रौतहटमा आगलागी, लाखौंको क्षति


२७ मंसिर, रौतहट । रौतहटमा भएको आगलागीबाट दर्जन भन्दा बढी घर जलेर नष्ट भएका छन् । गएराति भएको आगलागिबाट लाखौंको क्षति भएको छ ।

रौतहटको संग्रामपुर गाविस वडा नं ८ मा राति १२ बजे आगलागी हुदा तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । रामकृत राउतको घरबाट सल्केको आगोले किशोरी ठाकुर र इनरजित राउतको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

यसैगरि महम्दपुर गाविस वडा नं २ का जयराम यादवले दाहीँ गर्न राखेको धानको बोझामा आगलागी हुदा २ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै चन्द्रनिगाहपुर गाविस वडा नं. ३ गैडाटारमा पनि एक घरमा आगालागी भएको छ । स्थानीय बहादुर योञ्जनको घरमा केटाकेटीले आगो खेलाउदा आगलागी भएको हो । अभिभावकहरु विवाहमा बाहिर गएको र घरमा केटाकेटीमात्र रहेकोले उनीहरुले आगो खेलाउदा आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

आगो निभाउने प्रयास हुँदा हुँदै घर पूर्ण रुपमा जलेको थियो । घरमा रहेको अन्नपात, कपडा लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.