कमाइमा २०१३: ‘साहरुखको २२०, सलमानको १५४ करोड कमाई’


बलिउड कलाकारहरु जहाँ जान्छन् आम्दानी अघि अघि दौडन्छ भनिन्छ । यसैले त सुपरस्टारहरुको कमाई निक्कै लोभलाग्दो छ । फोब्स म्यागेजिनका अनुसार यो बर्ष बलिउडमा सर्वाधिक कमाउने स्टारहरुको सूचिमा बलिउड बादशाहले चिनिने साहरुख खान अग्रपंक्तिमा छन् । उनले एक बर्षमा करिब २ सय २० करोड कमाई गरेका छन् । साहरुखको आम्दानी पछिल्ला बर्षहरुमा निक्कै बढेको छ । उनी करिब ५६ अरबको मालिक रहेको बताइन्छ । साहरुख क्रिकेट टिम, रेड चिल्ली प्रोडक्शन हाउसका मालिक हुन् । यस्तै उनले नै बनाएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले यो बर्ष २२६ करोड कमाएर थुप्रै रेकर्ड ब्रेक गरेको थियो ।

साहरुख पश्चात दोश्रो स्थानमा नायक सलमान खान देखिएका छन् । उनको कमाई यो बर्ष १५४ करोड रहेको छ । सलमानले चर्चित रीयालिटी शो ‘बीग बोस ७’ मा करिब १ सय ३५ करोड लिएका थिए । यस्तै केही विज्ञापनहरुमा अभिनय गरेर सलमानले यो गरुङ्गो रकम कमाएका हुन् ।

सर्वाधिक कमाउने सूचिमा बलिउडका मेघास्टार अमिताभ बच्चन पनि छन् । उनको यो बर्षको कमाई १ अरब माथि रहेको बताइन्छ । यो भिडमा ऋतिक रोशन र अक्षय कुमार पनि पर्दछन् । जसको कमाई १ अरब माथि नै छ । रणवीर कपुर, कट्रिना कैफ, दीपिका पादुकोण, करिना कपुर, आमिर खान पनि यो सूचिमा पर्दछन् । तर उनीहरुको कमाई भने १ अरब पुग्न सकेको छैन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.