एमालेलाई गृह दिने सहमति भएको छैन : प्रधानमन्त्री कोइराला




२९ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको वताएका छन् ।
संविधानसभाको भवन नयाँ बानेश्वरमा बुधवार बसेको संविधानसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालय दिनेबारे एमालेसँग सहमति नभएको वताएका हुन् ।
उनले सरकारले केही दिनमै पूर्णता पाउने समेत दावी गरे ।
यस्तै विनाविभागीय मन्त्री एवम् कांग्रेसका तर्फवाट वार्ता टोलीका सदस्य समेत रहेका डा. रामशरण महतले एमालेलाई गृह मन्त्रालय दिने कुनै कुराकानी नभएको वताए ।
उनले भने,’गृहमा दुबै दलको दावी छ । तर गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको भन्ने कुरा सहि होइन ।’ गृहमन्त्रालय नपाएर नै हिजो सपथ ग्रहण कार्यक्रममा एमाले सभासदहरु उपस्थित नभएको कुरा आफूहरुले जानकारी पाएको महतले वताए । महतले एमालेलाई सरकारमा ल्याउनका लागि प्रयास भइरहेको जानकारी दिए ।
गृहमन्त्रालय एमालेलाई दिने भएको सहमति कांग्रेसले उल्लंघन गरेर बेइमानी गर्‍यो रे हो ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै महतले बेइमानी कांग्रेस र एमाले दुवै दलवाट नभएको वताए । उनले भने,’ गृहदिने त्यस्तो सहमति केही भएको छैन । बेइमानी कांग्रेसवाट पनि भएको होइन र उहाँहरु एमालेवाट पनि भएको छैन । सहमतिको प्रयास भइरहेको छ र केही दिनमै टुंग्याउँछौँ ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.