'डिन नियुक्त नगरे पुनः आन्दोलन'


काठमाडौ, माघ २१ - चिकित्साशास्त्र अध्ययन संस्थानमा सोमबारसम्म डिन नियुक्त नभए पुनः आन्दोलन गर्ने प्रा.डा. गोविन्द केसीले चेतावनी दिएका छन् । सातबुँदे मागसहित १४ दिनसम्म आमरण अनशन गरेपछि सरकार बाध्य भएर डा. केसीको मागलाई सम्बोधन गरेको थियो ।

'मन्त्रिपरिषद्ले निर्देशन दिइसकेको छ, वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने सबैको माग पनि छ । तर त्रिवि पदाधिकारीहरूले प्रक्रिया लम्ब्याइरहेका छन्,' डा. केसीले शनिबार कान्तिपुरसँग भने, 'यसले उनीहरूको नियतमा खोट देखिन्छ । त्यसैले सोमबारसम्म नयाँ डिन नियुक्ति नगरिए पुनः आन्दोलनको बाटो अख्तियार गर्न बाध्य हुनुपर्नेछ ।' आफ्नो अनशन रोकिए पनि मेडिकल माफिया र भ्रष्टाचारविरुद्घ अभियान जारी रहेको जनाउँदै उनले भने, 'यति हुँदाहुँदै अझै संस्थानमा गडबडी गर्न खोज्ने प्रयास किन भइरहेको छ भन्ने कतै लुकेको छैन ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.