भेडामाथि बसेर वुल राइडिङ मज्जा


स्पेन लगायतका पश्चिमा देशमा हुने बुल राइडिङ हामी हेर्दै आएका छौं । तर, क्यालिफोनियाँमा भने फरक वुल राइडिङ हुन्छ । बच्चाहरुका लागि हुने यो एडभेन्चर प्रतियोगितालाई बुल राइडिङको मिनिएचर भनिए गलत हुँदैन ।

मटन बस्टिङ समेत भनिने यो प्रतियोगितामा बच्चाहरु भेडामाथि बसेर दौडको मज्जा लिन्छन् । उनीहरुले जम्मा ६ सेकेन्ड मात्र भेडामा बस्नुपर्छ । तर, समय पूरा हुनु अघि नै अधिकांश बच्चा खसिसक्छन् ।


यो प्रतियोगितामा भाग लिने बच्चा ४ देखि ७ वर्षको हुनुपर्छ भने ६० पाउण्डभन्दा बढी तौल भएकाले भाग लिन पाउँदैनन् । बच्चाहरुको सुरक्षाका लागि प्रोटेक्टिव गियर र हेलमेट लगादिइन्छ ।



टमी जी प्रोडक्शनले यो प्रतियोगिता गर्दै आएका छन् । जसका लागि कोलोराडोबाट भेडा ल्याइन्छ भने बच्चालाई सहभागी गराउनुअघि आमाबाबुको अनुमति लिइन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.