एण्ड्रोइड फोन स्लो भयो ? यी उपाय अपनाउनुस्


यति तपाई एण्ड्रोइड फोनको प्रयोगकर्ता हो भने तपाईंले किनेको केही समयमा यसको गति कम भएको महसुस गर्नुभएको होला ।
जब तपाईं फोनमा एउटा एप्स्बाट अर्को एप्समा जान चाहनुहुन्छ तब यसको गतिशीलतामा कमी आउँछ । कतिपय अवस्थामा तपाईंको फोन ह्याङ् हुने समस्या पनि देखिन्छ ।
उच्च गतिका पछिल्ला प्रोसेसरहरु प्रयोग गरिएका महंगा एन्ड्रोइड फोनमा पनि यस्तो समस्या देखिन्छ । यसो हुनु फोन बिगि्रएर वा तपाईले झुर फोन किनेका कारण हैन् । एन्ड्रोइड स्मार्टफोनमा तपाईले जति बढि एप्स इन्स्टल गर्दै जानुहुन्छ त्यति नै फोन लोड बढ्छ ।
तपाईले केही सामान्य उपायहरु अपनाउनु भयो भने स्मार्टफोनलाई सुरुकै जस्तो गतिशिल राखिरहन सकिन्छ ।
(१) अनाबश्यक Apps हटाउनुहोस्
हरेक फोनमा इन्टरनल मेमोरी रहेको हुन्छ । एउटा कुरा याद राख्नुस्, फोनमा जति धेरै इन्टरनल मेमोरी रहन्छ, उति नै फोनको गतिशीलता बढी हुन्छ । मेमोरीलाइ खुकुलो राखिरहन  फोनमा फोटो, म्युजिक वा एप्स धेरै छन् भने अनाबश्यक डाटा मेटाउनुस् । आफूलाई नियमित आवश्यक पर्ने एप्समात्र फोनमा राख्नुहोस् । अन्य सामाग्री पनि कमभन्दा कम राख्नुस् । धैरे लोड दिनुभयो भने फोनको स्पीड कम हुन्छ । फोनमा भएको फोटो, म्युजिक, डाटाहरु तपाईंले ड्रपबक्स वा गुगल ड्राइभ क्लाउड स्टोरेज सर्भिसमा स्टोर गर्न सक्नुहुन्छ ।
एप्सलाई एक्सटर्नल मेमोरीमा सेभ गरेर फोन जोगाउन सक्नुहुन्छ । कतिपय एप्स आफूलाई नियमित प्रयोगमा चाहिन्छ । तर, फोनको स्पीड कायमै राख्न खोज्नुहुन्छ भने ती एप्सहरु एक्सटर्नल मेमोरीमा सेभ गर्नुस् ।

एक्सटर्नल मेमोरीमा सेभ गर्नको लागि सेटिङ्गमा जानुहोस् अनि एप्स मेनु क्लिक गर्नुहोस् । अब जुन एप मूभ गर्न चाहनु भएको छ त्यसलाई सेलेक्ट गर्नुस् अनि ‘मूभ टू एसडी कार्ड’मा क्लिक गर्नुस् ।
(२)  Cache क्लियर गर्नुस्
जब तपाईले फोनमा कुनै एप्स वा ब्राउजरमार्फत् कुनै वेबसाइट खोल्नुहुन्छ, त्यसबेला त्यहाँ रहेका निश्चीत डाटा मोबाइलको मेमोरीमा पनि स्टोर हुन्छन् । तपाईले अर्कोपटक खोल्दा तपाईको लोकल मेमोरीमा भएको चिज खुलोस र छिटो भन्नाका लागि यसो गरिएको हुन्छ । तर, यसले तपाईको मोबाइल मेमोरी उपयोग गरिरहेको हुन्छ र तपाईको मोबाइललाई ढिला बनाइराखेको हुन्छ ।
मोबाइललाई छिटो बनाउने हो तपाइले बेलाबेला यसरी स्टोर भएका डाटा हटाइरहनुपर्छ ।
यसका लागि फोनको सेटिङमा गएर एप्स मेनु खोल्नुस् । त्यसमा आवश्यक एप सेलेक्ट गर्नुहोस् र क्याच क्लियर गर्न सक्नुहुनेछ । यो प्रकृया केही झन्झटिलो अबश्य छ । यदि सजिलै फोनमा रहेको क्याच क्लियर गर्न चाहानुहुन्छ भने केही निःशुल्क डाउनलोड गर्न मिल्ने एप्सको पनि सहारा लिन सक्नुहुन्छ ।
यसका लागि गुगल प्लेमा गएर एप क्याच क्लिनर, क्लिन मास्टर वा एभीजी ट्यून अपजस्ता एपहरू  डाउनलोड गरी त्यसमार्फत् सजिलै छोटो समयमा क्याच क्लिएर गर्न सकिन्छ ।
(३) widgets र live wallpapers  कम राख्नुस्
धेरैजनाको तर्क छ, वीजेट्सले स्मार्टफोन सहज बनाउँछ । जबकि वीजेट्सको मात्र भर पर्ने हो भने यसले फोनको व्याट्री ब्याकअप घटाइदिन्छ । यदि तपाइ एन्ड्रोइड फोनलाइ तिब्र गतिमा चलाउन चाहानुहुन्छ भने कमभन्दा कम  widgets चलाउनु पर्छ ।
नचाहिने widgets हटाउनका लागि तपाइले widget को icon माथि  पाँच सेकेन्डजति प्रेस गर्नुहोस र  फोन स्क्रीनको माथिल्लो भागमा remove सेक्सनमा ड्रयाग गर्नुस् ।
widgetsफोन स्लो गर्नुमा लाइभ वालपेपरहरु पनि जिम्मेवार छन् । यसले पनि वीजेट्स जस्तै फोन स्लो पार्छ । व्याट्री ब्याक अप कम गर्छ । त्यसैले लाइभ वालपेपरहरु कमभन्दा कम प्रयोग गर्नुस् ।


(४) एनिमेशन डिसेबल गर्नुस्
फोनमा एनिमेशन बढी भयो भने पनि फोनको गतिशीलतामा अवरोध आउँछ । एनिमेशन डिसेबल गरी फोनको प्रोसेसिङ स्पीड बढाउन सकिन्छ ।

android_developerएनिमेशन डिसेबल गर्न सेटिङमा जानुस् र डेभलपर अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि तल ड्रअिङ अप्सन आउँछ । यहाँ विन्डो एनिमेशन स्केल, ट्रान्जिसन एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केल आदि अफ गर्नुस् ।
(५) सफ्टवेयर अपडेट गर्दै रहनुस्
हामी कतिपयले फोन किनेपछि त्यसमा रहेको सफ्टवेयर अपडेट गर्न चासो दिदैंनौं । तर, फोनको गतिशीलता कायम राख्नको लागि नियमित सफ्टवेयर अपडेट गर्दै रहनुपर्छ । सुरुमा कम्पनीले दिँदा समस्या आउने सफ्टवेयर हुन सक्छ । यसलाई अपडेट भर्सनको सफ्टवेयर हालेर समाधान गर्न सकिन्छ । सामान्यतयाः अपडेटेड भर्सनमा समस्याहरु सुधार गरिएको हुन्छ ।
यसरी आफ्नो फोनको गतिशीलता कायम राख्न यसलाई नियमित अपडेट तथा अनावश्यक सामाग्रीहरु हटाउने काम गरिराख्नु पर्छ ।

त्यसबाहेक तपाइले परिक्षणाका लागि इन्स्टल गरेका वा जरूरी नै नपर्ने एप्स अनइन्स्टल गरेर पनि मेमोरी लोड कम गर्न सक्नुहुन्छ । यसका लागि  फोनको सेटिङमा जानुस् र एप्स मेनु क्लिक गर्नुहोस् । जुन एप अनइन्स्टल गर्न खोज्नुभएको हो त्यसलाई सेलेक्ट गरी अनइन्स्टलमा क्लिक गर्नुहोस् । तर, कतिपय फोन कम्पनीले सुरुमै केही एप्स राखिदिएका हुन्छन जसलाइ तपाइ अनइस्न्टल त गर्न सक्नुहुन्न तर डेसएवल भने गर्न सक्नुहुन्छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.