दुई ठाउँमा विजयी सभासदले एक-एक स्थान छाडे


काठमाडौं- संविधानसभा निर्वाचनमा दुई स्थानबाट विजयी सभासदले एक-एक निर्वाचन क्षेत्र छाडेका छन्। कांग्रेस सभापति सुशील कोइरालाले चितवन ४ छोडेर बाँके ३ रोजेका छन्।
संविधानसभा निर्वाचनमा काठमाडौं २ र रौतहट १ बाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं छोडेका छन्।
संविधान सभा निर्वाचनमा २ ठाउँबाट विजयी सभासदले एक स्थान छोड्न पर्ने नियम अनुसार सभासदहरुले एउटा निर्वाचन क्षेत्र छोडेका हुन्। आज बसकेको संविधानसभा बैठकमा ज्यष्ठ सदस्य सुर्यबहादुर थापाले दुई स्थानमा विजयी सभासदले छोडेको निर्वाचन क्षेत्रबारे जानकारी दिए।
यस्तै कांग्रेस नेता शेरबहादुर देउवाले कैलाली ६ छोडेर डडेलधुरा १ रोजेका छन्। एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ छोडेर प्युठान १ रोजेका छन्।
सभासदले निर्वाचन क्षेत्र छोडेको ६ महिना भित्र अर्को निर्वाचन गरिसक्नुपर्ने हुन्छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.