अमेरिकी सेनाभित्र बेश्याबृत्ति, महिला सैनिकले कमाइन एक रातमै ४ सय डलर


अमेरिकी सेनामा यौन धन्दा हुने गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सेनामा तैनाथ एक महिला सैनिकले टेक्सासस्थित फोर्टहुड मिलिट्री पोष्टमा आयोजित सेक्स पार्टीमा आफूले ४ सय डलर कमाएको दावी गरेकी हुन्
उनका अनुसार टेक्सास बेसमा चलाइएको सेक्स ¥याकेटमा सर्भिसका लागि उनलाई चयन गरिएको थियो । यी महिला सैनिकले गरेको दावीको बयान कोर्ट मार्सलको उक्त दस्ताबेजमा पनि छ, जसमा एक सर्जेन्टमाथि पनि सेक्स सर्भिसका लागि प्रयोग गरेको आरोप लागेको छ ।

वेश्याबृत्तिको ¥याकेटमा संलग्न रहेको आरोप लागेका मास्टर सर्जेन्ट ब्राड ग्रिम्सलाई हालै मिलिट्री कोर्टमा पेश गरिएको छ । इराक र अफगानिस्तान युद्धमा योगदान दिइसकेका विवाहित ग्रिम्समाथि यो घटनाको योजना बनाएको र सेक्सका लागि पैसा दिएको आरोप लागेको छ ।

उनले प्रथम श्रेणीका सर्जेन्ट जज म्याकक्वीनमार्फत गोप्य स्थानमा कम उमेरका महिला सैनिक उपलब्ध गराउने प्रस्ताव राखेका थिए । ग्रिम्सका कानुन व्यवसायीले भने सेक्सका लागि पैसाको लेनदेन नभएको दावी गरेको डेली मेलले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.