फोरम लोकतान्त्रिकमा पनि विवाद



काठमाडौ, पुस १६ -
  असन्तुष्टद्वारा पार्टी कार्यालय अगाडि प्रदर्शन
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति असन्तुष्ट जनाउँदै कार्यकर्ताले आज सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक सूचीमा बिद्यार्थी फोरमका अध्यक्ष कमलेश्वर यादवको नाम नपरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

सूची सच्याउन माग गर्दै उनीहरुले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए । फोरम केन्द्रीय समितिले समानुपातिक सभासद् छान्ने जिम्मा अध्यक्ष विजय गच्छदारलाई दिएको थियो ।

गच्छदारले भीएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा छन् । यस्तै व्यापारीहरू डा।सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् ।

फोरम लोकतान्त्रिकबाट सिफारिस सभासद्
आशा चतुबेर्दी

डा.बाबुराम पोखरेल

गीता राणा

डा.सुबोध पोखेरल

दिनबन्धु अग्रवाल

रमनी राम

पवनकुमार सारडा

सुमित्रा थरुनी

योगेन्द्र चौधरी

कल्पना चौधरी

0 comments

Write Down Your Responses

Powered by Blogger.