टेलिकमको निःशुल्क वाईफाई इन्टरनेट सुविधा


१ फागुन, काठमाडौं । राजधानीबासीलाई खुशीको खबर छ । नेपाल टेलिकमले राजधानीका सार्वजनिक स्थानलाई वाईफाई हटस्पट जोन बनाएको छ, जुन स्थानमा २२ दिनसम्म निःशुल्क वाईफाई इन्टरनेट चलाउन सकिनेछ । टेलिकमले आफ्नो १०औं वाषिर्कोत्सवको अवसर पारी २२ दिनसम्म निःशुल्क वाईफाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ ।

टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक (उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स ईन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक, एक्मी इन्जिनियरिङ कलेज वरपरको स्थानलाई वाईफाई हटस्पट जोन बनाएको हो ।

त्यसैगरी, हेल्पिङ हृयाण्ड कम्युनिटी हस्पिटल चाबहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपा, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशर महल चोक, पाटन हस्पिटल, मंगल बजार ललितपुर चेम्बर अफ कमर्शको सचिवालय वरपर निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने बताईएको छ ।
वाईफाई हटस्पट चलाउनका लागि टेलिकमको पोष्टपेड तथा पि्रपेड मोबाइलका ग्राहकहरुले वाईफाई टाईप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने छ । म्यासेज पठाएपछि टेलिकमले पासवर्ड उपलब्ध गराउने छ ।
टेलिकमका अनुसार मोबाइल वा ल्यापटपको वाईफाई मेनुमा गएर एनटी वाईफाई लाई कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि आउने वेब पेजमा युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.