हेटौडा–काठमाडौं सुरुङमार्गमा काम सुरु


 पहिलो चरणमा २४ करोडको काम हुँदै
हेटौडा, मंसिर २४ - बहुचर्चित हेटौडा–कुलेखानी–काठमाडौँ सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ ।पहिलो चरणको निर्माण कार्यमा रु २४ करोड खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशील भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खन्ने कार्य प्रारम्भ गरिएको बताए । सो मार्ग प्रयोग आई मार्ग निर्माणका लािगसामान ढुवानीमा सहजता आउने उनले बताए ।

सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हँुदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.