ब्राड-जोलीको एउटै बिबाह चार देशमा !


बिबाह नै नगरि ६ सन्तान हुर्काएर दुनियाँलाई चकित पारेका ब्रान्जेलिना (ब्राड पिट र एन्जेलिना जोली)ले अन्ततः बिबाह गर्ने निर्णय गरेका छन् ।

अचम्मको कुरा के छ भने उनीहरुले गर्न लागेको यो बिबाह चारपटक हुने छ त्यो पनि चारवटा देशमा ।

समाचार एजेन्सीहरुका अनुसार यो जोडीको पहिलो बिबाह अष्ट्रेलियाको आयर्स रकमा हुने छ । स्रोतका अनुसार ब्राडले आगामी डिसेम्बर १८ तारिखमा आफ्नो ५० औं जन्मदिनसँगै बिबाह उत्सव पनि मनाउने छन् । आदिवासी शैलीमा बिबाह गर्ने एन्जेलिनाको चाहनाका कारण उनीहरुले पहिलो बिबाह स्थल अष्ट्रेलियालाई बनाउने छन् ।

सन् २०१४ को सुरुवातमै लसएन्जलसमा परिवारका सदस्यको उपस्थीतिमा बिबाहका कानुनी प्रकृयाहरु पुरा गरि दोस्रोपटक बिबाह गर्ने उनीहरुको योजना छ । तेस्रो बिबाहका लागि भने उनीहरुले बहामास रोजेका छन् । जहाँ एन्जेलिनाले आफ्नो आमाको अस्तु पनि सेलाउनेछिन् ।

अन्तिम तथा चौथो बिबाह भने कान्स फिल्म फेष्टिवलको समय पारेर उनीहरुको फ्रान्सस्थित घरमा भब्य पार्टीसहित गरिने बताइएको छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.