३९ बल खेली ६ चौका प्रहार गरे। यिप स्जे वानले अविजित ३० रन बनाइन्। उनले ५२ बलको इनिङ्समा ३ चौका प्रहार गरिन्। नेपालबाट सीता रानामगरले २ र सोनु खड्काले १ विकेट लिए।
नेपालको सुरुआत राम्रो थिएन। नीरा राजोपाध्याय ३ रनमै आउट भइन्। सरिता मगरले खाता खोल्न सकिनन्। सीता १० र ममता थापा १२ रनमा पवेलियन फर्किए। सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले नेपालको इनिङ्स तान्ने प्रयास गरेका थिए। सरस्वतीले १६ र रुबिनाले २२ रन बनाए। रुबिनाले ३६ बल खेली ४ चौका प्रहार गरिन्। त्यसपछि ममता चौधरी १, तृष्णा सिंह ७, करुणा भण्डारी ८ र कविता गौतम १ रनमा आउट भए। हङकङबाट मारिना लामप्लोघले ४ र इशिता गिडवानीले ३ विकेट लिए।
१ फागुन, काठमाडौं । एसीसी वुमन प्रिमियर क्रिकेटमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ । थाइल्यान्डमा जारी प्रतियोगितामा पहिले व्याटिङ थालेको नेपालले ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले २८ ओभरमा सबै विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो । निकै खराव प्रदर्शन गरेको नेपालका लागि सरस्वति चौधरीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
नीरा राजोपाध्यायले ५ रन जोडिन् भने ममता थापाले ३, सरिता मगर, ममता चौधरी, शोभा आले र रुविना क्षेत्री समान २ रनमा आउट भइन् भने कालन श्रेष्ठले १ रन बनाइन् । सीता मगर, करुणा भण्डारी र सोनु खड्का खाता नै नखोली पभेलियन फर्किइन् । नेपालले ११ अतिरिक्त रन जोडेको थियो ।
जवाफी व्याटिङ गरेको थाइल्याण्डले १३ ओभर खेल्दै २ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।
२९ माघ, काठमाडौं । आईपीएल-सातको लिलामीमा रोयल च्यालेन्जर्स बेंङ्ग्लोरले भारतका चर्चित खेलाडी युवराज सिंहलाई १४ करोड भारुमा किनेको छ । उनले पाएको रकम यो लिलामीको सवैभन्दा धेरै हो ।
दिल्लीका विस्फोट व्याट्सम्यान वीरेन्द्र सहवागले भने अपेक्षा गरेजस्तो मूल्य पानन् । उनलाई किङ्ग्स इलाभेन पन्जाबले ३ करोड २० लाखमा किनेको छ । सहवाग र युवराजको आधार मूल्य दुई करोड थियो ।
दिनेश कार्तिकलाई दिल्ली डेडरडेविल्सले १२ करोड ५० लाख भारुको बोली लगाएको छ ।
इंग्ल्याण्डका ब्याट्सम्यान केभिन पिटरसनलाई दिल्ली डेडरडेविल्सले राइट टु म्याच कार्ड प्रयोग गर्दै ९ करोडमा किनेको छ । श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्द्धने र न्यूजिल्याण्डका रोज टेलरलाई भने कसैले पनि किनेनन् ।
पछिल्लो लिलामीमा मोटो रकम पनएका युसूफ पठानले यो पटक ३ करोड २५ लामा मात्र पाएका छन् । उनलाई पूरानै टिम कोलकत्ता नाइट राइडर्सले किनेको छ ।
२१ माघ, नयाँदिल्ली । पूर्व क्रिकटर सचिन तेन्दुलकरलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मान गरिएको छ । भारत रत्न पाउने सचिन पहिलो खेलाडी हुन् ।
sachinराष्ट्रपति भवनमा आयोजित एक समारोहतमा राष्ट्रपति प्रणब मुखर्जीले सचिनसँगै रसायन शास्त्री प्राध्यापक सीएनआर रावलाई भारत रत्न प्रदान गरे ।
सम्मानपछि रचिनले भनेका छन्-मलाई गर्व छ कि म भारतमा जन्मिएँ । भलै मेरो व्याटिङ रोकिएको छ । तर, म भारतका लागि लगातार व्याटिङ गरिरहनेछु ।’
सचिनले गत नोभेम्बरमा मुम्बईमा वेष्टइण्डिजविरुद्धको आफ्नो २०० औं टेष्टमा सन्यास लिएका थिए । सचिनले अन्तिम टेष्ट खेलिरहेको बेला भारत सरकारले उनलाई यो सर्वोच्च सम्मान दिने घोषणा गरेको थियो ।
सचिनले करियरमा २०० टेष्ट खेलेका छन् र १५ हजार ९ सय २१ रन बनाएका छन् । टेष्टमा उनको उच्चतम स्कोर २ सय ४८ हो । टेष्टमा उनले ५१ शतक र ६८ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा ४ सय ६३ खेल खेलेका उनले १८ हजार ४ सय २६ रन बनाएका छन् । जसमा ४९ शतक र ९६ अर्शशतक पनि पर्छ ।
काठमाडौ, माघ ७ -
क्यानडासँग १२ रनले पराजित
वान डे मान्यता पाउने र अर्को बर्ष हुने एक दिवसीय विश्वकप खेल्ने अवसर गुमाइसकेको नेपाल आज क्यानडासँग पनि पराजित भएको छ ।
न्यूजील्याण्डको क्राइष्टचर्च मैदानमा भएको प्ले अफ खेलमा नेपालल क्यानडासँग १२ रनले पराजित भएको हो ।
४१ ओभरमा झारिएको खेल पूरा खेलेर क्यानडाले ९ विकेटको क्षतिमा दुईसय ५६ रनको लक्ष्य दिएको थियो ।
टस जितेको क्यानडाले व्याटिङ राजेको थियो । अघिलला तीन खेलभन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपाल सान्त्वना जितबाट बञ्चित भयो । नेपालले ४१ ओभर खेलेर ८ विकेटको क्षतिमा दुईसय ४३ रन मात्रै बनाउन सक्यो ।
हङकङसँगको अघिल्लो खेलमा शून्य रनमा आउट भएका उपकप्तान ज्ञानेन्द्र मल्लले ८६ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ९७ बलको सामना गर्दै शतक नजिक पुगेका थिए ।
ओपनर प्रदीप ऐरीले २६ रन जोडे पनि सागर पुन भने शून्य रनमै आउट भए । ३ बल खेलेर उनी तरिब कुरमको बलमा क्याच आउट भएका हुन ।
कप्तान पारस खड्का, बिनोद भण्डारी र सरद् भेषवाकरले समान १७ रन जोडे । नेपालका लागि बसन्त रेग्मीले २५ रनको योदान गरे ।
पृथु बास्कोटा र शक्ती गौचन पनि समान १५ रन बनाएर पवेलियन फर्किदा सोमपाल कामी ८ रनसहित नटआउट रहे । उनले आजको खेलमा ३ विकेट लिएका छन् ।
आजको खेलमा रेग्मीले २, सागर पुन र शक्ती गौचनले १-१ विकेट लिए ।
नेपाल आफ्नो पहिलो खेलमा यूएई, दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खलमा हङकसँग पराजित भएको हो ।
काठमाडौ, माघ ५ -
हङकङसँग नेपाल १० विकेटले पराजित
एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको छ । टस हारेर पहिलो व्याटिङ निम्तो पाएको नेपालले एकसय ५० रन मात्रै बनायो । नेपालका तीन बाहेक सबै व्याट्सम्यान दोहोरो अंक बनाउनबाट चुक्दा नेपालले हङकङलाई झिनो लक्ष्य दिएको हो ।
४९ ओभर तीन बल खेलेको नेपालका लागि बसन्त रेग्मीले ४५, पारस खड्काले २९ र सोमपाल कामीले २६ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा बाँकी सबै व्याटम्यान दोहोरो अंक नबुल्दै आउट भए ।
नेपालले दिएको लक्ष्यलाई हङकङले ३३ ओभर २ बल खेल्दै बिना विकेटको क्षतिमा सहजै भेट्टायो । उसका लागि इरफान अहमद र वाकस बर्कतले अविजित ८६ र ५६ रन बनाए ।
मात्र ५ रनको साझेदारी खेलेर आउट भएका नेपालका प्रारम्भिक व्याट्सम्यान अनिल मण्डल दोस्रो ओभरमा आउट भएका थिए । क्रिजमा आएका ज्ञानेन्द्र मल्ल पनि शून्य रनमै आउट भएपछि नेपालल लगातार ओरालो लागेको थियो । नेपालले तेस्रो ओभर जारी रहँदा अर्को व्याट्सम्यान सागर पुनलाई गुमायो ।
१ रन बनाउने बित्तिकै पृथु बास्कोटा, ८ रन मात्रै जोडेका शक्ती गौचन आउट भएपछि नेपालको साख बनाउच सरद भेषवाकरको प्रयास पनि काम लागेन । शंकटमोचक मानिएका सरद ४ रनमै आउट भए ।
२४ औं ओभर जारी रहँदा ६१ रन मात्रै जोडेको नेपालले सातौं विकेटको क्षतिमा बसन्त भण्डारीलाई गुमायो । नेपालको पारी सम्हाले प्रयासमा लागेका कप्तान पारस खड्का २७ औं ओभरमा २९ रन बनाएर क्याच आउट भए ।
अर्धशतक नजिक पुगेका बसन्त रेग्मी पनि ४९ ओभर ३ बल खेल्दे क्रममा क्यान आउट भए ।
नेपालका लागि बलिङ गरेका सोमपाल कामी, अनिल कर्ण, बसन्त रेग्मी, शक्ती गौचन, पृथु बास्कोटा र सागर पुन विकेट लिन असफल भए ।
पहिलो खेल यूएई र दोस्रो खेल स्कटल्याण्डसँग हारेको नेपालको विश्वकप छनौट हुने वा वान डे मान्यता पाउने सम्भावना लगभग समाप्त भएको छ ।
काठमाडौ, पुस २९ - न्यूजील्याण्डमा सुरु भएको वान डे विश्वकप छनौटको पहिलो खेलमा नेपाल यूएईसँग १०२ रनले पराजित भएको छ ।
टस जितेर पहिले फिल्डिङ राजेको लागि यूएइका व्याट्सम्यान साइमान अन्वारको सेन्चुरी चुनौति बन्यो । अन्वारको सेन्चुरीसँगै नेपाललाई यूएईले २९७ रनको लक्ष्य दिएको थियो । समूह ए को पहिलो खेल खेलमा अन्वारले ९६ बल खेल्दै १०९ रन बनाए ।
सुरुवाती व्याट्सम्यान अनिल मण्डललाई दोस्रो ओभरको पहिलो बलमै गुमाएको नेपालको रनरेट सुरुदेखि नै खस्कियो । १८ औं ओभरको खेल जारी रहँदा नेपालले मात्र ५३ रन बनाएर ५ विकेट गुमाएको थियो ।
नेपालका लागि सरद् भेषवाकरले अर्धशतक (५४) बनाएपनि जितको लागि पर्याप्त भएन् । यूएईका बलरसामू निरीह देखिएका नेपाली खेलाडी ४८ ओभर एक बल खेल्दै १९५ रनमै अल आउट भए ।
नेपालका लागि बसन्त रेग्मीले ३, जितेन्द्र मुखियाले २ विकेट लिए । शक्ती गौचन र सागर पुनले एक-एक विकेट लिए ।
काठमाडौ, पुस २८ - नेपाली क्रिकेट अहिले स्वर्ण युगमा छ । एकपछि अर्को सफलतालाई चुमिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को सफलताका लागि न्युजिल्यान्डमा रहेको छ ।
सन् २०१५ मा हुने आईसीसी वान-डे विश्वकप छनोटका लागि पहिलो खेलमा नेपालले सोमबार
रंगीओरा ओभल मैदानमा परम्परागत प्रतिद्वन्द्वी यूएईको सामना गर्नेछ । नेपाली समयअनुसार बिहान ३.१५ मा सुरु हुने खेलमा पाउने सफलताले नेपाली टिमको थप सम्भावनाको संकेत गर्नेछ ।
आईसीसी छनोटको समूह 'ए' मा रहेको नेपालको यूएईबाहेकका हङकङ, क्यानडा र स्कटल्यान्ड प्रतिद्वन्द्वी छन् । वान-डेमा नेपालका लागि हङकङ र यूएई पुरानै प्रतिस्पर्धी हुन् भने अन्य दुई नयाँ । तर नेपालले क्यानडा र स्कटल्यान्डसँग ट्वान्टी-ट्वान्टी विश्वकपको छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ । दुवैसँगको भेट नेपालका लागि सुखद भने रहेको थिएन ।
दुई महिनाअघि यूएईमा भएको छनोटमा तेस्रो स्थान हासिल गर्दै बंगलादेशमा हुने आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोटले उत्साहित नेपाल अर्को स्वर्ण इतिहास रच्ने अभियानमा रहेको छ । यसका लागि नेपालले सुरुमा समूह चरणमा कम्तीमा शीर्ष तीनमा रहँदै सुपरसिक्सको यात्रा गर्नुपर्नेछ । सुपरसिक्समा पहिलो र दोस्रो स्थानमा रहने दुई टिमले विश्वकप खेल्न पाउनेछन् भने शीर्ष चारमा रहनेले वान-डे मान्यता पाउनेछन् ।
नेपालका लागि यो यात्रा कठिन छ तर असम्भव भने पक्कै छैन । आफूभन्दा बलिया र वान-डे मान्यता पाइसकेका टिमको समूहमा रहे पनि नेपाल विपक्षीलाई दबाबमा राख्न सक्षम देखिन्छ ।
यूएईले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप तेस्रो स्थानमा टुंग्याएको थियो । तर पछिल्लो समयमा यूएईविरुद्धको प्रदर्शनले नेपाल आत्मविश्वासी बनेको छ । एसीसी ट्रफी एलिटको समूह चरणमा चार विकेटले हराएको नेपालले फाइनलमा म्याच टाई गरेपछि यूएईसँग संयुक्त विजेता बनेको थियो । एसियाली क्रिकेटमा नेपालले पाएको त्यो सबैभन्दा ठूलो सफलता थियो ।
न्युजिल्यान्डको वातावरण नेपाली टिमका लागि नौलो देखिन्छ । त्यसैले त्यसमा घुलमिल हुन नेपाली टिम दुई साताअघि श्रीलंकाबाट त्यहाँ पुगेको हो । नेपालले स्थानीय टिम केन्टरवरी सेलेक्सन-११ सँग पाँच अभ्यास खेल खेल्ने तय भए पनि वषर्ाका कारण तीन खेलमात्र सम्भव भएका थिए । त्यसमध्ये दुईमा नेपाली टिमले जित हासिल गरेको थियो भने एकमा पराजय बेहोरेको थियो ।
प्रतियोगिताअघिको दुई अभ्यास खेल नेपालका लागि राम्रो हुन सकेन । नामिबिया र केन्यासँगको खेलमा नेपाल पराजित हुन पुग्यो । नियमित कप्तान पारस खड्काको ढाडको समस्या नेपाली टिमको टाउको दुखाइ बनेको छ । तर प्रशिक्षक पुबुदु दसानायकेले उनले पहिलो खेलमा सहभागिता जनाउन सक्ने बताएका छन् । दुवै अभ्यास खेलमा ज्ञानेन्द्र मल्लले टिमको नेतृत्व गरेका थिए भने प्रशिक्षकले पारसलाई आराम दिएका थिए ।
दुवै खेलमा पराजित भए पनि नेपाली टिमले आफ्नो कमजोरी र सबल पक्ष खुट्याउने मौका भने पायो ।
अष्ट्रेलिया, पुस २६ - एक दिवसीय क्रिकेट छनौट तयारीका लागि आजदेखि सुरु भएको अभ्यास खेलमा नामिबियाले नेपाललाई ४ रनले पराजित गरेकोे छ । बिनोद भण्डारीको उत्कृष्ट ब्याटिङका वावजुद नेपालले खेल आफ्नो पक्षमा बनाउन सकेन ।
नामिबियाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले पुरै ५० ओभर खेलेर २ सय २७ रन मात्रै बनायो ।
न्युजिल्याण्डको क्राइस्टचर्चस्थित वरउड पार्कमा भएको अभ्यास खेलमा नामिबियाले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।
नामिबियाले ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको थियो । सो लक्ष्यलाई भेट्न मैदानमा उत्रिएको नेपाली टोलीका अग्रपंक्तीका ब्याट्सम्यानहरुले उल्लेख्य रन नबनाई आउट भए ।
सुरुवाती व्याट्सम्यानले सम्हाल्न नसकेको रनरेट मध्यक्रमका बिनोद भण्डारी र बसन्त रेग्मीले थामेका थिए । बिनोदले ६० बलमा ३ छक्का र ८ चौकाको मद्दतले ६५ रन र बसन्तले ४ छक्का र २ चौका हान्दै २६ बलमा ३९ रन बनाए ।
अन्तिम विकेटमा रहेका शक्ति गौचन र सोमपाल कामीले ३ ओभरमा १८ रनको साझेदारी गरेका भएपनि जितका लागि पर्याप्त भएन् ।
पहिलो इनिङमा ब्याटिङ्ग गर्दै नामिबियाका तर्फबाट निकोलस स्कोजले सर्वाधिक ७९ रन जोडे । स्टेफन बार्डले ७३ रन बनाएका थिए । यसैगरि क्रिस्टी भिल्जोनले ३७ रन बनाए । यसबाहेक अन्य सबै खेलाडीहरुलाई नेपाली बलरहरुले सस्तैमा समेटेका थिए ।
नेपालको तर्फबाट उत्कृष्ट बलिङ्ग गर्दै सोमपाल कामीले १० ओभरमा मात्र ३६ रन दिएर २ मेडनसहित ४ विकेट लिए । यसैगरी बसन्त रेग्मीले २ विकेट लिएका थिए भने सागर पुन, पृथु बास्कोटा, जितेन्द्र मुखियाले १-१ विकेट बाँडेका थिए ।
लक्ष्य पछ्याउँदै ओपनरका रुपमा मैदानमा उत्रिएका महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले क्रमश १ र १५ रन बनाए । त्यसपछि क्रिजमा आएका कुनैपनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नामिबियाका तर्फबाट जे स्मिटले २ र क्रिष्टी भिलोजेनले ३ विकेट लिए ।
नेपाली टिमका तर्फबाट सागर पुनले २१ र सरद् भेषवाकरले २० जोडेका थिए भने अनिल मण्डल १९ र पृथु बाँस्कोटाले १० रनको योगदान दिए । भोली नेपालले केन्यासँग अर्को अभ्यास खेल खेल्नेछ ।
यसैगरी आजै न्युजिल्याण्डमा भएको अन्य अभ्यास खेलहरुमा हङकङले केन्यालाई २ रन र साउदी अरबले युगाडालाई ७३ रनले पराजित गरेको छ ।
काठमाडौ, पुस २४ - नेपाली महिला क्रिकेटले स्वरूपमा परिवर्तन मात्र के गरेको थियो, यो साता कीर्तिमानको ओइरो नै लाग्यो । सातौं संस्करणदेखि ४० ओभर खेल सुरु भएपछि ६ दिनमै चार शतक बनेको छ ।
ब्याट्सवुमनले एकपछि अर्को शतक बनाउन थालेपछि पुरुष क्रिकेटले वर्चस्व कायम गरेको क्रिकेटमा महिलाले पनि आफ्नो रौनक देखाउन सुरु गरेका छन् । यसअघिका छ संस्करणमा कुनै शतक बनेका थिएनन् ।
प्रतियोगितामा मंगलबार शतकको नयाँ कीर्तिमान बन्यो । अनुभवी निरा राजोपाध्यायले पोखराविरुद्ध सबैभन्दा छिटो शतक पूरा गरिन् । एपीएफबाट खेल्दै नटआउट १ सय १७ रन बनाएकी उनले ७० बलमा सय रन पूरा गरेकी हुन् । उनले एकै ओभरमा छ चौका हानिन् । ३९औं ओभरमा पोखराको बलिङ सुनिता जिसीले सम्हालेकी थिइन् । त्यसै ओभरको चौथो बलमा निराले शतक पूरा गरिन् भने सबै बललाई 'बाउन्ड्री लाइन' कटाइन् । उनले जम्मा १८ चौका प्रहार गरिन् ।
बैतडीकी रेखा रावलले शनिबार पोखराविरुद्ध ७४ बलमा बनाएको कीर्तिमान पूर्वराष्ट्रिय कप्तान निराले भंग गरिन् । 'कीर्तिमान बनाउन सकेकामा खुसी छु,' काठमाडौं मखनकी निराले भनिन्, 'शतक प्रहार गर्नेबारे सोचेकी थिइनँ, तर पूरै ओभर टिकेर खेल्छु भन्ने थियो ।'
उनले कम बलमै शतक बनाएको इनिङ्स सकिएपछि मात्र थाहा पाएको बताइन् । 'अर्धशतक बनाएपछि शतक प्रहार गर्छु जस्तो लागेको थियो,' एपीएफकी कप्तानले भनिन्, 'पहिले २५ ओभरको खेल हुँदा कम रन बन्थ्यो । अहिले बढी रन बनाउन सजिलो भएको हो ।'
महिला क्रिकेटको प्रशिक्षक पनि रहेकी उनले दक्षिण कोरियाबाट आएका खेलाडीलाई पनि सिकाइरहेकी छन् । उनले यू-१९ राष्ट्रिय क्रिकेटमा काठमाडौं टिमलाई प्रशिक्षण दिएकी थिइन् ।
चौथो क्रममा ब्याटिङ गर्न आएकी उनले सीता मगरसँग नटआउट १ सय ६१ रनको साझेदारी गरेपछि एपीएफले २ सय ८७ रनको फराकिलो अन्तरको जित दर्ता भएको थियो । यसअघि नेरी थापा, रेखा रावल र अञ्जली चन्दले शतक बनाए । पहिलो शतक पूरा गर्ने कीर्तिमान नेपालगन्जकी कप्तान नेरीको नाममा रह्यो ।
'प्रतियोगिताको स्वरूप परिवर्तनले पनि ब्याटिङ राम्रो भएको छ,' महिला राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसकेका अरुण अर्यालले भने, 'यस पटक सहभागी टिमको स्तरमा पनि फरक देखियो ।'
अहिलेसम्म सम्भव भएका चारमध्ये तीन शतक पोखराविरुद्ध नै बने । रेखाले १ सय ३१ रनको सबैभन्दा धेरै रनको कीर्तिमान र अञ्जलीको शतक पनि शनिबार पोखराविरुद्ध बनेको थियो । पुरुष क्रिकेटमा भने एक संस्करणमा तीन शतकमात्र बनेको छ भने जम्मामा छ बनेका छन् ।
काठमाडौं/महेन्द्रनगर- देशमा महिला क्रिकेट सुरु भएको १० वर्ष पनि पुगेको छैन। यति कम समयमा दुई खेलाडीले शनिबार चारवटा यस्ता कीर्तिमान राखे, जुन पुरुषको खातामा समेत छैन। बैतडीकी रेखा रावल र अञ्जली चन्दले शतकसहित महिला क्रिकेटमा आठ कीर्तिमान राखेका थिए, जसमध्ये चारवटा पुरुष राष्ट्रिय क्रिकेटमा समेत बन्न नसकेका कीर्तिमान हुन्।
राजधानीमा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा रेखा र अञ्जलीले शतक बनाउँदै अघिल्लो दिन नेरी थापाले देखाएको बाटो पछ्याए। नेपालगन्जकी नेरी शुक्रबार काठमाडौंविरुद्ध १ सय २१ रन बनाउँदै महिला राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउने खेलाडी बनेकी थिइन्।
रेखाको अविजित १ सय ३१ र अञ्जलीको १ सय ११ रनसहित बैतडीले पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा १ विकेट गुमाएर कूल ३ सय ६२ रन बनायो। पोखरालाई ३१.२ ओभरमा १ सय ३३ रनमा सीमित गर्दै बैतडीले २ सय २९ रनको विशाल विजय हात पार्यो। महिला क्रिकेटमा यो अहिलेसम्मकै ठूलो रन अन्तरको विजय हो।
एकै इनिङ्समा दुई शतक सम्भव भएको पनि पहिलोपटक हो। रेखाले अघिल्लो दिन नेरीले बनाएको व्यक्तिगत उच्च स्कोर पनि उछिनिन्। रेखाले द्रोपदी कुँवरसँग पहिलो विकेटमा १ सय १४ रनको साझेदारी गरिन्। महिला क्रिकेटमा पहिलो विकेटमा पहिलोपटक शतकीय साझेदारी बनेको हो।
रेखा र अञ्जलीले दोस्रो विकेटमा २ सय ४८ रनको अविजित साझेदारी गरे। यो महिला क्रिकेटकै ठूलो साझेदारी हो। रेखाले ७४ बलमै शतक पूरा गरेकी थिइन्। अघिल्लो दिन नेरीले १ सय ९ बलमा शतक बनाएकी थिइन्। रेखाले १९ र अञ्जलीको १५ चौका गरी बैतडीले खेलमा कूल ३६ चौका प्रहार गर्योा। नेपालगन्जले शुक्रबार यसअघि एकै इनिङ्समा सर्वाधिक २५ चौका प्रहार गरेको थियो।
यी आठ कीर्तिमानमध्ये २ सय ४८ रनको साझेदारी, बैतडीले बनाएको कूल ३ सय ६२ रनको स्कोर, २ सय २९ रनको विजय र एकै इनिङ्समा दुई शतक यसअघि पुरुष राष्ट्रिय क्रिकेटमा समेत बनेको थिएन।
क्षेत्रीय संरचनामा आएको १० वर्षसम्म पुरुष राष्ट्रिय क्रिकेटमा तीन शतक मात्र बनेका थिए। गत वर्ष मात्रै एकै राष्ट्रिय प्रतियोगितामा छ शतक बनेका थिए। यसमा वीरगन्जका अमित श्रेष्ठ एक्लैले दुई शतक बनाएका थिए।
कीर्तिमानी खेलाडीद्वय रेखा र अञ्जली बैतडीको दशरथ चन्द नगरपालिका–५ बस्कोटका हुन्। दुवैले गाउँकै दशरथ चन्द उमाविवाट पढाइ थाले। विद्यालय छेउकै मैदानमा उनीहरू क्रिकेटमा होमिए। खेलकै कारण रेखाले पढाइ त्यागिन्। अञ्जली भने बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत छिन्।
'खेल र पढाइ एकसाथ अघि बढाउन सकिनँ,' रेखाले नागरिकसँग भनिन्, 'क्रिकेटमा केही गर्न सकेकोमा पढाइको पछुतो छैन।'
२०६४ मा प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जिल्लामा महिला क्रिकेट टिम बनाएका थिए। रेखा र अञ्जली टिममा परे। 'दुवै निकै मेहनती थिए, त्यसैको फलस्वरुप राम्रो प्रदर्शन गर्न सकेका हुन्,' क्षेत्र नम्बर ६ बैतडीका प्रशिक्षक चन्दले भने, 'मैले गरेको मेहनत बल्ल देखियो।'
रेखा र अञ्जलीले पहिलोपल्ट २०६४ मा द्वारिकादेवी ठकुरानी क्षेत्रीय महिला क्रिकेट खेलेका थिए। त्यही वर्ष दुवै क्षेत्रीय टिममा परे। सिनियर राष्ट्रिय प्रतियोगिता खेलेकी रेखा राष्ट्रिय टोलीमा परिन्। उनले २०६५ मा पहिलोपल्ट थाइल्यान्डमा सम्पन्न एसिसी यु–१९ महिला क्रिकेट खेल्ने अवसर पाइन्। पहिलो सहभागितामै १४ विकेट लिएकी थिइन्। उनी त्यसयता चारपटक नेपाली टोलीमा परिसकेकी छन्।
अञ्जलीले पहिलोपल्ट सन् २०१० मा सिंगापुरमा एसिसी यु–१९ प्रतियोगिता खेलिन्। उनले तीनपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकिन्। दुवै बैतडीका अलराउन्डर हुन्।
पछिल्लो समय बैतडीको क्रिकेट कमजोर बन्दै गएको थियो। अझ महिला क्रिकेट टोलीले कमजोर प्रदर्शन गर्दै आएको अवस्थामा रेखा र अञ्जलीको प्रदर्शनले आशा पलाएको बैतडीका अध्यक्ष तथा क्यान उपाध्यक्ष चतुरबहादुर चन्दले बताए।
'रितु कनौजिया र सोनु खड्का एपिएफमा आबद्ध हुँदा क्षेत्र कमजोर बनेको थियो,' उनले भने, 'अब अन्य खेलाडीलाई हौसला मिलेको छ।' बैतडी टुक्रिएर दुई क्षेत्र बन्दा सुदूरपश्चिमको क्रिकेट कमजोर बनेको स्थितिमा रेखा र अञ्जलीको प्रदर्शनले उत्साह ल्याएको चन्दको बुझाइ छ।
नेपाली क्रिकेटका कम्प्युटर एनालिस्ट तथा अम्पयार रमन सिवाकोटीले फरक संरचनाका कारण महिला खेलाडी खुलेर खेल्न थालेको बताए।
'मौका नपाएर हुन सक्छ, लामो ओभरको खेल खेल्न पाएपछि खेलाडी खुलेर खेल्न थालेका छन्,' उनले नागरिकसँग भने, 'नेपाली पुरुष टोली एकपछि अर्को राम्रो नतिजा दिँदै विश्वकपमा पुगेको छ, यसले महिला खेलाडीको जोश बढाएजस्तो देखिन्छ। राम्रो खेल्ने हो भने विश्वकप सम्भव छ भनेर महिला खेलाडीले महशुस गरेको हुनुपर्छ।'
नेपाली क्रिकेटको संरचना परिवर्तन गर्दै पहिलोपटक महिला क्रिकेट ४०–४० ओभरको खेलाइएको हो। महिला राष्ट्रिय क्रिकेटका यसअघिका ६ संस्करण २५ ओभर वा ट्वान्टी–२० संरचनाको हुने गर्थ्यो। कीर्तिमानको ओइरो लाग्नुको मुख्य कारण सिवाकोटी यसैलाई मान्छन्।
'गौरवान्वित' बैतडी
बैतडीका दुई खेलाडीले कीर्तिमान राखेपछि त्यहाँका अन्य महिला खेलाडी पनि उत्साहित बनेका छन्। 'आज म धेरै खुसी छु, मेरा साथीहरूले इतिहास रचेका छन्,' बैतडीबाट क्रिकेटमा पाइला टेकेकी रितु कनौजियाले भनिन्। रेखा र अञ्जलीले शतक बनाउँदा बैतडीकी पूर्वकप्तान रितु सशस्त्र प्रहरीको एपिएफ क्लबबाट जनकपुरविरुद्ध भक्तपुरमा खेलिरहेकी थिइन्।
'मैदानमै रेखा र अञ्जलीको शतकको चर्चा सुनेँ,' रितुले खुसी व्यक्त गर्दै भनिन्, 'हतारहतार भक्तपुरको सैनिक मैदानबाटै रेखालाई बधाई दिएँ।' रितु चार वर्षदेखि एपिएफ क्लबमा आबद्ध छिन्।
रेखा, अञ्जली र रितुले एकसाथ बैतडीमा क्रिकेट थालेका हुन्। उनीहरू दशरथ चन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा सँगै अभ्यासमा जुट्थे। एपिएफमा आबद्ध हुनुअघिसम्म रितुले बैतडीको कप्तानी सम्हालिन्। 'रेखा र अञ्जलीको खेलले उत्साह बढेको छ,' रितुले भनिन्, 'स्रोतसाधनको अभावसँग जुधेर पनि केही गरेर देखाए।'
उनले प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्। 'म पनि बैतडीकै टिममा राम्रो गर्न चाहन्थेँ। तर आर्थिक अवस्था कमजोर हुँदा एपिएफमा आबद्ध हुनुपर्योे,' उनले दुःखेसो पोखिन्, 'साथीहरूसँग मैदानमै खुसियाली बाँड्न नपाउँदा दुःख लागेको छ।'
रितुकै कप्तानीमा बैतडीले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपल्ट महिला क्रिकेटको ट्रफी उचालेको थियो। लगत्तै रितुले नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने मौकासमेत पाइन्।
रेखा र अञ्जलीको प्रदर्शनबारे माया रावतले महेन्द्रनगर घरमै खबर पाइन्। राष्ट्रिय टोलीबाट तीनपल्ट खेलिसकेकी बैतडीकी पूर्वउपकप्तान मायाले दुवैको शतकले उत्साही पारेको बताइन्।
'हामीलाई अझै केही गर्ने हौसला मिलेको छ,' उनले भनिन्, 'खस्कँदै गएको सुदूरपश्चिमको महिला क्रिकेट बलियो पार्न बल मिलेको छ।' घरमै रहेकी उनलाई राजधानीमा रहेकी महेन्द्रनगरकी कप्तान रोशनी बोहराले खबर सुनाएकी थिइन्। 'सुरुमा विश्वासै लागेन,' मायाले भनिन्, 'म पनि शतक हान्थेँ जस्तो मनमा उत्साह जागेको छ।'
महिला क्रिकेटको सुरुआत
माओवादी द्वन्द्व क्रममा नेपालगन्ज सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक थियो। २०६२ सालमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको अगुवाइमा प्लान इन्टरनेसनलको सहयोगमा नेपालगन्जमा महिला क्रिकेटको सुरुआत भयो।
त्यसअघि भैरहवामा पनि महिला क्रिकेटका प्रदर्शन खेल खेलिएका थिए। तर सबै चर्चा नेपालगन्जमा भएको स्कुल महिला क्रिकेटपछि नै भयो। नेपालगन्जको यो प्रयासलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले २००६ मा 'बेस्ट वुमन्स क्रिकेट इनिसिएटिभ' नामक ग्लोबल अवार्ड नै प्रदान गर्योो।
एसियाली क्रिकेट परिषदले २००७ मा महिला क्रिकेट प्रतियोगिताको सुरुआत गरिने जनाइसकेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले त्यसैलाई लक्ष्य गरेर २०६३ मा प्रदर्शनी प्रतियोगितामार्फत नेपालमा महिला क्रिकेटको सुरुआत गर्योन। नेपालगन्ज, भैरहवा र काठमाडौंले प्रतियोगिता खेल्ने निश्चित भइसकेको थियो। बैतडी स्वस्फुर्त रूपमा अन्तिम समयमा सहभागी हुन आएको हो।
त्यही प्रदर्शन प्रतियोगिताबाट मलेसियामा २००७ मा भएको एसिसी वुमन्स च्याम्पियन्सका लागि महिला टोली बनाइयो। १४ सदस्यीय नेपाली टोलीमा नेपालगन्जका ७ र बैतडीका ४ खेलाडीले स्थान पाए। नेपाल पहिलो प्रयासमै एसिसी प्रतियोगिताको फाइनलमा पुग्यो। त्यो नै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको पहिलो र अन्तिम फाइनल हो। एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपको पहिलो ३ संस्करणै नेपालले जितेको छ।
हरेक वर्ष महिलाको राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ। सहभागी टोली बढेर १० पुगेका छन्। क्यानले तोकेको ९ क्षेत्रीय टोली र सशस्त्र प्रहरी बलले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। भर्खर नयाँ क्षेत्र पाएको महेन्द्रनगरले यसै प्रतियोगिताबाट महिला क्रिकेटमा पाइला टेक्दै छ।
वर्षमा एक पटकमात्र आयोजना हुने राष्ट्रिय प्रतियोगिताका कारण महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रदर्शन नतिजाका आधारमा ओरालो लाग्दो छ। नयाँ संरचना र जारी प्रतियोगितामा देखाएको खेलाडीको जोशिलो प्रदर्शनले महिला क्रिकेटले पुरुष क्रिकेटले देखाएकै बाटो समाउने विश्वास धेरैको छ।
कीर्तिमानको ओइरो
– एकै इनिङ्समा दुई शतक (पुरुषमा समेत)
– रेखा र अञ्जलीद्वारा २ सय ४८ रनको साझेदारी (पुरुषमा समेत)
– कूल ३ सय ६२ रनको स्कोर (पुरुषमा समेत)
– २ सय २९ रनको फराकिलो विजय (पुरुषमा समेत)
– ओपनिङ जोडीद्वारा पहिलोपटक शतकीय साझेदारी
– रेखाद्वारा ७४ बलमै शतक पूरा गरी सबभन्दा छिटो शतक
– १ सय ३१ रन बनाई रेखाद्वारा उच्च व्यक्तिगत स्कोर
– सबभन्दा बढी ३६ चौका प्रहार
काठमाडौ, पुस ६ - विश्वकप फुटबलको ट्रफी नेपालमा पहिलोपल्ट शनिबार आउँदैछ । ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको पूर्वसन्ध्यामा ट्रफीलाई विभिन्न देशका सहर घुमाउने क्रममा नेपालमा पनि ट्रफी ल्याउन लागिएको हो । पेय पदार्थ कोकाकोलामार्फत ट्रफी नेपालमा ल्याउन लागिएको हो ।
ट्रफी बिहान ९ बजे भुटानबाट नेपाल आइपुग्ने कोककोलाका पदाधिकारीले जानकारी दिए । उनका अनुसार विश्व फुटबल महासंघ (फिफा) को प्राइभेट जेटमा ल्याइने ट्रफीसँगै विश्वकप विजेता टिमका कप्तान हुनेछन् । को कप्तान ट्रफीसँगै आउनेछन् भन्नेचाहिँ शनिबार दिउँसो दशरथ रंगशालामा थाहा हुनेछ ।
ट्रफीबारे सुरक्षाको कारण देखाउँदै कोकाकोला नेपालले केही बोल्न चाहेको छैन । ट्रफी र अन्य जानकारी शनिबार दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा जानकारी दिने कोकाकोलाका पदाधिकारीले बताए । कार्यक्रमका लागि कोक नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग यसअघि नै सहकार्य गरिसकेको छ । ट्रफीलाई विजेता टिमका कप्तान र कुनै पनि देशका राष्ट्रप्रमुखले मात्र छुन वा हातमा लिन पाउनेछन् ।
राष्ट्रपति डा. रामवरण यादवले उक्त ट्रफी उचाल्ने कार्यक्रम पनि रहेको छ । स्रोतका अनुसार ट्रफी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रदर्शन गरिनेछ । ट्रफी कतार, यूएई, बंगलादेश, भुटान हुँदै नेपाल आउन लागेको हो । नेपालबाट ट्रफी भारत, म्यानमार, थाइल्यान्ड, भियतनाम हँुदै जानेछ । फिफाले कोकाकोलासँग मिलेर थालेको ट्रफी टुर यसपल्ट २ सय ६७ दिनको रहेको छ । त्यसमा ८९ राष्ट्रका जनताले यसपल्ट ट्रफी हेर्न पाउनेछन् ।
विश्वकप फुटबल सन् १९३० मा उरुग्वेबाट सुरु भएको हो । फुटबलको विश्वकप ट्रफी १८ क्यारेट सुनको रहेको छ । ट्रफीको उचाइ ११ दशमलव ४ इन्च छ । यसको तौल ५ केजी छ । त्यसको मूल्य करिब १ करोड डलर बराबर छ । ब्राजिलमा सन् २०१४ को जून १२ देखि जुलाई १३ सम्म विश्वका उत्कृष्ट ३२ फुटबल टिमले यही ट्रफीका लागि संघर्ष गर्नेछन् । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन स्पेन हो ।
कोक नेपालले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर राखेर दशरथ रंगशालामा प्रहरीलगायत विभिन्न सुरक्षा निकायको सहयोगमा बाटोहरू शुक्रबारै बनाएको छ । चार लेयरको सुरक्षा प्रणाली अपनाइने भएको छ । आइतबार भारत प्रस्थात गर्ने ट्रफी कोकका विभिन्न स्किमका भाग्यमानी विजेता, नेपालका खेलाडी, नेपाल सरकारका उच्च पदाधिकारीलगायत विभिन्न सर्वसाधारणले हेर्ने अवसर पाउनेछन् ।
सुशीलको क्षणिक खुसी
काठमाडौ, पुस ५ - मंसिर १७ गते । सोमबार । बेलुको समय । क्षेत्रपार्टीस्थिन राजस्थान होटलको लर्बीमा थिए, नवलपरासी मुकुन्दपुर-५ का सुशिल कडेंल ।
उनी कम्प्युटरमा नेट चलाउँदै थिए । त्यहि बेलामा यी १६ वर्षीय युवा क्रिकेटको समाचार पढें ।
त्यो समाचार थियो, यूएईमा डिसेम्बर २८ देखि ४ जनवरीसम्म हुने यू-१९ एसिया कप क्रिकेटको १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक भएको । त्यहि प्रतियोगिताका लागि नेपाली यू-१९ टिमको बन्द सत्रमा बसेका क्षेत्र नम्बर-८ पोखराका खेलाडी सुसिलले आफ्नो नाम पनि १५ भित्र नै अटाएको देखें ।
सिनियर दाई अमित श्रेष्ठसँगै रहेका स्पिनर सुसिल निकै खुसी भए । 'किनकी म पहिलो पल्ट राष्ट्रिय टिममा परेको थिए, त्यो भन्दा खुसीको कुरा के हुन सक्छ र,' बिहीबार घर फर्केका सुसिलले कान्तिपुरसँग भने ।
तर उनको त्यो खुसी केहि बेर पनि टिक्न सकेन । टिममा परेको थाहा भए लगतै उनी होटलबाट निस्किए र अमित र आफूलाई दुईटा जुस किने । जुससँगै दुई चक्लेट पनि फिर्ता आए । सुसिलले चकलेट खाए ।
'त्यो सिधै स्वास नलीमा गएर अडकयो,' सुसिल भन्छन्,'त्यो निकाल्नका लागि होटलमा अरूले सहयोग गरे । तर केही बढी घाटीमा जोड लागेछ ।' एकै क्षणको खुसी दुःखमा बदल्नुलाई उनले ब्याड-लकको संज्ञा दिए । 'यसमा कसैको पनि गल्ती छैन । सबैले सहयोग गर्न खोजेका हुन्,' उनले भने,'तर मेरै भाग्य साथ दिएन ।'
काठमाडौंको ग्रान्डी अस्पतालमा दुई साताको उपचारपछि उनी घर फर्किएका हुन् । उनलाई नेपाल क्रिकेट संघ -क्यान) मा आबद्ध डाक्टर श्रील भगत र ग्रान्डीका डाक्टर व्यापक पौडेलले करिब दुई महिनाको आराम गर्न भनेका छन् ।
'आराम पछि म फेरि क्रिकेटमा र्फकने छु,' सुसिलले आत्मविश्वासका साथ भन्छन्,'मैले हार खाएको छैन । यस पल्ट भाग्यले साथ दिएन । तर मेरो अर्को यू-१९ खेल्ने उमेर छ । फेरि मिहिनेत गरेर टिममा र्फकने छु ।'
सुसिलको स्थानमा मिडियम पेस बलर राहुल प्रताव सिंहलाई राख्न लागेको टिमका प्रशिक्षक जंगबहादुर थापाले बताए । उनले सुसिल राम्रो खेलाडी रहेको उल्लेख गर्दै भने,'त्यो घटना उसको लागि दुर्भाग्य पूर्ण रह्यो । तर सानो भए पनि उ बहादुर र सकारात्मक सोचको रहेछ । सर फेरि अर्को पल्ट टिममा खेल्छु भन्दै गयो ।' उनले थपे,'यस्तो पिडा कसैलाई पनि नपरोस् ।'
काठमाडौं-नेपालले विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेल खेल्दै थियो, युएईमा घरेलु टोलीसँगै। सोमपाल कामी होटलमा टेलिभिजनमा नेपालको खेल हेरिरहेका थिए। 'तिमीले जर्नी टु विश्वकप खेल्नुपर्छ तयार भएर बस्नू,' फोनमा आएको यो सन्देशले सोमपाललाई विश्वास गर्न गाह्रो बनायो।
ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली भोलिपल्ट काठमाडौं फर्कंदै थियो। लगत्तै अर्को दिन एकदिवसीय विश्वकप तयारीलाई जर्नी टु विश्वकप प्रतियोगितामा उत्रनुपर्ने।
'यो प्रतियोगितामा मैले खेल्न पाउँछु भनेर सोचेको पनि थिइनँ, विश्वकप छनोट भएकै टोलीका खेलाडी खेलाउँछ जस्तो लागेको थियो,' निर्दोष स्वभावका सोमपालले भने, 'प्रतियोगिताका लागि नेपाली टोलीमा राखिएपछि मैले बुझेको थिएँ, यहाँ राम्रो प्रदर्शन गर्न सकें भने राष्ट्रिय टोलीको ढोका खुल्नेछ।'
युएईमा हुने एसिसी यु–१९ एसिया कप खेल्न जाने नेपाली टोलीमा सोमपाल पनि छन्। जर्नी टु विश्वकप प्रतियोगितामा एयर इन्डियासँगको फाइनललगत्तै प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टोली बस्दै आएको होटल क्राउन प्लाजामा सर्नु भनेपछि सोमपालले त्यसको केही संकेत बुझिसकेका थिए।
यु–१९ का लागि भनेर उनी भोटेबहालस्थित राजस्थान होटलमा बस्दै आएका थिए। आइतबार होटल साहुजी सानु महर्जन जन्मदिन मनाउँदै थिए, नेपाली यु–१९ टोली। सोमपालको फोन लगातार बज्दै थियो। न्युजिल्यान्डमा अर्को महिना हुने एकदिवसीय विश्वकप छनोटलाई छानिएकाले सोमपाल फोन उठाउन भ्याईनभ्याई थिए। नेपाली यु–१९ टोलीका खेलाडीहरूसहित होटलका कर्मचारी उनलाई बधाई दिन पछाडि परेनन्।
नेपालमा जन्मेर भारतीय क्रिकेट संस्कारमा हुर्किएका खेलाडी हुन्, सोमपाल। सोमपालको मूल घर गुल्मी तोरङ–८ पर्दछ। उनी त्यही जन्मे। उनी ३–४ वर्ष हुँदा जागिरको सिलसिलामा बुबा भारतको पञ्जाब, पटियाला लागे। यस्तै परिवेशमा हुर्किएका अर्का खेलाडी अर्जुन अधिकारीको सहयोगमा उनी भदौको अन्तमा काठमाडौं आएका थिए। एक भारतीय क्रिकेट म्यागेजिन र एकपल्ट टिभीमा सोमपालले नेपाली क्रिकेटको झलक देखेका थिए। त्यो बाहेक नेपाली क्रिकेटबारे उनलाई खासै थाहा थिएन।
एक वर्षअगाडिसम्म भारतमा खेल्दा सोमपाल आफ्नो बलिङको गति प्रतिघन्टा १ सय ३४ किलोमिटरमा बलिङ गरेको बताउँछन्। नेपालमा आएपछि उनले बलिङ गति नापेका छैनन्। अहिले पनि उनको बलिङ गति १ सय ३० रहेको हुनसक्ने धेरैको बुझाई छ। नेपाली टोलीमा तीब्र बलिङको खडेरीजस्तै देखिएको अवस्थामा सोमपालको आगमन भएको हो।
'बाउन्सर' सोमपालको बलिङ खुबी हो। जर्नी टु विश्वकप प्रतियोगितामा उनले १० विकेट लिए। तीन विकेट बाउन्सरमै विपक्षीलाई तर्स्याउँदै लिए। एयर इन्डियासँग पहिलो खेलमा उनले ३ विकेट लिएका थिए। प्रदीप मल्लिक र रितिन्दर सिंह सोढीको विकेट जमेको थियो। सोमपाल दोस्रो स्पेल लिएर आए। उनले बाउन्सरमै मल्लिकलाई विकेटकिपर पछाडि आउट गरे। त्यसमा भारतको पूर्वक्रिकेटर विजय दाहिया र सोढीको विकेट पनि थपियो।
सोमपाल क्विकर पनि राम्रो फाल्छन्। बल लाइनमा मिलाउन नसक्नुलाई उनी आफ्नो कमजोरी मान्छन्। 'मेरो बलिङ अगाडि हुन्छ कि पछाडि। बीचमा खेलाउन सकिरहेको छैन,' उनी आफ्नो कमजोरी केलाउँछन्। योर्कर पनि उनी बेलाबखतमात्र फाल्छन्, यो पनि कमजोरी हुन सक्ने उनको बुझाई छ।
न्युजिल्यान्डको पेस विकेटमा खेल्न पाउनुलाई उनी आफू नेपाली टोलीमा छनोट भएजस्तै भाग्यमानी सम्झन्छन्। 'त्यहाँ घाँसेविकेट हुन्छ, तीब्र बलरलाई निकै फाइदा हुन्छ। हावा चलिरहन्छ, बल स्विङ पनि हुन्छ। बलरले त्यसअनुरुप बलिङ गर्न सक्नुपर्छ,' मेहनत गरे विकेट पाउने बलियो सम्भावना देख्छन् उनी।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनी यु–१९ टोलीको क्याम्प हुँदा नेपाली टोलीले गरेको मेहनत उनले देखेका छन्। 'नेपाली टोलीले धेरै मेहनत गरेको थियो, त्यही भएर टोली ट्वान्टी–२० विश्वकप छानियो, अब मैले यसैलाई निरन्तरता दिनुछ,' सोमपालले भने, 'मैले जतिसक्दो राम्रो खेल्न जरुरी छ।' सोमपालको चाहना १० नम्बर जर्सी लगाएर खेल्नु छ। अहिले त्यो जर्सी नेपाली टोलीमा महेश क्षेत्रीले लगाउँछन्। त्यसमा सोमपालको कुनै गुनासो छैन। उनी भन्छन्, 'समयसँग चल्ने हो।'
तीन दाजुभाइमा सोमपाल जेठा हुन्। उनका बुबा भारतमै रोजगारी गर्छन्। सोमपाललाई क्रिकेट खेल्न घरबाट खासै समर्थन थिएन। काठमाडौं आएर जिल्ला छनोट खेल्दादेखि क्याम्पमा हुँदासम्म उनलाई पटियाला आऊ भनेर बुबाले २–३ पटक फोन गरिसकेका छन्। नेपालबाट यु–१९ खेल्न एसिया कपमा छानिँदा पनि परिवारको खासै प्रतिक्रिया थिएन। राष्ट्रिय टोलीमा छनोट भएर न्युजिल्यान्ड खेल्न जाने भएपछि परिवारले बल्ल 'हरियो झन्डा' देखाएको छ, 'राम्रोसँग खेल्नू, आफ्नो सपना पूरा गर्नू।'
सोमपालको सपना नेपालबाट खेल्नु हो। अब त्यो नयाँ रहेन। क्रिकेटमै जीवन देख्छन् उनी। आर्थिक हिसाबमा नेपाली क्रिकेटमा सक्रिय भइरहन सजिलो छैन। जितेर आउँदा खेलाडीलाई राम्रो पुरस्कार छ, अरु बेला खासै त्यस्तो केही छैन। भारतमा क्रिकेटको आर्थिक रंगीन संस्कार देखेका सोमपालले यो सबै बुझेका छन्। नेपाली क्रिकेट विस्तारै माथि आउँदै गरेको उनले देखेका छन्। उनी भन्छन्, 'बिरुवा रोपेपछि फल आउन केही समय लाग्छ।'
राहुल र अमृत बाहिर
काठमाडौ, मंसिर २४ - नयाँ खेलाडी सोमपाल कामीलाई सामेल गर्दै वान-डे विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । पारस खड्काको नेतृत्वमा रहेको टिममा युवा मिडियम पेस बलर सोमपाल पहिलोपल्ट पर्न सफल भए भने चोटका कारण यूएईमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा टिममा पर्न असफल पृथु बाँस्कोटाले कमब्याक गरेका छन् ।
यूएई भ्रमण गरेका स्पिनर राहुलकुमार विश्वकर्मा र मिडियम पेस बलर अमृत भट्टराई भने टिमबाट बाहिरिए । अमृतको स्थानमा सोमपाल आए भने राहुलको स्थानमा पृथुलाई ल्याइएको हो । यस्तै, प्रशिक्षक पुबुदु दसानायकेले जर्नी टु वल्र्डकप प्रतियोगिताका अन्तिम दुई खेलमा हेर्न बोलाएका भेट्रान स्पिनर राजकुमार प्रधान टिममा पर्न असफल रहे ।
ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेलेका पन्ध्र खेलाडीबाट दुई जनालाई परिवर्तन गरिएको हो । उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिइएको टिममा शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, अनिल मण्डल, विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अविनाश कर्ण छन् । यस्तै, वैकल्पिक खेलाडीमा नरेशबहादुर बुढाऐर, रामनरेश गिरी, अमृत र राहुल छन् । वान-डे विश्वकप छनोट जनवरी १३ देखि फेब्रुअरी १ सम्म न्युजिल्यान्डमा हुँदैछ ।
'मिहिनेत गरेको थिएँ’
टिममा कमब्याक गर्न सफल अलराउन्डर पृथुले त्यसका लागि धेरै मिहिनेत गरेको कान्तिपुरसँग बताए । उनले भने,'चोटका कारण मैले यूएईमा खेल्न पाइनँ । एक महिनासम्म मैले दैनिक खुट्टाको उपचारमै बिताएँ,' उनले भने,'त्यसपछि मैले दैनिक ५ घन्टा अभ्यास गरिरहें । मिहिनेत गरे फेरि टिममा पर्न सकिन्छ भन्ने मलाई पूर्ण विश्वास थियो ।' उनले एउटा विश्वकपमा नेपाललाई पुर्याउँदा नभए पनि वान-डे विश्वकपमा पुर्याउन आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जर्नी टु वल्र्डकपमा ब्याट, बलसँगै फिल्डिङमा राम्रो गरेर प्रशिक्षक पुबुदुको मन जितेका थिए । टिमले न्युजिल्यान्डमा राम्रो गर्न सक्ने पूर्ण विश्वास रहेको प्रशिक्षक पुबुदुले बताए । प्रतियोगिता महत्त्वपूर्ण रहेको र त्यसमा विश्वकप छनोटसँगै वान-डे मान्यता पाउन नेपाली टिमलाई मौका रहेको उनले बताए । उनले धेरै ठाउँमा सुधार गर्नुपर्ने पनि जानकारी दिए ।
काठमाडौ, मंसिर २४ - भनिन्छ, क्षमता र प्रतिभा भए व्यक्तिलाई अघि बढ्न कसैले छेक्न सक्दैन । आइतबार राष्ट्रिय क्रिकेट टिममा पर्न सफल युवा बलर सोमपाल कामीले यही पुष्टि गरे ।
मिडियम पेस बलर सोमपाल काठमाडौं टेकेको चार महिनामै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न मुलुकका तर्फबाट छनोट भएका हुन् । न्युजिल्यान्डमा जनवरी १३ देखि फेब्रुअरी १ सम्म हुने वान-डे विश्वकप छनोट खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको पन्ध्र सदस्यीय टिममा उनी पनि छानिएका हुन् । 'छोटो अवधिमै कुशल प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्ने' १८ वर्षे सोमपाल सम्भवतः पहिलो नेपाली खेलाडी हुन् ।
पुख्र्यौली घर गुल्मी भएका सोमपाल तीन वर्षको उमेरमा परिवारसँगै भारतको पञ्जाबस्थित पटियाला पुगेका थिए । क्रिकेटको देश र क्रिकेटरलाई भगवान्को दर्जामा राखिने ठाउँ पुगेका उनलाई पनि बल फ्याँल्ने र ब्याट घुमाउने जोस चल्यो । 'सानोमा केही समय क्रिकेट हेरेरै बिताएँ,' सोमपालले कान्तिपुरसँग भने, 'बलिङ गर्दा सुरुमा मेरो हात पूरै घुम्दैनथ्यो । त्यसपछि मैले केही समय इँटा लिएर हात घुमाउन थालें र बलिङ गर्न सिकें ।'
उनले पटियाको मल्टिप्रपोज स्कुलमा पढ्दा क्रिकेट खेल्न सिके । मानविकी विषयमा १२ पूरा गरेका सोमपालले भने, 'त्यहाँको इन्डियन पि्रमियर कर्पोरेट लिग खेलें ।' उनका बाबु रामबहादुर पटियालाको विद्युत् कार्यालयमा काम गर्छन् । काका भारतीय आर्मी छन् । रामबहादुर छोरालाई पनि भाइजस्तै आर्मी बनाउन चाहन्थे । 'तर मलाई क्रिकेट मन पर्ने, त्यसैले काकाको जस्तो आर्मीमा जाने सोच बनाइनँ,' उनले सुनाए ।
फेसबुक मित्र काठमाडौंका अर्जुन अधिकारीले उनलाई एक दिन फेसबुकमा सोधे, 'नेपाली नागरिकता छ ?' सोमपाले जवाफ फर्काए, 'मेरो छैन, बुवाको छ ।' लगत्तै गएको भदौमा पहिलोपल्ट उनले काठमाडौं टेके । 'यहाँ आएपछि मिहिनेत गरेर पनि खेल्न थालें र नागरिकता पनि लिएँ,' उनले सुनाए ।
सोमपाल काठमाडौं आएपछि सुरुमा नेपाली क्रिकेट फ्यान क्लबबाट खेल्न थाले । उनको बलिङले सबैलाई चकित पार्यो । तुरुन्तै उनी काठमाडौं जिल्लाको टिममा परे । काठमाडौं क्षेत्र नम्बर-३ बाट सिनियर राष्ट्रिय प्रतियोगिता खेले । तीन साताअघि सकिएको राष्ट्रिय यू-१९ क्रिकेटमा १७ विकेट लिए । यसै साता यू-१९ एसिया कपका लागि पनि उनी नेपाली टिममा पर्न सफल भए ।
उनी अहिले नेपाली मिडियम पेस बलरहरूमध्ये बढी गति फ्याँल्ने खेलाडी हुन् । 'मेरो बलको गति करिब १ सय ३४ किलोमिटर पर-आवर छ,' सोमपालले भने । शनिबार काठमाडौंमा सकिएको जर्नी टु वल्र्ड प्रतियोगिता सोमपालका लागि राष्ट्रिय टिममा अटाउने 'टर्निङ-प्वाइन्ट' रह्यो । उनले चार खेलमा १० विकेट लिए र कीर्तिपुर मैदानमा प्रशिक्षक पुबुदु, कप्तान पारस र सबै नेपाली दर्शकको मन जिते । 'उनको बलिङ न्युजिल्यान्डका घाँसे पिच भएको ठाउँमा राम्रो हुनेछ,' पुबुदुले भने, 'तर उनले अझ धेरै सुधार गर्नुपर्ने छ । एकमहिने प्रशिक्षणमा धेरै सिक्ने छन् ।'
अचानक भारतबाट चार महिनाअघि काठमाडौं आएको आफू नेपाली टिममा पर्न सफल हुनुलाई उनले 'सपना पूरा भएको' बताए । 'मैले अघि बढ्न अझै धेरै मिहिनेत गर्नुपर्छ,' उनले नेपालीपनले मन छोएको खुलाए, 'उता हुँदा मेरो भन्ने थियो, यहाँ आएपछि हाम्रो भन्ने भएको छ । सबैले पे्ररणा दिएका छन् । सबैको आशालाई सफलतामा बदल्न चाहन्छु ।'
काठमाडौं-प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीमा केही परिवर्तन हुने बताएका छन्। आइसिसी विश्वकप छनोट जनवरी १२ बाट न्युजिल्यान्डमा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकिएको समयअनुरुप कुनै पनि टोलीले प्रतियोगिता हुनु १५ दिनअघि टोली छनोट गरिसक्नुपर्नेछ।
'ट्वान्टी–२० र ५० ओभर फरक प्रकृतिका खेल हुन्। रणनीतिक हिसाबमा पनि केही परिवर्तन हुन जरुरी छ,' दासानायकेले शनिबार जर्नी टु विश्वकपको फाइनल सकिएपछि भने, 'एकदिवसीयमा धेरै नियमहरू परिवर्तन भएका छन्, त्यसैले पनि टिममा केही परिवर्तन हुन जरुरी छ।' दासानायकेले आइतबारबाट खेलाडीहरूलाई तीन दिनको बिदा दिएका छन्। बुधबार सुरु हुने बन्द प्रशिक्षणअगावै खेलाडी छनोटको तयारी भइरहेको बताइएको छ।
१५ सदस्यीय टोलीमा अलराउन्ड पृथु बाँस्कोटा र सोमपाल कामीलाई राखिने सम्भावना रहेको बताइएको छ। घुँडाको लिगामेन्टमा समस्या देखिएपछि युएईमा अघिल्लो साता सम्पन्न विश्व ट्वान्टी–२० छनोटबाट पृथु बाहिरिएका थिए। सोमपाल डिसेम्बर २८ देखि युएईमा सुरु हुने एसिसी यु–१९ एसिया कपका लागि घोषित १५ सदस्यीय टोलीमा रहेका छन्।
सोमपाललाई जर्नी टु विश्वकप प्रतियोगितामा नेपाली टोलीबाट खेल्ने अवसर दिइएको थियो। अनिल मण्डलसँगै सोमपालले प्रतियोगितामा नेपालबाट सबै ४ खेल खेलेका थिए। समूह चरणको ३ खेलमा १० विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका सोमपालले फाइनलमा कुनै विकेट लिन सकेनन्। उनले ८.२ ओभरमा ७८ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। न्युजिल्यान्ड जाने नेपाली टोलीमा सोमपाललाई राखिएमा यु–१९ एसिया कपमा उनले खेल्ने सम्भावना कम रहन्छ।
टोली श्रीलंका हुँदै न्युजिल्यान्ड लाग्ने
एकदिवसीय विश्वकप तयारीक्रममा श्रीलंका र न्युजिल्यान्ड जाने भएको छ। डिसेम्बर १७ मा श्रीलंका जाने नेपालले त्यहाँ १० दिन बिताउने छ। नेपाल क्रिकेट संघका सदस्य तथा विश्वकपलक्षित गरेर बनाइएको हाइपर्फमेन्स कमिटीका सदस्य सञ्जिव पाण्डेले श्रीलंकामा नेपालले ४ अभ्यास खेल खेल्नेछ। कस्तो टोलीसँग खेल्ने अझै निधो नभएको उनले बताए।
त्यसपछि डिसेम्बर २७ वा २८ मा न्युजिल्यान्ड लाग्नेछ। न्युजिल्यान्डमा नेपालले आफ्नै व्यवस्थापनमा ४ अभ्यास खेल खेल्नेछ। आइसिसीको तोकिएको तालिकाअनुसार नेपालले क्राइसचर्चमा जनवरी ९ मा नामिबिया र १० मा केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम छ।
आइसिसी विश्वकप छनोटमा नेपाल समूह 'ए' मा युएई, स्कटल्यान्ड, क्यानाडा र हङकङसँगै रहेको छ। नेपालले युएईसँग जनवरी १२ मा युएई, १५ मा स्कटल्यान्ड, १८ मा हङकङसँग, २० मा क्यानाडासँग खेल्ने छ। समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्नेछन्। ६ टोलीबीचको सुपर लिगबाट शीर्ष २ टोली विश्वकपमा पुग्ने छन्।





.jpg)






.jpg)







.jpg)