जीवनशैलीमा थोरै परिवर्तन गर्नुस्, मधुमेहबाट बच्नुस्


खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ ।
अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ ।
यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ ।
दक्षिण एशियाका मानिसहरु कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् । पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एशियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाईको अनुपात अन्य मुलका मानिसको जस्तै हुन्छ ।
तीन वर्षसम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.