धुम ३ ले बक्स अफिसमा 'धुम' मच्चाउँदै


काठमाडौ, पुस ६ - २०१३ को अन्त्य तिर रिलिज भएको धुम ३ ले यसबेला  बलिउडमा धुम मच्चाइरहेको छ । हिजो शुक्रबार रिलिज भएको धुम ३ ले यसअघि बलिउडमा  प्रर्दशन गरेका फिल्महरुको  रेकर्ड तोडदै बक्स अफिसमा धुम मच्चाएको हाे।

प्रर्दशनकै दिन धुम ३ ले ३६ करोडको व्यापार गरिसकेको छ  । उसले  फिल्म रिलिजकै दिन गरेको यो व्यापारले अन्य फिल्महरुलाई पछाडि धकेलिदिएको हो ।

धुम ३ रिलिजकै दिन  हलहरुमा शतप्रतिशत हाउसफुल भएको भारतीय संचार माध्यमले उल्ल्लेख गरेका छन् ।  पहिलो दिनमै धुमले ३२ करोड हिन्दीबाट मात्रै कलेक्सन गरेको छ ।  यो फिल्म तामिल र तेलगु भाषामा  समेत अनुवाद गरिएको छ ।

यसअघि बलिउडमा सर्वाधिक व्यापार गरी बक्स अफिसको कलेक्सनमा अघि देखिएका चेन्नाई एक्सप्रेस र क्रिस ३ लाई धुम३ ले पछारेको हो ।   क्रिसले पहिलो दिनमा ३५.९१ करोड र चन्नाईले ३३.१० करोडको व्यापार गरेको थियो । यो व्यापारको आकलनले बलिउडमै अहिलेसम्म भएको बक्स अफिसलाई  ब्रेक दिने पक्का छ ।

भारत लगायतका अन्तर्राष्टिय फिल्म हलहरुमा समेत धुम ३ ले राम्रो प्रर्दशन गरेको छ ।  नेपाली सिनेमा हल तथा  मल्टिप्लेक्सहरुमा पनि प्रर्दशनकै दिन हाउसफुल भएको थियो । धुम ३ 'धुम'को सिक्वल हो । यसअघिको निर्माण गरिएको धुममा जोन अब्राहम र धुम २ मा ऋतिक रोशनको मुख्य अभिनय रहेको छ ।

यशराज ब्यानरद्वारा निर्माण गरिएको धुम ३ का मुख्य पात्र आमिर खान,  कटि्रना कैफ, अभिसेक बच्चन, ज्याकी  श्राप, उदय चोपडा लगायतको भूमिका छ ।

धुम ३ का समीक्षकहरुले ५ मा  ४ रेटिङ दिएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.