गर्लफ्रेण्डको सपिङबाट दिक्क युवकले आत्महत्या गरे


झण्डै ५ घण्टाको सपिङपछि पनि प्रेमिकाले किनमेलका लागि अर्को पसलमा जान कर गरेपछि एक युवकले आत्महत्या गरेका छन् । घटना पूर्वी चीनको एक सपिङ मलमा भएको हो ।

मलमा जडान गरिएको सीसीटीभी फुजेटमा देखाएअनुसार ३८ वर्षीय टाओ साओ र उनकी प्रेमिकाले झण्डै पाँच घण्टा विभिन्न पलसमा सपिङ गरेका थिए । त्यसपछि टाओले घर जाने प्रस्ताव राखे ।

प्रत्यक्षदर्शीहरुका अनुसार टोओले धेरै किनमेल भइसकेको भन्दै अब नथप्न प्रेमीकालाई आग्रह गरिरहेका थिए । तर, उनकी प्रेमिकाले भने विशेष अफर भएको भन्दै जुत्ता पसलमा जाने कर गरिन् । मेरा धेरै जुत्ता छन, कहिले लगाउने भन्दै ती युवकले टार्न खोजे तर प्रेमिकाले कन्जुस भएको आरोप लगाइन् । आफ्नो क्रिसमस विगारेको अरोप लगाउँदै ठूलो स्वरमा कराइन् ।

विवादकै क्रममा टाओले व्याग हेरे र दौडिएर बाल्कुनीबाट हाम फाले । क्रिमसम ट्रीमा ठोक्किँदै टाओ ७ तला तल बजारिए, तत्काल आकस्मिक सेवा बोलाइएपनि उनको ज्यान जोगाउन सकिएन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.