बलिउडमा २०१३ बाट २ सय करोडको सुरुवात


उसो त आमिर खानले अभिनय गरेको चलचित्र ‘थ्री इडियट्स’ले केही बर्ष अघि नै २ सय २ करोडको व्यापार गरेको थियो । तर पनि त्यतिबेला सम्म बलिउडका धेरै सिनेमाले गतिलो कमाई गरेका थिएनन् ।तर यसलगतै बलिउडमा सय करोड कमाउने सिनेमाको संख्या बढ्दै गएको थियो । तर सन् २०१२ सम्म आइपुग्दा त १ सय करोडको क्लब निक्कै चर्चामा रह्यो । १ सय करोड कमाउने सिनेमा, कलाकार, निर्माता, निर्देशकको चर्चा अरुको भन्दा धेरै हुन थाल्यो ।

तर एक बर्ष नबित्दै यो आँकडा अझै बढेको छ । बलिउडमा यो बर्षबाट २ सय करोड क्लबको चर्चा सुरु भएको छ । अर्को बर्षसम्म पुग्दा २ सय करोडले १ सय करोड क्लबलाई विस्थापित गर्ने देखिन्छ । यो बर्ष बलिउडमा २ वटा सिनेमाले २ सय करोड क्लबको आँकडालाई सजिलै छोएका छन् । जसमा साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ र आमिर खान अभिनित चलचित्र ‘धुम ३’ छन् । ‘चेन्नई एक्सप्रेस’ले २२६ करोडको व्यापार गरेको थियो । अहिले यही रेकर्डलाई ‘धुम ३’ ले पछ्याइरहेको छ । यो सिनेमाले १० दिन भित्र २ सय ७ करोड कमाइसकेको बताइन्छ । ‘धुम ३’ ले चेन्नइको रेकर्ड तोड्ने निश्चित जस्तै छ ।

यस्तै ऋतिक रोशनको चलचित्र ‘क्रिस ३’ ले पनि भारतमा १९८ करोडको नेट व्यापार गरेको थियो । यो बर्ष १ सय करोडको क्लबमा सामेल हुने अन्य चलचित्रहरुमा ‘रेश २’(१०२ करोड), ‘भाग मिल्खा भाग’(१०७ करोड), ‘ए जवानी हे दिवानी’(१८८ करोड), ‘ग्रान्ड मस्ती’(१०३ करोड), ‘रामलिला’(१११ करोड) छन् ।

बलिउडमा अर्को बर्ष आधादर्जन सिनेमाले २ सय करोड कमाउने आँकलन गरिएको छ । हलको बिस्तार र टिकट दर बढेकाले पनि बलिउड बजार बढ्दै गएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.