युवराज बने आईपीएल लिलामीको ‘महाराज’


२९ माघ, काठमाडौं । आईपीएल-सातको लिलामीमा रोयल च्यालेन्जर्स बेंङ्ग्लोरले भारतका चर्चित खेलाडी युवराज सिंहलाई १४ करोड भारुमा किनेको छ । उनले पाएको रकम यो लिलामीको सवैभन्दा धेरै हो ।
दिल्लीका विस्फोट व्याट्सम्यान वीरेन्द्र सहवागले भने अपेक्षा गरेजस्तो मूल्य पानन् । उनलाई किङ्ग्स इलाभेन पन्जाबले ३ करोड २० लाखमा किनेको छ । सहवाग र युवराजको आधार मूल्य दुई करोड थियो ।
दिनेश कार्तिकलाई दिल्ली डेडरडेविल्सले १२ करोड ५० लाख भारुको बोली लगाएको छ ।
इंग्ल्याण्डका ब्याट्सम्यान केभिन पिटरसनलाई दिल्ली डेडरडेविल्सले राइट टु म्याच कार्ड प्रयोग गर्दै ९ करोडमा किनेको छ । श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्द्धने र न्यूजिल्याण्डका रोज टेलरलाई भने कसैले पनि किनेनन् ।
पछिल्लो लिलामीमा मोटो रकम पनएका युसूफ पठानले यो पटक ३ करोड २५ लामा मात्र पाएका छन् । उनलाई पूरानै टिम कोलकत्ता नाइट राइडर्सले किनेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.