युरोपेली राष्ट्रमा हवाई प्रतिबन्ध हटाउन प्रयास गरिने


काठमाडौ, मंसिर २३ - नेपालमा दर्ता भएका हवाइजहाजलाई युरोपेली राष्ट्रमा प्रतिबन्ध लगाइएकाले युरोपेली आर्थिक, व्यापार, वाणिज्य तथा उद्योग सङ्घले सोको समाधानका लागि पहल गर्ने जनाएको छ ।
आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष विनायक शाहले सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी नेपाललाई युरोपेली राष्ट्रको नकारात्मक सूचीबाट हटाउन हवाई सुरक्षामा भएका प्राविधिक तथा भौतिक कमीकमजोरी सच्याउने प्रतिबद्धताका साथ आग्रह गरिने बताए ।
उनले  हवाइ यातायातका क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको र युरोपेली आयोगको सो निर्णयबाट पर्यटन उद्योगमा समेत नकारात्मक असर पर्ने उल्लेख गरेका छन् । ‘छ महिनाभित्र सुरक्षाकमजोरीमा सुधारको मौका दिने सहमति भए पनि छोटो समयमै अप्रत्याशित रूपमा आएको सो निर्णयबाट निजी क्षेत्र निरास भएको छ’ अध्यक्ष शाहले भने ।
उनल देशका विमानस्थलको भौतिक पूर्वाधार विकासमा गृहकार्य जारी रहनुपर्ने र सुधार भइरहेको छ भन्ने सन्देश दिनु आवश्यक छ भन्दै हालै नेपालमा उडान प्रारम्भ गरेको टर्की एयरलाइन्सलाई सो निर्णयबाट असर नपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट नवनिर्वाचित सभासद् मोहनसिंह राठौरले युरोपेली आयोगको सो निर्णयलाई सच्याउन आफ्नो पार्टीका तर्फबाट सक्रिय भूमिका निर्वाह गरिने बतएका छन् ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.